‘छ सात वर्षमै लिम्बुवानलाई सम्पन्न स्वायत्त राज्य बनाउँछौं’ कुमार लिङदेन

kumar-lingdeng-mirak-1

कोशी पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्छ भन्ने माग राख्दै आन्दोलन भएको निकै भैसक्यो । त्यसैकालागि भनेर लिम्बुवानका केहि पार्टी सशस्त्र युद्दमै लागेका छन् भने केहि शान्तिपूर्ण आन्दोलनमा । मञ्च संवद्द संघिय लिम्बुवान राज्य परिषद लिम्बुवानमा भएका मध्ये सबैभन्दा सशक्त संगठन् मानिन्छ । लिम्बुवान स्वायत्त राज्यको माग राख्दै बिभिन्न चरणबद्द आन्लोनन हाँकिरहेको यो पार्टीले गत संविधान सभाको निर्वाचनै बहिष्कार गर्‍यो । यो संगठनका अध्यक्ष हुन् कुमार लिङदेन लिम्बु मिराक ।बिज्ञान विषयमा स्नातकोत्तर गरेका यि युवासित एल नेम्वाङको सहयोगमा नेपालप्लसले लिम्बुवान स्वायत्त राज्य, यिनको आन्दोलन र अन्य विषयमा बिभिन्न जिज्ञासा राखेको थियो । आफू प्रतिकूल विषयमा प्रश्न गर्दा प्राय झोक्किने धेरै जनजातिका नेताको शैलीभन्दा प्रिथक रहेर उनले सउम्य, शालिन, नम्र रुपमा प्रस्तुत भएर स्पष्ठ  जवाफ दिए । अमेरिकी पूर्व राष्ट्रपतीसितको भेटको उद्देश्य, तिन चार वर्षमै अब लिम्बुवान स्वायत्त राज्य ल्याउने र अर्को तिन चार वर्षमा लिम्बुवान क्षेत्रको अनुहार बदल्ने महत्वाकांक्षी योजना हाकाहाकी सुनाएका उनको पूर्ण अन्तर्वार्ता हेर्नुस् !!  

लिम्बुवान घोषणा गरिएको कोशी नदी पूर्वका नौ जिल्लामा लिम्बुवानको जनसंख्या लगभग ३०, ३५ लाख छ । त्यो ३०, ३५ लाख जनताको कति प्रतिशतले  लिम्बुवान चाहन्छन भन्ने कहिँ कतै बाट प्रमाणित भएको छैन । राष्ट्रिय स्तरमा कुनै सर्भेक्षण, जनमत संग्रहपनि भएको पनि छैन । त्यहाँको सबै जनताले लिम्बुवान चाहेका छन् भन्न मिल्यो र ? 

अहिलेसम्म लिम्बुवानमा भएको आन्दोलनमा भएका बन्द लगायतका सबै कार्यक्रम सफल भएका छन । यसको अर्थ यहाँको जनताले समर्थन गरिरहेको भन्ने बुझिन्छ | राजनीतिक आन्दोलनमा एकैचोटी लाखौं मान्छे त नआउँदो रहेछ । नेपालकै अनुभवले पनि त्यो देखाउँछ । हिजो ६२\६३ को लोकतान्त्रिक आन्दोलनमापनि गिरिजाप्रसाद कोइरालालगायत अन्य नेतासम्मिलित ६०\६५ जनाको समुहले रत्नपार्कमा आएर जुलुस गरेकै हो, हैन त ? त्यसैले शुरु शुरुमा राजनीतिक आन्दोलनको क्रममा सबै जना एकै चोटी ह्वात्तै सडकमा आउँदैनन । तर जनता जुलुसमा नआएपनि यसको बिरुद्दमा पनि त बोलेका छैनन् । आफ्नो प्रतिकूल भए त बोल्थे होला । त्यसले गर्दा उहाँहरुको मौन समर्थन हुन्छ । आत्माको एउटा कुनामा लिम्बुवान प्रति समर्थन छ भन्ने हाम्रो दावी हो ।

यदि लिम्बुवान स्वायत्त राज्य चाहिन्छ कि चाहिँदैन भनेर जनमत संग्रह भयो भने त्यो अवस्था मा के होला ? स्विकार्नुहुन्छ ?

हामीले त्यस्तो जनमत संग्रह स्वीकारेका छैनौं । किनभने १८३१ मा लिम्बुवान गोर्खामा मिल्दा पनि जनमत संग्रहले मिलेको होइन । २००७ सालको क्रान्ति जनमत संग्रहले आएको होइन । २०४६ सालको जनान्दोलन पनि जनमत संग्रहले आएको हैन । बहुदलपनि जनमत संग्रहले आएको होइन । ६२\६३ को लोकतान्त्रिक परिवर्तन पनि जनमत संग्रहले नआएको हुनाले अहिले हामीले जनमत संग्रहको कुरा गरेका छैनौं । यो नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य चाहिँ घोषणा हुनुपर्छ भन्ने हाम्रो राजनीतिक आन्दोलन हो ।

अहिले जो सरकारमा छन त्यहाँ त पहिचानबादीहरुको बहुमत छैन । एमाले र कांग्रेसको पूर्ण बहुमत छ । यस्तो अवस्थामा लिम्बुवान घोषणा हुन गाह्रो छ । उनीहरुले प्रष्ट भनेका छन, पहिचानको आधारमा स्वयत्तता दिन सकिन्न भनेर । त्यसो हुँदा संबिधानमा तपाइँहरुको माग समेटिन्न । त्यसबेला के गर्नुहुन्छ ? 

पहिलो संबिधान सभाको षड्यन्त्रमुलक ढंगले बिघटन गरेपछि हामी पहिचानबादिलाई ठुलो षड्यन्त्रमा त फसाएकै हो । त्यो हामी स्विकार्छौं । त्यसैले पनि हामीले कथित संबिधान सभाको मंशिर ४ को चुनावलाई जोडदार बिरोध गरेकै हो । हामीले धेरै संघर्ष गर्यौ । हाम्रो साथीहरु धेरै जेलनेल जानु भो । अझै कतिपय जेलमा नै हुनुहुन्छ । अब अहिले बाहिरबाट हेर्दा कांग्रेस एमाले पहिचान बिरुद्द, लिम्बुवान बिरुद्द जस्तो देखियो । तर हिजो महेन्द्रले सैनिक शासन लाएर हामीलाई कुल्चियो भनेर बर्षौ बर्ष सम्म संघर्ष गरिरहेको पार्टीहरुनै अहिले सत्तामा भएको हुनाले जसरि सैनिक र पुलिसहरुबाट उनीहरु रोकिएनन् त्यसरीनै अहिलेको एकात्मकबादीले चलाएको बन्दुक र बारुदबाट हामी संघियतवादी, पहिचानवादीहरु रोकिँदैनौं भन्ने कुरा एमाले कांग्रेसले बुझ्न जरुरि छ ।

मंसिर चारमा भएको दोस्रो संबिधान सभाको चुनावपनि रोक्न सक्नु भएन । त्यो चुनावमा तपाईहरुले भागपनि लिनु भएन | र चुनावमा त झन पहिचानवादी नेता सबैलाई जनताले हराई दिए नी, जनताले पहिचान नचाहेको भन्ने देखिएन र ?

