“नेपालमा अनुसन्धानलाई पेशा नबनाएर पैसा कमाउने खेल बनाइएको छ” डा. पोख्रेल (अमेरिकी संस्थाबाट पुरस्कार बिजेता नेपाली)

11076054_10153210990604813_1735819650_n

स्वदेशका  आर्थिक, शैक्षिक र अन्य कठिनाईइ ब्यहोरेर बिदेशमा अध्ययन सफल पार्नुनै नेपालीकालागि ठुलो सफलता हो । अध्ययन गर्न हिँडेका मध्ये आधालेपनि अध्ययन सफल नपारी बिचैमा पढाई छोड्छन् । कती पलायन हुन्छन् । कुनै नेपालीले बिदेशमा अनेक दु:ख र हण्डर खाएर हजारौं बिदेशीलाई उछिनेर प्रथम हुनु, पुरस्कार र उपाधी पाउनु पक्कैपनि गर्वको कुरो हो, सबै नेपालीकालागि । अर्घाखाँचीको गाउँमा हलो, कुटो र् कोदालोसित खेलेर, गाइबाख्रा गरेर हुर्किएका, सामान्य स्कूलमा पढेका एक जना बिद्यार्थी अम्बारिस पोख्रेल अमेरिकी मौसमाविदहरुको समाजमा आफ्नो अनुसन्धानलाई उत्कृष्ट ठहर्‍याउन सफल भएका छन् । उनले पाएको त्यो पुरस्कार, उपाधी कस्तो हो ? किन पाए ? के सन्देश दिन चाहन्छन् त यि नेपाली युवाहरुलाई ? उनीसितको अन्तर्वाता हेरौं । 

अमेरिकन मौसमविद समाजको ९५ औ साधारण सभाबाट तपाईंले के गरेबापत पुरस्कार पाउनु भो ?

अमेरिकन मौसमविद समाजले गराउने भिन्न भिन्न थरिका प्रतियोगिता अन्तर्गत, एउटा ठुलो अनुसन्धानको हाँगा Atmospheric Chemistry हो । अर्थात यहि समाजका मान्छेहरुले पनि हाम्रो पृथ्वी देखि मंगल ग्रहको Atmospheric Chemistry को अनुसन्धान गर्ने गर्छन । यो हागामा मेरो अनुसन्धान उत्क्रिष्ठ  भएकोमा पुरस्कृत भएको छु। मैले जापानमा मेरो बिध्या वारिधी अन्तर्गत गरेको अनुसन्धान भएको हुनाले, यसलाई स्टुडेन्ट बेस्ट प्रिजेनटेशन अवार्ड-प्रथम स्थान भनेर दिएको हो  अमेरिकन मौसमविद समाजको नजरमा मेरो अनुसन्धान यो बर्ष २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । 

तपाइलाई पुरस्कृत गर्ने त्यो अमेरिकन मौसम विद समाज कस्तो हो ? 

अमेरिका लगायत विश्वका दश हजारभन्दा बढि मौसम विदहरुको सदस्यता भएको समाज “अमेरिकन मौसम विद समाज” हो । एक अर्थमा विस्वका मौसमविदहरुको लागी सपनाको समाज पनि हो । यो समाजले प्रत्येक नयाँ बर्ष को पहिलो महिना आपनो बार्षिक साधारण सभा गर्छ । यो बर्ष उसले आफ्नो ९५ औँ वार्षिक साधारण सभा जनवरी ०४ देखी ०८ अमेरिकाको एरिजोना राज्यमा आयोजन गरेको थियो ।

यसले कसरी यस्तो प्रकारको पुरस्कार घोषणा गर्दछ ?

प्रत्येक वर्ष उसले आफ्नो साधारण सभामा अनुसन्धानको प्रतियोगिता वा अनुसन्धानको प्रस्तुतिका लागी विश्व  ब्यापी निवेदन माग गरेको हुन्छ । त्यसमा आफ्नो आफ्नो अनुसन्धानको टिपोट बुझाउनु पर्ने हुन्छ । त्यो कस्तो कुन स्तरको अनुसन्धान हो, त्यो कुरा त्यहाँका मौसम विदहरुले अर्थात् अमेरिकन प्रोफेशरहरुको जाँच मण्डलले पहिले जाँच गरी सके पछि प्रभावकारी भएमा त्यो साधारण सभामा प्रवेश दिन्छ । त्यहाँ एउटा न्याय मण्डल हुने गर्दछ, त्यसमा धेरै अमेरिकन र केही अन्य राष्ट्रका विज्ञ प्रोफेस्सर हुने गर्छन ।

के त्यस्तो खोजि गर्नु भयो र त्यो पुरस्कार पाउनु भयो, सामान्य भाषामा बताउन सकिन्छ होला ?

