बाटोमा मरे हिउँमुनी लास
-वसन्त महर्जन संवेदनाहीन पर्यटन व्यवसायी, भरियाहरूबीचको अस्वस्थ प्रतिस्पर्धा र सरकारी नीति विहीनताका कारण ५० हजार भन्दाबढी पर्यटक भरियाहरूको जीवन कष्टप्रद छ । पर्यटन प्रवर्धनको नारा दिनेहरू के भन्छन् भने भरियामाथि हुने गरेका अन्यायहरू बाहिर ल्याउनु हुँदैन । यो प्रचारमा आयो भने यसै त शिथिल पर्यटन व्यवसाय मन्दीले छोपिनेछ ।
बाँकी अंश...कुर्सीको भागबण्डै गर्न नसक्ने सरकारले जनतालाई दिने के ?
चार हप्तापनि नाघ्यो माधव कुमार नेपाल प्रधानमन्त्री भएको । शुरुमै आधा दर्जनलाई बिना बिभागिय मन्त्री बनाएर जात्रा देखाइयो । फेरि पटक पटकका वार्ता भए । निकै भए कोठे बैठक । भेटघाट र छलफलको गन्ति भएन । तर तेस्रो चौथो पटक मन्त्री परिषद बिस्तार गर्दापनि मन्त्री मण्डलले पूर्णत पाउन सकेको छैन । देश यस्तो संक्रमणकालिन अवस्थामा [...]
बाँकी अंश...दाम कमाउन यूरोप आएका भारतीय पानी चोर्दै हैरान
(गाडीको छेउमा छ ट्रली । एकजना जर्किन थाप्दै । अर्कोले बाँकि जर्किन लिएर भित्र छिर्दै) अघिल्लो महिनाको एक सोमबार । आफ्नो साप्ताहिक छुट्टि थियो । घरमै झ्यालको छेउमा बसेर बाहिरको गतिबिधी नियाल्दै थिएँ । लेख्दै पनि थिएँ । टाउकोमा जुरो बाँधेको एक जना र अर्को एक गरेर दुई जना आए चार वटा बडेमाका खाली [...]
बाँकी अंश...गजल
-नेपोलियन मरहट्टा ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो, भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो । फूलको बोट् र तिमीलाई उस्तै उस्तै देखें मैले, थुँगाहरु छोए पनि, पात अझै बाँकी थियो । ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो, भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।
बाँकी अंश...कसले सुन्ने खड्गे दमाईको यो पीडा ?
-प्रभा सिं, अछाम मैले केहि वर्ष यो सूदूर पश्चिम क्षेत्रलाई कार्यगत थलो बनाउँदा धेरै मन पोल्ने, आत्मा रुने, आँखा छचल्किने घटना देखेकि छु । कति त पचाएँ । कति बिर्से हुँला । कति कतै मनको कुनै कुनामा डामेर बसिरहेका छन् । कति घटना त यस्ता लाग्न थाले कि हेर्दा हेर्दै सहज जस्तो हुने रहेछ । [...]
बाँकी अंश...फ्रान्सेली पार्कमा एभरेष्टको जमघट
नेपाल ए भु (नेपाल र तपाई) भन्ने नेपाली एसोसिएसनका जँ पियर् हुन् यि नेपाली ढाका टोपी ढल्काउने । नेपाली जमघटमा यि यसरिनै ढाका टोपी सिउरिन्छन्) फ्रान्समा हिउँद लाग्न अब एक हप्ता बाँकि छ । हिउँद लागेपछि बाहिर चौर, खोलानाला, जंगल वरिपरि अनि उद्दानहरुमा बसेर खाना खाने, टहलाउने, साथीभाई भेट्ने क्रम बढ्छ । मानिसहरु सबै बाहिर [...]
बाँकी अंश...सिंगै देश बसाई सारेर अन्तै लगिने
अलि ठुला पूल र उद्दोग कलकारखाना त परै जाओस, अस्पत्तालमा एउटा मेशिन किन्नु पर्यो भनेपनि हाम्रा नेता बिदेशीको मुख ताक्छन् । नयाँ नयाँ कल कारखाना बन्ने कहाँ को कहाँ झन भएका पनि कि त बिदेशीलाइ सुम्पिने कि घुँडा टेकाएर बन्द गराउने काम भैरहेको छ । तर ब्यक्तिगत सुखसुबिधा र सम्पत्ती कमाउन पर्यो भने हाम्रा [...]
बाँकी अंश...चार मुख्य दलका यस्ता छन् स्वार्थ, कसरि बन्छ संबिधान ?
-एकराज धमला अहिले कुनै पार्टीले भन्न सक्छ गणतान्त्रिक संबिधान बन्दैन भनेर ? कुनैपनि पार्टीले त्यो आँट गर्न सक्दैन । किन ? कुरो स्पष्ठ छ, सारा जनता गणतान्त्रिक संबिधान बेलैमा बनाउन चाहन्छन् । शान्तिवार्तालाई टुंगोमा पुर्याउन चाहन्छन् । दिर्घकालिन शान्ति चाहन्छन् । अनि चाहन्छन् नेपालको राजतन्त्रले फेरि टाउको उठाउन नसक्ने वातावरण । तर मुख्य [...]
बाँकी अंश...बिहान उठि झुलुक्क हेर्दा लागेछ असार
हो आज देखि लागेछ असार । सिंह दरबार र मन्त्री क्वाटर जित्न लडाई गर्नेकालागि आजको दिन खासै केहि नहोला । तर आम गरिखाने किसानका लागि भने आजको दिनले विशेष महत्व राख्छ । मुठि उमारेर पाथी र पाथीबाट मुरी उब्जाएर वर्ष दिनकालागि आफु र आफ्ना परिवारलाई खाना पुग्ने अन्न जोहो गर्ने महिना हो असार । [...]
बाँकी अंश...सेतो सारी र विद्याको राजनिति
मैले केहि दिन अगाडि एउटा ब्लग लेखेको थिएँ ‘हरुवालाई सरकारको चाबी, जित्नेलाई लोप्पा‘ शिर्षकमा । त्यहाँ अवश्यैपनि हरुवा भएरपनि विद्या भण्डारी र सुजाता कोइरालालाई मन्त्री बनाईएकामा आपत्ती थियो । तर केहि साथीहरुले त्यसलाई महिलालाई हेपेको, महिलाले गरेको प्रगतिलाई देख्न नसकेको, घोर पुरुषवादी सोचको रुपमा अर्थ लगाए । त्यहि भएरपनि आज यो ब्लग लेखौं लेखौं जस्तो [...]
बाँकी अंश...