चुनाव नै सबै चिज होइन । चुनाव सबै चिज हो भने त राजा बिरेन्द्रले पनि भब्य चुनाव गराउँथे पंचायत कालमा । भब्य अविर लाउँथे । सरकारी पन्च र जनताको पन्च भनी मारामार हुन्थ्यो । काटाकाट हुन्थ्यो । पछि ज्ञानेन्द्रले पनि चुनाव गराए । नगर मेयरहरुले जिते । त्यहाँ भोट दिनेपनि जनता नै थिए | त्यसो हुँदा चुनाव एउटा चिज हो सबै चिज होइन | चुनाव कसले, कुन परिस्थितिमा, कुन विषयमा गरायो भन्ने महत्वपूर्ण हो । यो देश बेच्न पाइन्छ कि पाइदैन भन्ने खालको चुनाव सहि होकी होइन ? १० औं हजार मान्छेले पहिचान सहितको संघियताको लागि रगत बगाए । त्यो ठिक छैन भनेर गरिएको चुनाव ठिक होकी होइन ? भनेर धेरै प्रश्न  आउँछन | त्यसो हुँदा यो चुनाव र यसको मत परिणामले हामीलाई रोक्दैन र हामी रोकिँदैनौं । फेरि देशमा संघियता घोषणा भैसकेको छ । जस्तो भारत संघीय बनिसकेपछि झारखण्ड, तामिलनाडु, तेलंगाना, गोर्खाल्याण्ड बन्न संबिधानले रोकिएन नि । संबिधान सभा कै चुनाव लेत रोकिएन नि । पटक पटक संबिधान सभाको आवश्यक त परेन नि । संघीयता घोषणा भैसकेपछि नामांकन र सिमाङ्कन त हामी हजारौ बर्ष लडेर भएनी प्राप्त गरेरै छाड्छौं | सबभन्दा ठुलो कुरा हामीले संबिधानमा संघियता लेखाउनु थियो त्यो लेखाइयो । अवत हामी लिम्बुवान ल्याएरै छाड्छौं ।

kumar-lingdengसंबिधान सकभर सहमतिको आधारमा बनाउलान । नभए प्रक्रियागत रुपमा लैजालान् । पहिचान सहितको संघियता स्वीकार नगर्ने दुइतिहाइ बहुमत रहेको छ संसदमा । अब पहिचानको मुद्दा त संबिधानमा असफल हुन्छ । त्यसपछि के गर्नु हुन्छ ? शसस्त्र युद्दमा जानुहुन्छ ?

शसस्त्र पनि पर्दैन । शसक्त सडक आन्दोलन गर्दानै यी कांग्रेस एमालेहरु तह लाग्छन । कांग्रेस एमाले को हुन भन्ने कुरात हामीले राम्रो बुझेका छौं | किनभने यिनीहरु पनि चन्द्रमा, बृहस्पति, मंगल ग्रहबाट आएका मान्छे त होइननन् ।  यहिँका जनता हुन् । उनीहरुले कसरि भोट जितेका छन् भन्ने हामीलाई राम्रो थाहा छ । भोली सिमाना, रेखा कोराकोर गरेर आन्दोलन गर्नुपर्यो भने उनीहरुको शक्ति, दम्भ कति छ भनेर हामीले बुझ्या छौं नि त । यत्रो लिम्बुवान आन्दोलन छ । अहिले खम्बुवान, ताम्सालिङ्ग, तमुवान, थरुहट तातिरहेको छ । मधेशमा त्यत्रो क्षति भएको छ । १४\१५ हजार माओबादि लडाकु शहिद भएका छन् । आजमात्र माओवादि लगायत पहिचानवादीहरुको मोर्चा बन्यो रे । हाम्रो सात वटा पार्टी जनमुक्ति लगायतको मोर्चाबन्दी हुँदैछ । अब अर्को आदिवाशीहरुको सशक्त मोर्चाबन्दि बन्ने प्रयास शुरु भएको छ काठमान्डौमा । त्यसलेगर्दा उनीहरुले सोचे जति सजिलो छैन । पेलेर लान्छौं भन्ने कुरा चाहिँ ज्ञानेन्द्र जस्तै सिद्धिन्छौ भन्नु मात्र हो । त्यस्तो दिवा सपना नदेखे हुन्छ । उनीहरुले जति पेल्न खोज्छन् उति पहिचानबादीहरू संगठित, एकिकृत हुने अवसर हुन्छ । हामी अत्यन्त आशावादी छौं सडकबाटै संघर्ष गरेर लिम्बुवान, खम्बुवान आदि पहिचान नामांकन भएको राज्यहरु स्थापना गरेरै छोड्छौं ।

तपाइले मोर्चाबन्दीको कुरा गर्नुभयो । त्यहाँ ३३ दलको पनि कुरा आउँछ । ड्यास माओबादी र प्रचण्डको कार्यगत एकता हुने भएपछी त ३३ दलिय मोर्चाबन्दीको औचित्य समाप्त भएन र ?

एकता नै त भएको छैन उहाँहरुको । उहाँहरु मोर्चाबन्दीमा हुनुहुन्छ । मोर्चाबन्दी स्वाभाविक हो । किनभने कम्युनिष्ट कम्युनिष्टको मोर्चाबन्दी बन्यो । हाम्रो पनि त पहिचानवादीहरुको सात दलीय मोर्चाबन्दी बनेको छ । त्यसो हुँदा कम्युनिष्ट कम्युनिष्ट मोर्चाबन्दी हुन पाउनु हुन्छ । हामी पहिचान पक्षधरहरु पनि हुन पाउँछौ मोर्चाबन्दि । आआफ्ना निकटकासित दुबै पाउँछौं मोर्चाबन्दि हुन । त्यसकारण त्यस मोर्चाबन्दि बन्ने कुराले ३३ दललाई त्यति ठूलो असर गर्दैन | किनभने धेरै वटा मोर्चामा उहाँहरु पनि बस्नु भएको छ हामी पनि बसेका छौं ।

तपाइँ हरु मोर्चा मा त बस्नु भएको छ । तर बैद्य पक्षिय माओबादीहरुको लाइन भनेको त जनयुद्दको जगमा शसस्त्र आन्दोलन गर्ने भन्ने होइन र ? त्यसो हुँदा उहाँहरु संगको बिचार मिलेन तपाइँहरुको । कसरि सयुक्त रुपमा अघि बढ्ने तपाइँहरु ?

ड्यास माओवादीसँग हाम्रो मोर्चाबन्दी मात्र हो । पार्टी एकिकृत भएको होइन । नेपालकै सन्दर्भमा भन्ने हो भनेपनि त ४६ सालमा गणेशमान नेतृत्वमा साम्यवादी र लोकतन्त्रवादीको एक मोर्चाबन्दी भएपछि न परिवर्तन आउन सम्भव भयो । अब ६२\६३ मा सबै लोकतन्त्रबादी, साम्यवादी, पहिचानबादी सबै एकजुट भएपछि न त्यो परिवर्तन आउन सम्भव भएको हो | त्यस्तै अहिले पछिल्लो पटकमा चाहिँ उहाँहरु अलि राष्ट्रबादी कुरा गर्ने, अलिकति परिवर्तनकामि शक्ति देखिनु भएको हो । पहिचानको पक्षमा अरु भन्दा डटेर लाग्ने हाम्रो टिम भयो । त्यसो हुँदा २\४ वटा कुरा मिलेपछि मात्र मोर्चाबन्दी बनेको हो । हाम्रो पार्टी भिन्नै छ । उहाँहरु शसस्त्र संघर्ष गरेर जानुभयो भने हामी शान्तिपूर्ण शसक्त आन्दोलनमै रहन्छौं । यो कुरामा हामी अडिक छौं । बैद्य जीहरु त्यो अवस्थामा जानु भयो भने हामी सोच्छौं मोर्चाबन्दीको बारेमा । तर अहिले चाहिँ शसक्त शान्तिपूर्ण आन्दोलनबाट नै जानुपर्छ भन्ने बुझाई छ । त्यहि भएर मोर्चाबन्दी मा छौं ।

तपाइको पार्टीमा प्रवेशको गरौं । कुमार जी, सडक मार्चपास धेरै पल्ट गर्नुभयो । अहिले केहि दिन अघि मात्र इटहरी -धरान मार्चपास गर्नु भयो । सडक मार्चपासमा तपाइँहरुको शक्ति प्रदर्शन त देखिसकियो नि । तर पनि पटक पटक यस कार्यक्रमलाइ दोहोर्याईरहनुको मुख्य उदेश्य के हो ?