10997114_10153210990634813_1006105257_n

सरल भाषामा भन्नु पर्दा, यहाँ खोजी गर्नु पर्ने कुराहरु यती धेरै गहिराई तिर पुगेको छ कि, एक जनाले एउटा रुखको सानो हाँगाको पनि सानो हाँगा समातेर अनुसन्धान गर्नु पर्ने भईसकेको छ/ अब एउटा मसिनो हाँगाको अनुसन्धान गर्ने मान्छेले वा बैग्न्यनिकले अर्को हागाको अनुसन्धान गर्न वा त्यो बारेमा बताउन निकै गारो हुदै छ अर्को रुखको हाँगाको बारेमा त झन् गारो कुरा पो हो नि  त्यसको उल्टो कडीको रुपमा मैले गरेको अनुसन्धान अघि बढेको छ   अर्थात् एउटा रुखको हाँगो र अर्को रुखको हागो बिचमा समेत के कस्तो सम्बन्ध छ भन्ने कुरा प्रस्तुत गरिएको छ   जब कि ति दुई रुखहरु समेत एउतै जातका होइनन् ।

यो अनुसन्धानको खास बिशेषता के हो ? के यो कठिन काम नै हो र ? 

11092104_10153210990624813_2034438482_n

यो अनुसन्धानले के बताउने कोसिस गर्छ भने, विश्वमा औधोगीकरण हुनुभन्दा अगाडी र पछाडी हाम्रो वातावरणमा के कस्ता रसायनहरु थिए र तिनीहरु कहाँबाट र कसरी आफ्नो चक्रमा कसरी रहे भन्ने उजागर गर्दछ । त्यसले के पनि बताउँछ भने अहिलेसम्म मानी आएका केहि आधारभूत तथ्यहरु केहि हद सम्म गलत वा कम्जोर थिए । यो नै अन्तिम सत्य हो भन्न सकिन्न । तर अहिलेसम्मका प्रबिधी र मानव जातीको पहुँचको आधारमा भन्नु पर्दा नयाँ  रहस्यको उद्घाटन गरेको भने पक्कै पनि हो । हाम्रो बाताबरणमा हुने गरेका ठुलो संख्याका योगीकहरुको समुह र उपसमुहहरुको खोजी र तिनीहरुको अन्तरसम्बन्ध यो अनुसन्धानले हेरेंको छ । त्यति मात्र हैन, अर्को छुट्टै रुखको हागामा के सम्बन्ध छ भन्ने पनि देखाउने गरेको छ । जस्तै, हाम्रो बाताबरणमा हुने गरेका ठूलो संख्याका योगीकहरुको समुह र उपसमुहरुको हाम्रो दैनिक देखी  दशकौ वर्षसम्म मौसम वा हावापानीसंग के सम्बन्ध थियो ? भुगर्व शास्त्रसंग कस्तो सम्बन्ध थियो ? जल चक्रसंग कस्तो प्रकारको सम्बन्ध थियो ? छनक दिने काम गरेको छ । यहाँनेर ख्याल गर्नु पर्ने कुरा के हो भने, जस्तै एकथरी मान्छेहरुले मौसम वा हावापानीको मात्र, एकथरीले भुगर्व शास्त्र र अर्को थरीले रसायन शास्त्रको मात्र अनुसन्धान गर्ने गरेका छन् । अझ ति शास्त्र भित्रकोपनि एउटा सानो हाँगाको अनुसन्धान गर्ने र गराउने चलन छ । तर मैले प्रस्तुत गरेको अनुसन्धानले कम्तिमा पनि माथि उल्लेख गरेका रुखहरुको हागाहरुको कारणले हाम्रो वातावरणमा हुने गरेका ठुलो संख्याका योगीकहरुको समूह र उपसमूहहरु माथि के कस्तो असर परेको थियो । तिनीहरु कहाँ-कहाँबाट र कसरी- कसरी जम्मा हुने गरेका थिए । तिनीहरुको उत्पादन, बिनाश वा एक प्रकारको योगीकहरुको समूह कसरी र किन अर्को प्रकारको योगीकहरुको समूह वा उप समूहमा परिबर्तन हुने गरेका थिए  भन्ने कुरा देखाउने प्रयास गरिएको छ ।

भबिस्यमा यसको महत्व के हुन सक्छ ?