आन्दोलित गरिरहने हो । किनभने बन्द हड्तालमात्रै गर्दा जनताले सधैं सास्ती पाउँछन । हामी लिम्बुवानी नेता कार्यकर्ता नै यस्तो छौं कि हामीलाई अरुलाई दुख दिने मात्र हैन हामी आफैंपनि पसिना बगाउन तयार छौं भन्ने एउटा प्रदर्शन पनि हो । अर्को करा शान्तिपूर्ण आन्दोलनको उत्कृष्ट माध्यम होनि त सडक मार्चपास । २०\२२ किलोमिटर पसिना बगाएर एक दिनमा हिँड्नु भनेको यो राज्य प्रति कतिसारो आक्रोशित छौं भनेर देखाउनु पनि त होनी ! यसले चाहीँ हाम्रो नेता कार्यकर्तालाइ एकदमै आन्दोलित गरिरहने छ । मार्चपास चाहीँ हाम्रो आन्दोलनको उच्चतम शसक्त रुप हो । यसबाट हामी यो देशलाइ माया गर्छौं, यो माटोलाई माया गर्छौं भन्ने देखाउँछ । देश र दुनियाँलाई हाम्रो लिम्बुवान आन्दोलन सुत्या छैन भनेर देखाउन यो मार्चपास गरिरहनु पर्या छ अहिले ।

लिम्बुवानका जनताले बुझेका छन देश विदेशमा देखाउन यि कार्यक्रमहरु गरिरहनु परेको भनेर भन्नुभयो । तर नेपालका टिभी रेडियो छापाहरुले त यसलाई महत्वै नराखेको जस्तो देखियोनि ? 

नेपालको संचार माध्यमहरुले एउटा कोठामा पाँच जना बसेको समचार दिन्छन । हाम्रो थाहा पाएर पनि दिँदैनन् भन्नुको अर्थ त्यो हाम्रो मार्चपास हिट भो भन्ने होनि त ।  त्यत्रो कुरा थाहा पाएर पनि यो मार्चपासको समाचार दिनु हुँदैन भनेपछि यो मार्चपास कति बलियो रहेछ । हामी यसरी बुझ्छौं । जब लिम्बुवानको समाचार नदिने रणनीति माथि बन्छ भने लिम्बुवानमा शक्ति रहेछ, लिम्बुवानको आमसभामा शक्ति रहेछ । त्यसमा हामीलाई कुनै गुनाशो छैन । हिजो पंचायती कालमा पनि कांग्रेस एमालेको नदिएकै हो समाचार । त्यसो गर्दा झन् उनीहरुको आन्दोलन तेज बनेर गयो । आज तिनै हिजो आफ्नो समाचार नदिइएकाहरु, हिजो शैनिक र पुलिसले पेल्यो भन्नेहरु आज सत्तामा गएका छन् र त्यहि पुरानो मानसिकतामा हामीलाई पेल्न खोज्दैछन । उनीहरु पनि त्यति बेला पेलिएनन् र अहिले हामीलाई पनि पेल्न सक्दैनन् । हामी अगाडी जान्छौं जान्छौं । हामी जित्छौं जित्छौं ।

जनतालाई चाहिने समाचार त दिन्छन् नी प्रजातान्त्रिक मुलुकमा । तपाइँहरुको आन्दोलनलाई सरकारी मिडियाले चासो नदिएपनि निजि मिडियाहरुले त भयंकर चासो दिनुपर्ने हो । निजि मिडियाले त जे बिक्छ त्यहि दिन्छ । त्यसरी ठूला साना मिडिया ले नदिनुको कारण तपाइँ हरुको कार्यक्रम भने जस्तो प्रभावकारी नभएर होइन र ?

kumar-lingdeng-mirak-2हैन क्षेत्रिय स्तरको ले त दियो । मकालु टिभीले आधा आधा घण्टा गरेर दुइ पल्ट प्रशारण गर्यो । उहाँहरुले युटुबमा, आफ्नो वेभसाईटमापनि राख्नु भएको छ । अन्य स्थानीय टिभीहरुलेपनि दिए । पूर्वको पत्र पत्रिका सबैले दिए । काठमाडौंकाले दिएनन् । एकात्मकबादी काठमाडौंमा डल्लो जुका जस्तो परेर बस्नेहरुसंग हाम्रो लडाई भएपछी कसरि दिन्छ ? काठमान्डौले जहिले हामीलाई घृणा गर्छ । हामीपनि काठमाडौंको ठुला मिडियालाइ घृणा गर्छौ । अब आन्दोलन घोषणा नभैन्जेलसम्म हाम्रो कुरा पनि उनीहरुले नदिने उनीहरुको कुरा पनि हामीले नपत्याउने । यो कुरा त चलिरहन्छ । अझैपनि हामीलाई काठमाडौंले समाचार दिएन भनेर गुनासो छैन । किन दिन्छन त उनीहरुले । लिम्बुवान, खम्बुवान, खसान आएको दिन काठमाडौंबाट निक्लिने तथाकथित पेपरहरु त सुक्छन । क्षेत्रिय स्तरका मिडियाहरु झक्झकि जाग्छन । त्यो कुरा उनीहरुले बुझेका छन् । अनि किन दिन्थ्यो हाम्रो समाचार ?

धरानमा बसेको तपाइहरुको केन्द्रिय बैठकले मुख्य तिन वटा निर्णय गर्यो, पार्टी एकता, पुनः प्रवेश र राष्ट्रिय सम्मेलन । नौ र तिन जनाको समिति नै बन्यो । त्यो समिति निर्माण पछि पनि खासै सक्रिय छैनन् समितिका मानिसहरु । यो जनता कार्यकर्तालाइ छल्न बनाएको मात्र हो भन्ने सुनियो नि सामाजिक संजालहरुमा ।

वार्ता समिति सक्रिय नै भयो । छलफलको लागि नौ बुँदे एजेन्डा केन्द्रिय कमिटिमा राख्नु भयो । त्यहि एजेन्डा हेरेर अस्ति भर्खर ८\९ गतेको अर्को बैठकले केहि परिमार्जित गरि अध्यक्ष स्तरको बैठकमा प्रस्तुत गर्ने भन्ने निर्णय भयो । त्यहि अनुसार हामी १५\१६ को बैठकका लागि तयार भयौं । तर बैठकमा भागलिने समकक्षि साथीहरु चाहिँ आउनु भएन । बैठकलाइ स्थगन गरौं भन्ने खबर आयो । तर १६ गतेको अनौपचारिक बैठकमा चाहीँ सबै आउनु भयो । त्यहाँ १० बुँदे एकता खाका मंच सम्बद्द हाम्रो पार्टीले राख्यो । तर अझै पनि त्यो १० बुँदेको बारेमा एस, नो केहि पनि जवाफ आएको छैन ।

लिम्बुवानजन्य पार्टी एकता गर्नलाई पाँच सदस्यीय संवाद समिति नै गठन गर्नु भएको रहेछ । एकता गर्ने ५ दलको बैठकमा तपाइको पार्टीको वार्ता टोलीले नौ बुँदे खाका नै तयार गरेछ । तर त्यो खाका तयार गर्दा तपाइँसँग परामर्श नै नगरी तयार पारियो भनेर सामाजिक संजालमा देखियो । यसरी अध्य्क्ष्यलाइनै बाइपास गर्न मिल्छ ?

वार्ताटोली हामीसँग सम्पर्क मै हुनुहुन्थ्यो । तर पनि अन्तिममा नौ बुँदे पूर्ण बनाउँदा चाहिँ टोलीले हस्ताक्षर गरेको छैन । एजेन्डा लिएर चाहिँ उहाँहरु आउनु भयो । त्यहाँ उठेका बुँदाहरुलाई समेटेर बुँदाहरुमा पार्टीको नाम चाहिँ नयाँ प्रस्तावित गरेका रहेछन । अब त्यहाँ धेरै खालको मान्छे भएको हुनाले नयाँ नाम पनि आएको हुन सक्छ । तर जे होस् हाम्रो बार्ता टोलीले हस्ताक्षर गरेको थिएन । त्यो खाका आएपछि हाम्रो पार्टीको केन्द्रिय बैठकले चाहीँ के गर्यो भने लिम्बुवानी आन्दोलनको प्रमुख धार, मंच सम्बद्दले उठाएको राजनीतिक तथा सांगठानिक आधारहरुलाई टेक्दै एकता गर्नुपर्छ भन्ने भो । पुरै यो पार्टीलाइ बिघटनको तरिकाले होइन कि यो पार्टीलाइ आधार मानेर यसमा थप्दै  जानुपर्छ भन्ने हाम्रो पार्टीले निर्णय गरेपछि पछिल्लो पल्ट पार्टीको नाम संघीय मंच -संघीय लिम्बुवान राज्य परिषद बनाउँ भनेर एकता खाकामा १० बुँदे प्रस्ताव प्रस्तुत गरेका छौं । अध्य्क्ष स्तरको अनौपचारिक बैठकमा

पछिल्लो पल्ट हामीले सामाजिक संजालमा तपाइँलाइ अन्य पार्टीकाले अध्यक्षमा नमान्ने भन्ने छलफल भएकोपनि पढियो ।  भविष्यमा आफ्नो अध्यक्ष पद र पार्टी नै ९ बुँदे अनुसार धरापमा पर्छ भनेर ९ बुँदेलाई अस्विकार गर्नु भएको र सार्वजनिक पनि गर्न दिनु भएन भन्ने आरोप छ नी  ?

नौ बुँदेमा चाहीँ अध्य्क्ष कुमार लिङ्गदेन नै हुने भनेर किटेर लेखेका छन् । तर हाम्रो पार्टीको एउटा धर्म चाहीँ के हुनुपर्यो भने ति खाकाहरुलाई पहिले हाम्रो केन्द्रिय समितिमा छलफल गराई सकेपछि मात्रै त्यहाँबाट आएको घ्यु सार्वजनिक होस् भन्ने हो । नौनी हुँदा नै सार्वजनिक गर्नु हुँदैन भन्ने हो । कच्च जानकारि कै बारेमा किन त्यत्रो हङ्गामा गर्ने भनेर सार्वजनिक नगरेका हौं ।

झट्ट हेर्दा नौ बुँदेमा सहमति गरेर पछि हटेको जस्तो देखियो तपाइँहरु । फेरि नौ बुँदेमा दोस्रो पुस्ताको नेताले हस्ताक्षर गरिसके भनेर संवाद समितिका एकजना सहजकर्ता राम मादेनले सामाजिक संजालमा लेखेकोपनि देखियो । के हो खास कुरा कुमार जी ?

राम मादेन पनि हाम्रै साथि हो । उहाँ अर्कै ग्रहबाट आउनु भएको होइन । उहाँबाट पनि गल्ति हुन्छ । त्यसो हुँदा त्यो लेखिएको कुरा गलत हो । अर्को कुरा वार्ता टोलीले जे भने गरेता पनि कुनैपनि टोलि पार्टी भन्दा माथि हुँदैन । त्यसो हुँदा टोलिले छलफल गरेको कुरा पुनः पार्टीमा छलफल हुन्छ । पार्टीले के निर्णय दिन्छ त्यो चाहि मुख्य कुरा हो । त्यसो हुँदा नौ बुँदे खाका आएर परिमार्जित फिल्टर हुँदा अन्तमा १० बुँदेमा चाहिँ फिलट्रेट कुरा आयो । अब अहिले अध्यक्ष स्तरको छलफलमा चाहीँ १० बुँदे नयाँ गैरहेको छ हाम्रो तर्फबाट । यो चाहि आधिकारिक कुरा हो ।

एकता गर्ने भनेर अहिले वार्ता प्रक्रिया चलिरहेको छ तपाईहरुको । यहि बेला पल्लोकिराँत लिम्बुवान टुक्रिसकेको कुरा बाहिर आएको छ । एकता वार्ता चलिरहेको बेलामा त्यसले तपाइको पार्टीमा कस्तो असर पार्छ ?

वार्ता संवाद समिति भनौं वा वार्ताको पहल गर्ने पार्टीहरुमा एकताको मोडालिटिको बारेमा अलिकति पनि कुरा भएन । एकता कसरि हुने ? सबैलाई समेट्ने गरि हुनेकी सबैलाइ नकारेर तिम्रो झण्डा पनि नबोक मेरो पनि बोक्दीन, नयाँ बोकौं भन्ने एउटा पुरै आत्मघातीवादी भन्ने तरिकाले त्यहाँ एकताको कुराहरु आएको हुनाले त्यस्तो हुन गएको हो । अब त्यहि किसिमले अघि बढियो भने अरु टुटफुट हुन सक्छ । मेरो झन्डा पनि बोक्तिन तिम्रो झन्डा पनि नबोक भनेपछि यो जति खतरा त के हुन सक्छ ?

कस्तो खतरा ?