11072314_10153210990654813_768950648_n

अनुसन्धान भिन्न भिन्न प्रकारका हुने गर्छन् । कुनै सिधै र छिटो हामी मानव जातीको लागी प्रयोग गर्न सकिन्छ भने कुनै ढिला र बिस्तारै फाइदा लिने प्रकारको हुने गर्दछ   । यो अनुसन्धानले पछिल्लो बाटो समात्ने गर्दछ  । जस्तै, आज भोली हामी जालवायु परिबर्तनको कुरा गरिरहेका छौ  । यो पनि यसैसंग सम्बन्ध गाँस्ने प्रकृतीको अनुसन्धान हो  । अब यसले के कस्तो फाइदा पुग्ला वा नपुग्ला भन्ने कुरा हामी आफैले अनुमान गर्न सक्ने कुरा भयो  ।   जसरी जलबायु परिबर्तनको कुरा हाम्रोलागि जती महत्वको कुरा हो, त्योसंग सम्बन्धित अनुसन्धान पनि महत्व पाउनु पर्ने कुरा नै हो भन्ने लाग्छ  ।

यो अनुसन्धानसंग नेपालको कुनै साइनो ?

सबैभन्दा पहिला त अनुसन्धान प्रमुख कुरा हो  । अनुसन्धानले दिने नयाँ नतिजा अझ ठूलो कुरा हो  । जहाँसम्म नेपालको सम्बन्धको कुरा छ, म स्वयं नै एक नेपाली हुँ  । मेरो कर्म गर्ने थलो नै त्रिभुवन बिस्वबिद्यालय हो  । यस्तो प्रकारको अनुसन्धान यहाँ पनि गर्न र गराउन चाहन्छु मैले  । हामीले हाम्रा दाता राष्ट्रसँग वातावरणसँग सम्बन्धित कुराहरुको बारेमा हाम्रो आफ्नै मौलिक तथ्यहरुमा टेकेर आफ्ना कुरा राख्न सकिन्छ  । जसलाई उनीहरुले मान्नु पर्ने बाध्यता आउन सक्छ  । जस्तै, नेपालको वातावरण पहिले कस्तो प्रकारको थियो र त्यो कुन कुन प्रकारका कारकसंग सम्बन्धित थियो भन्ने कुरा हेर्न र बुझ्न सकिन्छ  । अनि अहिलेका दिनहरुमा कुन प्रकारले चक्र चलेको छ भनेर सजिलोसंग हेर्न र बुझ्न सकिन्छ  । ति दुइ भूत  र बर्तमानको रेखा हेरेर त्यसबाट भबिष्यमा नेपालले कस्तो प्रकारको नीति बनाउने भन्ने कुराको लागी आधार तयार पार्ने छ । हामीले यसरी हाम्रा आफ्नै तथ्यसँग खेल्न पाउने छौ जसलाई कसैले होइन भन्न सक्ने छैन । यस मानेमा नेपालले फाइदा लिने ठाउँ छ । अझ बिर्सन नहुने कुरा के छ भने यस्तो प्रकारको अनुसन्धान गर्न र गराउन अब हामी आफै सक्षम भैसकेका छौ । कम्तिमा पनि म र डा. भगवती कुँवर पोख्रेल दुइ जनशक्ती यो देशमा तयार भएको छ । हामी अब यस्तो प्रकारको अनुसन्धान गर्न र गराउन समेत तयार छौ । के राज्यले हामीलाई प्रयोग गर्न चाहला ? बरु त्यो हाम्रो प्रश्न हो ।

त्यसो हो भने, नेपालले कस्तो सहयोग गर्नु पर्ला ?