दुई किसिमले खतरा । एउटा अज्ञानताको कारणले । अर्को जानीबुझिकन गरिएको गल्ति । त्यसकारण एकदमै गलत तरिकाले त्यो एकताको कुरा गर्ने साथिहरुमा अज्ञानताको कारणले त्यस्ता कुराहरु आए होलान् । मलाइ त्यस्तो लाग्छ । हाम्रो पार्टी मंच सम्बद्दको भनाइ चाहीँ एकता गर्दा हाम्रो पनि झण्डा हुन्छ तिम्रो पनि झण्डा रहन्छ भन्ने हो । मिलाएर थप्दै जाउँ भन्ने हो । लिम्बुवान एकता गर्ने केहि पार्टीका केहि साथीहरुको भनाइ चाहिँ मेरो नाम पनि त्याग्छु तेरो नाम पनि त्याग भन्ने छ । राजनीतिमा कहाँ त्यसरि हुन्छ ? राजनीतिमा त तिम्रो नामपनि अलिकति हुनुपर्छ । मेरो नाम पनि अलिकति हुनुपर्छ भंन्ने पो हुन्छ त । नेताले त्याग्दैमा जनताले त्याग्छ ? मंच सम्बद्द भन्ने नाम १० बर्ष देखि सक्रिय रुपमा चलेर आएको छ जनताको मुखमा । त्यो कुनै एक नेता वा मैले त्याग्दैमा त्यागीन्छ ? यसरी कुरा आउनु भनेको चाहिँ ठूलो गल्ति हो, घमण्ड हो । हाम्रो पार्टी मंच सम्बद्दको कुरा चाहिँ सबैको समेटेर जाउँ भन्ने हो । कसैले पनि नजिते जस्तो, कसैले पनि नहारे जस्तो गरेर जाउँ भन्ने हो ।

पार्टी एकता गर्ने भन्दा पनि नेता को बन्ने, अध्यक्ष को बन्ने भन्ने राजनीतिक व्यक्तित्वबिच टकराव जस्तो पो देखियो तपाइँहरु बिच । तपाई र तपाइको पार्टी सक्रिय राजनीतिक धारमा रहेर पनि किन समेट्न नसक्नु भएको अन्य दललाइ ?

समेट्न नसकेको होइन । हामीले समेट्नको लागि १० बुँदे प्रस्ताव पठाएका छौं । साँच्चै एकता चाहने हो भने साथिहरु एकछिन पनि ढिलो नगरीकन मंच सम्बद्दले राखेको १० बुँदे प्रस्तावमा आउन ढिला गर्नु हुन्न । त्यसपछि सबै कुरा मिल्दै जान्छ भन्ने मलाइ लाग्छ ।

kumar-lingdeng-mirak-4तपाइँहरुले निर्वाचन आयोग र सर्बोच्च अदालत बाट मुद्दा जितेर पनि मंचको सक्रियतालाइ बढाउन सक्नु भएन त ?

हामी निरन्तर आन्दोलनमा होमिनुपर्यो । उदाउँदो शक्तिको जनशक्ति, धनशक्ति, मनशक्ति, इच्छाशक्तिको एउटा सिमा त हुन्छ नि । अब एकात्मकबादी हरु त २४० बर्ष देखि सत्तामा छन । उनीहरुले एक पछि अर्को षड्यन्त्र ल्याउने हामीले टाउको उठाउन पाइएन । निरन्तर काममा भिड्दा हामीले भनेजति संगठन बिस्तार गर्न सकेनौं लिम्बुवानमैपनि भनेजति प्रशिक्षण गर्न नसकेको स्वीकार्छु । यसमा म लामो बिबाद नै गर्दिन । त्यसमा चाहिँ हाम्रो केहि कमि कमजोरी भएको छ । त्यो कमि कमजोरीको कारण चाहिँ के हो भन्दा हामी लगातार आन्दोलनमा लाग्नु परेकाले जनशक्तिको सिमाको कारणले पनि त्यस्तो हुन गएको हो । इच्छा नभएर, गर्दै नगर्ने भनेर चाहिँ होइन ।

पुनः प्रवेश गठन भएको महिना दिन पछिमात्र अलिकता सक्रिय भएको जस्तो देखियो । त्यस समितिले २\४ जना नेताहरु लाइ पुनः प्रवेश गरायो । तर ति नेताहरुमा कोहि कसैलाई पद र जिम्मेवारी नदिएको भनेर तपाइँ आफैंले फेसबुकमा लेख्नुभयो । प्रवेश पनि गराउने, पार्टीलाई यी मान्छे चाहिन्छपनि भन्ने तर पद र जिम्मेवारी नदिने किन यस्तो ?

उहाँहरुलाई प्रवेश गराइयो एउटा साधारण सदस्यको रुपमा । वास्तवमा साँच्चै भन्ने हो भने साधारण सदस्य जस्तो ठुलो पद त केहि हुँदैन नि । त्यसलेगर्दा सबैभन्दा पहिला उहाँहरु साधारण सदस्य (जेनेरल मेम्बरसिप) भन्छ नित । त्यसमा रहनु भयो। सामान्य जनता जति ठुलो त केहि होइन । एउटा देशको नागरिक जति ठुलो कुरा केहि हुन्छ त ? अरुत मान्छेले बनाएको पद न हो । यो त यस्तो प्राकृतिक पद हो साधारण सदस्य, त्यसो हुनाले उहाँहरु यसमा प्रवेश गर्नु भएको छ । अब चाँडै नै हाम्रो सचिवालयको बैठक बसेर उहाँहरुको जिम्मेवारी, पद चाँडै निर्धारण गर्ने र अरुपनि धेरै साथीहरुलाई प्रवेश गर्नको लागि सहजीकरण गर्छौं । तर अहिले यो खेतीपातीको यामले गर्दा हामीलाई एकदम अप्ठ्यारो पारिरहेको स्थिति छ । अब चाँडै त्यो काम हुन्छ । उहाँहरुलाई पद तथा जिम्मेवारी तोक्ने काम चाँडै हुन्छ ।

अब हामीलाई यो पद चाहिन्छ त्यो पद चाहिन्छ भनेर पदीय लुछाचुँडी पनि त होलानी ?

पार्टीमा काम गर्ने नेताहरुले यो पद पाए म यस्तो जिम्मेवारी यसरि पुरा गर्थें भन्ने इच्छा राख्नुलाइ असहज मान्दैनौं हामी । नेतासँग एउटा सपना हुन्छ । एउटा योजना हुन्छ । म यहाँ पुगेर यस्तो गर्छु भन्ने हुन्छ । आकांक्षा हुनु नराम्रो कुरा होइन । उहाँहरु र पार्टीको सल्लाह भएपछी हामी चाँडै नै यो काम पुरा गर्ने छौं ।

फेरि एकता तिर जाउँ है कुमारजी, एकातिर सरकारले शसस्त्र समूह भनेर घोषणा गरेको पार्टी पल्लोकिराँत लिम्बुवान र अर्को ग्रेटर लिम्बुवान भनेर हिँडेको पार्टी छ । तपाइँ चाहिँ शसक्त आन्दोलन मात्र हुनेछ हाम्रो भन्दै हुनुहुन्छ भने तपाईको पार्टी र ति दुईबिच कसरि हुन्छ त एकता ?

त्यसको त सिमा र परिधी छ नि । नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य स्वीकार्ने भनेर उहाँहरुको एउटा भरपर्दो बिज्ञप्ति, भरपर्दो वातावरण, नेतृत्वको भरपर्दो प्रतिबद्दता आइसकेपछि मात्र हामी उहाँहरुसँग सहकार्य, एकता, मोर्चाबन्दी गर्ने हो । यसमा हामी स्पष्ठ छौं ।

हामी शसस्त्र आन्दोलन त्याग्छौं,स्वतन्त्र र ग्रेटर त्याग्छौं । स्वायेत्त लिम्बुवान मान्छौ भनेर लिखित सहमति गर्नुपर्छ पल्लो किराँत र लिम्बुवान मुक्ति मोर्चाले भन्न खोज्नु भएको हो ?

शसस्त्र आन्दोलन त्याग्छौं । पृथकताबादी आन्दोलन त्याग्छौं । स्वतन्त्र राज्य र ग्रेटर आन्दोलन त्याग्छौं भन्ने प्रतिबद्दता आएपछि मात्र एक भएर हामी लड्न सक्छौं ।

अस्ति नेपालप्लसमा पनि तपाइहरुको अनौपचारिक वार्ताको एउटा लेख आएको थियो । त्यहाँ उल्लेखित बिभिन्न नेताहरुको बिचार पढ्दा पार्टी एकता होला जस्तो देखिन्न त । लिम्बुवान मुक्ति मोर्चा र पल्लो किरातलाइ मिलाएर लैजान सक्नु हुन्छ ?

उहाँहरुको अहिलेकै अडानमा चाहिँ मिलाएर लैजान सकिएन । एउटाले ग्रेटर नेपाल र अर्कोले स्वतन्त्र राज्य नछोड्ने भन्ने उहाँहरुसँग अहिले पार्टी एकतामा जान सकिँदैन, त्यो कुरा स्पष्ट छ । हामीले हरेक भेटघाटमा त्यो कुरा प्रष्ट भनेका छौं । केहि मुद्दा मिल्ने साथिहरुलाई पनि हामीले प्रष्ट रुपमा एकताको खाका दिइसकेका छौं । यदि साँच्चै लिम्बुवानी हौं भनेर एकता चाहनु हुन्छ भने त्यो खाका पक्कै पनि सकारात्मक रुपमा लिनुहुन्छ भन्ने आशा लिएका छौं ।

kumar-lingdeng-mirak-5

अन्य पार्टीसित एकतापनि भन्ने । तपाईहरुले अर्काको कुरा नसुन्ने त हुँदैन नि । तपाइहरुले त नाम झण्डा सबै मान्दिनु पर्छ भन्नु भो । सबै तपाइँहरुले भने जस्तो भयो भने त एकता होईन आत्म समर्पण गरे जस्तो भैहाल्यो नी ? कसरि होस् त एकता ?

पल्लोकिराँत र बिरजी सँग अलि परै भो कुरा अहिले । उहाँहरुले पहिला स्वतन्त्र राज्य र ग्रेटर नेपाल भन्ने त्याग्नुपर्यो । तत्काल सम्भावना भनेको पार्टी एकता सनजुहाङ्ग जी सँग मात्र रहने भयो । संजुहांगजी सँग पार्टीको नाम र झण्डा मिल्छ । ९५ प्रतिशत बिचार मिल्छ । पहिला हामी एउटा पार्टीमा रहेको हुनाले हो | १० बुँदे अनुसार जाँदा चाहिँ सहज हुन्छ भन्ने हो । संजुहांग जी र हामी मिलिसकेपछि अन्य पार्टीहरु मिल्ने क्रम छिटो आउँछ । हामी दुई पहिला मिल्यौं भने अरुले हामीहरुलाई समर्थन गर्छौं, साथ दिन्छौं भन्ने वचन पनि दिनुभएको छ । हामीले तिन वटा झण्डाको प्रस्ताव गरेका छौं । लिम्बुवान मुक्ति मोर्चाको झण्डा पनि रहन्छ भनेका छौं । लिम्बुवान मुक्ति मोर्चाको नामलाइ चाहिँ हाम्रो पार्टीको विधानमा अनन्तकालसम्म प्रस्तावनामा लेख्ने भनेका छौं । यत्रो सम्मान दिएर सबै आत्म सम्मानको प्रस्ताव ल्याएका छौं । त्यसमा चाहिँ हेर्नुपर्यो भन्ने हाम्रो मुख्य भनाइ हो ।

राष्ट्रिय सम्मेलनको मिति तोकिसक्नु भएको रहेछ । अब ३०, ३५ लाख लिम्बुवानीहरुलाई समेट्न सक्नुहुन्छ ?

मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषद एउटा खारिएको पार्टी हो । धेरै वटा परिक्षा पास गरिसकेको पार्टी हो । सम्मेलन अत्यन्त भब्य तरिकाले हुन्छ र यसको उद्घाटन सत्रमा हामीले दुइ देखि तिन लाख मान्छे उतार्ने भनिरहेका छौं । कम्तिमा १५०० भन्दा माथिको अन्तरप्रतिनिधिहरुको बिचमा चाहिँ राष्ट्रिय महाधिबेसन गराउने भनेर हामी लागेका छौं । यो लिम्बुवान इतिहासकै सबभन्दा भब्य र ठुलो राष्ट्रिय सम्मेलन गर्न हामी कस्सिएका छौं ।

तपाइको पार्टी भित्र अध्यक्षको मनोमानी भो । आफुलाई मन लागेको ब्याक्तिलाई माथि तान्ने, मनोमानी कारवाही गर्ने प्रवित्ति छ अध्यक्षमा भन्ने कुराहरु लिम्बुवान पक्षका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा लेखिरहन्छन नी कुमार जी । किन त्यस्तो मनोमानी ?

त्यस्तो होइन । हाम्रो जे हुन्छ सामुहिक निर्णय हुन्छ । कार्यकारिणी अध्यक्ष रहेको र कतिपय निर्णयहरु झटपट गर्नुपर्ने भएकोले त्यस्तो देखिएको होला । एमाले कांग्रेसका पूर्णकालिन हुन्छन सबै नेताहरु । केन्द्रिय कार्यालय वरिपरि काठमाडौंमा झुरुप्पै बस्या हुन्छन् । हामी किसानी हौं, खेतीपातीवाला हौं । मजदुर छौं । त्यसले गर्दा हाम्रो सबै केन्द्रिय समितिहरु भेला हुन कम्तिमा पनि १५ दिनको समय लाग्छ । कहिलेकाहिँ एक घण्टा भित्र निर्णय दिनुपर्ने हुन्छ कुनै विषयमा । त्यो बेला अध्यक्षले एउटा आँटले निर्णय दिन्छ । यो हाम्रो मात्र होइन सबै पार्टीको चलन हो । त्यसलाई कसैले मनोमानी भन्नुभो होला । ति आरोप अध्यक्ष प्रति न्यायोचित होइनन् । ५ जना अट्ने विमानको र ५०० जना अट्ने जम्बो जेटको पनि मुख्य चालक एउटा नै हुन्छ । मुख्यतया पार्टी चलाउने पद्दति उस्तै उस्तै हुन्छ सबैमा । कांग्रेस मा त सभापतिले ७५ वटै जिल्ला समिति बिघटन गर्न सक्छ नी सक्तैन त ? अहिले राप्रपा नेपालमा हेर्नुस त्यहाँ ५० प्रतिशत मात्र केन्द्रिय सदस्य निर्वाचित भयो । अब ५० प्रतिशत अध्यक्षले छान्ने छ ।

तपाइले कांग्रेस एमाले राप्रपा को उदाहरण दिनुभयो भनेत त्यस्तै पार्टी त्यस्तै नीति हुन जान्छ नी होइन र ?

त्यस्तो होइन । मुलभूत सिद्दान्त हाम्रो फरक छ । तर पनि पार्टी हाँक्ने, पद्दती, पार्टी चल्ने तरिका, बैठक बस्ने पद्दती, अध्यक्ष ग्रहण गर्ने पद्दती, अध्यक्षको पदमा कति अधिकार हुने सिस्टमहरु लगभग उस्तै उस्तै होनि त । त्यहि गाडी लिएर कोहि बिरगंज जालान कोहि भेडेटार जालन । कोहि उदयपुर जालान । कुरा त्यो हो । गाडी चाहिँ उस्तै उस्तै होनि त । पार्टी चलाउने पद्दति उस्तै उस्तै भएनी त्यो पार्टी कहाँ जान्छ भन्ने कुरा चाहिँ गाडी कहाँ लगिन्छ भन्ने कुरा पो हो त । पार्टी दुई, तिन किसिमले चलेको हुन्छ । एउटा सामुहिक नेतृत्व प्रणाली अन्तर्गत र अध्यक्ष  प्रणाली अन्तर्गत । हाम्रो पार्टीको विधानमा अध्यक्ष प्रणाली भएता पनि अहिले सम्मको ब्यबहारमा पूर्णरुपमा सामुहिक निर्णय प्रणाली अन्तर्गत गैरहेको छ ।

kumar-lingdengएउटा पुरानो प्रसंग कुमार जी, तपाइले पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरलाइ पनि भेट्नु भयो । कार्टरसँग भेट्नुको उद्देश्य अमेरिका जस्तो शक्तिशाली राष्ट्रसंग कुटनीतिक सक्रियता बढाउन अथवा लिम्बुवान आन्दोलनमा समर्थन लिइहालौं भनेर हो ? के रहेछ त कार्टरको धारणा लिम्बुवान आन्दोलन प्रति ?

पूर्व अमेरिकी राष्ट्रपतिसँग भेट्नको कारण चाहिँ हामी संघियताको लागि लडिरहेका छौं । विश्वकै सवभन्दा पुरानो संघीय देश होनित अमेरिका । त्यहाँको संघियताको लडाईहरुबाट पक्कै पनि धेरै कुराहरु हामीले सिक्न सक्छौं ।  अर्को कुरा हिजो त्यहाँ अब्राहम लिङकनहरुको पालमा थोमस चेपर्सनहरुको पालामा संघियताको किताबहरु लेखे । संघियताको कानुनहरु बनाए । उनीहरु जीवित नै हुन्थे भने उनीहरुसँग भेटघाट अर्कै हुन्थ्यो होला । अहिलेको अमेरिकी प्रशासन भनेको अर्कै भएका छन । घोर एकात्मकबादी भएका छन् । तैपनि उहाँहरुसँग बिचार मिल्छ भनेर कार्टरसँग भेट्न गएको होइन । कम्तिमा उनीहरुसंग बिचार नमिल्ने मंच सम्बद्दको अध्यक्षले पनि के भन्दोरहेछ त सोधोस न त । उनीहरुले पनि सुनाउन आफ्ना कुरा र उनीहरुलाई पनि केहि सुनाउँ न हाम्रो आन्दोलनबारे भनेर भेटघाट गरेका हौं । कहिलेकाहीँ माइनस माइनस प्लस पनि त हुन्छ । उनीहरुले बोलेको कुराहरुलाई प्रयोग गर्दै हाम्रो असन्तुष्टि राख्न पनि हामी गएका हौं । उहाँहरुले भनेको कुरामा जम्मै सहमत भएत संविधान सभाको चुनावमा जानुस भन्याथे हामीलाई, गएनौं । असहमत कुराहरु राख्नको लागिपनि कुटनीतिक संवन्ध हुनुपर्छ भनेर चाँहि हामीले उहाँहरु संग भेटघाट गरेका हौं ।

अमेरिका शक्तिशाली छ । लिम्बुवानको मागहरु उहाँहरुलाई सुनाएर नेपाल सरकारलाइ दबाब देओस, अरु राष्ट्रहरुमा पनि प्रभाव परोस भन्ने चाहनु भएको होइन र ?

कार्टरजीको प्रष्ट भनाइ के थियो भने लिम्बुवान, खम्बुवान जे होस् हामीलाई त्यसमा सरोकार छैन । आन्दोलन लोकतान्त्रिक र शान्तिपूर्ण चाहिँ हुनुपर्यो । त्यति भएपछी भोलि लिम्बुवान शक्तिशाली बन्यो भने अमेरिकाले तपाइँहरुलाई मान्यता नदिएर हुन्छ ? त्यहाँ कुनै देशले नदिएर हुन्छ ? तर त्यो प्रजातान्त्रिक र शान्तिपूर्ण हुनुपर्यो । अलिकति शक्तिशाली हुनुपर्यो । त्यो हुनुहोस शुभकामना । त्यति भैसकेपछि तपाइहरुलाइ विदेशका शक्ति महाशक्तिहरुले एउटा स्थान नदिकन हुँदैहुँदैन भनेर उहाँले भन्नुभो ।

राम्रै समर्थन जनाउनु भएछ त ?

उहाँहरुको भनाइ प्रष्ट थियो, शान्तिपूर्ण र प्रजातान्त्रिक होस् । लिम्बुवान आन्दोलन बुझ्या छौं हामीले पनि । शसक्त हुनुहोस । अमेरिका वा कुनै एकले सपोर्ट गर्दैनौं भनेर हुदैन | शान्तिपूर्ण, प्रजातान्त्रिक र सामर्थ्य सहितको आन्दोलन हो भने त्यसलाई संसारले समर्थन नगरी धर नै पाउँदैन भन्नु भो ।

लिम्बुवान राज्य भनिरहँदा कहिलेकाहीँ यत्रो बर्ष तिमीहरुको एकात्मक राज्य चल्यो अब हाम्रो लिम्बुवान राज्य आएपछि ठिक लगाइन्छ भन्ने प्रकारको सोच बिचारहरु धेरै देखिन्छन । यस्तो हुँदा बाहुन क्षेत्रि त छाड्नुस, अन्य जनजाति समुहले पनि कसरि भोलि समान खालको राज्य हुन्छ भनेर पत्याउँने ?

नेपालमा घृणा छ । एउटा त यो देशको सत्ताधारीहरुले हाम्रो भाषा, हाम्रो समुदाय बाहेक अरु केहि होइन । अरु चाहिँ असभ्य हो भन्ने किसिमले ब्यबहार गरेको, कुदृष्टि राखेको हुनाले । स्वाभाविक रुपमा अहिले लोकतान्त्रिक कालमा ‘ए तिमेरु हामीलाई असभ्य भन्ने ? अब हामीहरु संगठित भएर बजाउँछौ’ भन्ने खालको बदलाको भावना भएका कुराहरु उठेका छन् ।

त्यसो गरेर चल्छ त ?

हो यहि कुराहरुलाई न्यूनीकरण गर्न हाम्रो मंच सम्बद्दले एउटा सिद्दान्त बोकेको छ, सह-अस्तित्वबाद ।  अब हिजोको दिनमा जति राज्यले घृणा गर्यो अब हामीले उहाँहरुलाई सम्मान गरेर नयाँ किसिमको ब्यबस्था, परिपाटी शुरु गर्नुपर्छ । जस्तै: मैले कहिलेकाहीँ पढेको थिएँ लिम्बुवानले त्यहि दोहोर्याउँछ की भन्ने । डुब्नुको उल्टो डुबाउनु होइन । डुब्नुको उल्टो चाहिँ उत्रनु र उतार्नु हो । हिजो उनीहरुले हामीलाई डुबाए अब हामी उनीहरुलाई डुबाउँछौ भन्ने होइन ।

kumar-lingdeng-mirak-5लिम्बुवान माग्नुको कारण के त ?

लिम्बुवानको एउटा फिलोसफी के छ भने हिजो उनीहरुले हामीलाई डुबायो, देश डुबायो । अब हामी हाम्रो नेतृत्वमा देशलाई पनि उतार्छौं । उनीहरुल्लाइ पनि उतार्छौं ।  सबैले जित्ने खालको पद्दती ल्याउँछौ भन्ने किसिमको सोच लिम्बुवानले ल्याएको हुनाले कम्तिमा कोशी पूर्वको नौ जिल्लामा यत्रो आन्दोलन तातिँदापनि जातीय द्वन्द, भिडन्त त अहिलेसम्म सुन्नु भएको छैन नी । त्यो जातीय द्वन्द भिडन्त नहुनुको मूल कारण नै मंच सम्बद्दले लिएको सह-अस्तित्वबादले गर्दा हो । यसले प्रष्ट भन्छ, बाहुनलाइ पनि सम्मान गर्नुपर्छ । बाहुनले लिम्बुलाईपनि सम्मान गर्नुपर्छ । लिम्बुले बिश्वकर्मलाइ र बिश्वकर्माले तामाङलाइ सम्मान गर्नुपर्छ । सबैमा सहअस्तित्वको वातावरण हुनुपर्छ भन्ने सिद्दान्त हामीले लिइसकेपछी नौ जिल्लामा चाहिँ जातीय द्वन्द भिडन्त हुने कुराहरु अत्यन्तै कम छ ।

अहिले आन्दोलनको क्रममा त सहअस्तित्वबाद भनिहाल्नु हुन्छ नी । भोलि स्वायत्त राज्य प्राप्त भएपछि अन्य जात जातिलाई समान न्याय गर्नु हुनेछ भनेर कसरी बिश्वास गर्ने ?

भोलि लिम्बुवान स्वायत्त राज्य बनेपछि हाम्रो मंच सम्बद्दले शासन हाँक्ने होइन । त्यो शासन त लिम्बुवानको संबिधान, लिम्बुवानको नियम कानुन अनुसार पो हाकिन्छ त । लिम्बुवानको नियम कानुन मै सबै जातजातिलाइ समानुपातिक आधारमा समेट्ने, महत्व दिने, समानुपातिक प्रतिनिधित्व गर्ने हरेक कुरामा भनेपछि जुनसुकै सरकार आएपनि स्वत : नियम कानुन त लागु गर्नु पर्यो नि । त्यसले गर्दा लिम्बुवान चाहिँ भोलि गएर लिम्बुवानको बिधानले चल्ने हुनाले कोहिपनि यसबाट डराउनु पर्ने, आत्तिनुपर्ने स्थिति हुँदैन ।

तपाइँहरुले अहिले जुन राष्ट्रिय सम्मेलन गर्न लाग्नु भएको छ नि त्यसमा गैर लिम्बु वा अन्य जनजातिका मान्छेहरुको समान सहभागिता हुन्छ ?

हाम्रो प्रतिनिधि छनौटको नियमहरु बन्दैछ । प्रतिनिधि छनौट मै सबै समाबेशी बनाएर ल्याउने योजना छ । जातजाति समूदाय, लिंगीय आधारमा बनाएर ल्याउने र पछि जुन नेतृत्व केन्द्रिय कार्यसमिति बन्छ त्यसको ढाँचाहरुपनि केन्द्रिय कमिटि छनौट भैसक्दा स्वतः एउटा समाबेशी ढाचामा सट्ट आउने नयाँ खालको खाका तयार गर्दै छौं ।  त्यसो त अहिले पनि हाम्रो मंच सम्बद्दमा बाहुन, क्षेत्रि लगायत बिभिन्न समुदायका साथीहरु नेतृत्वमा एकदमै जमीसक्नु भएको छ । उहाँहरुलाई अझ जिम्मेवार बनाउने, नयाँ नेताहरुलाइ पनि उतार्ने हाम्रो नीति छ । त्यो अलिक स्पस्ठ रुपमा एक महिना जतिमा सार्वजनिक हुन्छ ।

तपाइँ संघीय लोकतान्त्रिक मंच र मंच सम्बद्द संघीय लिम्बुवान राज्य परिषद दुबैको राष्ट्रिय अध्यक्ष । तापाइलाइ लिम्बुवान स्वायत्त राज्य आउँछ भन्नेमा विश्वास छ ? कतिबर्षमा ल्याउन सकिएला जस्तो लाग्छ ?

kumar-lingdeng-mirak-4यसमा म मंच र म.स.स.लि.रा.प. को अध्यक्ष र लिम्बुवान आन्दोलन संघीय आन्दोलनको शुरु देखि प्रमुख नेतृत्वमा रहिरहेको ब्यक्ति । मंच र मंच सम्बद्द भनेर  मेरै संयोजकत्वमा समिति थियो । त्यो समितिले बिधान मस्यौदा नामकरण घोषणा समिति र संघीय मंच संघीय परिषद शुरु गर्ने प्रमुख ब्याक्ति भएको नाताले म के भन्छु भने म अत्यन्तै आशावादी छु । किनभने देश संघीय भैसक्यो । देश गणतन्त्र भैसक्यो । अब यहाँ पहिचान नदिएर हुन्छ ? स्कुल खोल्ने अनि त्यहाँ पढ्न चाहिँ नदिने भन्ने कुरा हुन्छ ? त्यस्तो हुँदैहुँदैन । स्कुल खोलिसके पछि त्यहाँ पढ्ने सबैलाई सुबिधा हुन्छ । नभए डाङडाङ डुङडुङ गरेर बिद्यार्थी पढ्न शुरु गरि हाल्छन । त्यसकारण संघियता मा देश जानुनै सबैभन्दा ठुलो कुरा थियो ।

कति वर्षमा ल्याउनसक्नुहुन्छ त, केहि छ ?

संघियतामा देश गैसकेपछि हामी सडकबाट मुड्की उचालेर भएपनि नौ जिल्लामा लिम्बुवान प्राप्त गरि छाड्छौं । चाँडै गर्छौं हामी । २\३ बर्ष भित्रमा लिम्बुवान प्राप्त गरि छाड्छौं । अर्को ५\६ बर्षमा त लिम्बुवानको अनुहारै उज्यालो हुनेगरी परिवर्तन गर्ने छौं । यो कुरामा म पुरै बिश्वस्त छु ।

अन्त्यमा कुमार जी, नेपालप्लस पढेर बस्नु भएका देश परदेशमा रहने नेपालीहरु प्रति केहि भन्न चाहनु हुन्छ कि ?

नेपालप्लस मार्फत म देश-परदेशका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु कि लिम्बुवान आन्दोलन बलियो भएर गयो भने नेपालको राष्ट्रियता बलियो हुन्छ । यो लोकतान्त्रिक शान्तिपूर्ण र जातिय सह-अस्तित्वमा बिश्वास गर्ने पार्टीको मंच सम्बद्द संघीय लिम्बुवान राज्य परिषदको आगामी राष्ट्रिय सम्मेलनमा सबैलाई निम्तो छ । राष्ट्रिय सम्मेलनबाट चाहिँ एउटा ठुलो र अन्तिम चरणको आन्दोलन शुरु हुन लागेकोले त्यसको लागि देश-विदेशबाट पनि हातेमालो गरौं भन्न चाहन्छु । मलाइ धेरै कुरा राख्ने अवसर दिनु भएकोमा धन्यवाद भन्न चाहन्छु, जय लिम्बुवान ! संघीय अभिवादन !

तपाइँको प्रतिक्रिया

फेसबुक