11087424_10153210990649813_163632046_n

अनुसन्धान अगाडी बढाउन मलाई राज्यले केहि दिनु पर्दैन । जस्तै हामीले अनुसन्धानका मशिनदेखि अरु थुप्रै प्रकारका सामानहरु किन्नु पर्ने छ । बरु ति सामानहरुमा TAX र VAT लिन नखोजे हुने थियो भन्ने चाहीँ बार बार लाग्ने गरेको छ । कुनै पनि मूल्यमा अनुसन्धान रोकिने छैन र रोक्नु हुँदैन ।

नेपाली युवाको लागी अर्थात् आउँदो पुस्ताको लागी केहि संदेश ?

अबस्य पनि हामीले अगाडी हेर्ने हो र हेर्नु पर्छ । तर विगतले पनि धेरै कुराको पिछा गरीरहेको हुन्छ नै । त्यसलाई बिबेकशील बनेर समाउन जान्नुपर्छ भन्ने लाग्दछ । नेपालका युवाले गर्न सक्छन । तर उनीहरुलाई गर्ने बातावरण उनीहरु आफैले वा उनीहरुको परिवारले नै ध्वस्त  गराउँदै छन् । जुन बिल्कुल खराब कुरा हो । खराब संस्कार हो । आशा गर्ने ठाउँ त कति हो कती छन् । गर्ने ठाउँ पनि कती हो कती छन् । जहाँ जे गरे पनि हुने ठाउँ छ । जाँघर र लगनशिलता ठूलो कुरा हो । मौका मिले हामीले पनि गर्न सकिन्छ भनेर गफ मात्र लडाउने युवा धेरै छन् । त्यो कुरा बिल्कुल गलत हो । मौका हामीले आफै निकाल्ने हो । मौका आफैले सिर्जना गर्ने कुरा हो । पैसा ठुलो हो भन्ने युवाले अनुसन्धानमा केहि गर्दैन वा गर्ने सम्भावना कम नै हुने गर्दछ । तर अनुसन्धानमा नाम कमाउनु दिगो रुपमा दशकौसम्म नाम कमाउनु हो । त्यसको लालचा भने राख्नु पर्छ नै ।

जस्तै, अब आउने अनुसन्धानमा मेरो अनुसन्धानको उल्लेख नगरी सम्बन्धित विषयका  मान्छेहरुलाई सुखै छैन । यहि नै दिगो नाम कमाउनुको बिकल्प हो । यो बिकल्प मनपर्छ भने अनुसन्धान गर्नुस । मेरो क्षेत्रमा आउन पनि सल्लाह दिन चाहन्छु । नया नया जोशका सहयात्रीको प्रतिक्षा अरु झन् उत्साहप्रद हुने छ । अर्थात् अनुसन्धानलाइ पेशा बनाउने सोच राख्नुस । तर पैशा कमाउने भाँडो नसम्झनुस । मैले भन्न मिल्ने कुरा यहि हो । तर बिडम्बना नेपालमा त अनुसधानको नाममा पैशा कमाउने खेल पो चलेको छ । यहि भएर हामी पछि परेको हो ।  यो कुरा चाही ठोकेरै भन्न सकिन्छ ।

नेपालमा शिक्षा कहाँबाट लिएर जापान कसरी पुग्नु भो ?

जिल्लाको सामान्य सरकारी स्कुल श्री जना ज्योति र त्रि चन्द्र क्याम्पसमा आइ एस्सी (I.Sc.),बि एस सी (B.Sc .) र क्रितिपुरमा मास्टर तह पढेको हो । मेरो बिषय मुलत जल तथा मौसम हो । आइ एस्सीमा हामीलाई पढाउने मेरा गुरु रमेश सिलवालले नै मलाई यो बिषय पढ्न प्रेरित गर्नु भएको हो । स्नातकोत्तर तहमा भने नेपालमै  दोस्रो पनि भइयो  । अनि पढाउन सुरु गरियो  । सन् २००३ देखि अहिलेसम्म सोहि पेशा मै छु  । अहिले म त्रिचन्द्र क्याम्पसको बाताबरण र मौसम विभागमा सेवारत छु ।

फेरी यहाँ स्मरण गर्नुपर्ने के छ भने मैले बि. एस. सी. पढदा नै यो अमेरिकन मौसम समाजको बार्षिक साधारण सभामा जाने रहर लागेको थियो । एकजना धिरज सरसंग मैले कुरापनि गरेको हो । उहाँ त कति हो कति खुसी त्यो कुरा सुनेर । मलाई त अचम्म लागेर आयो । उहाँले थप भन्नु भयो, “तिमि अहिले नै त्यहाँ  जाने सोचेका छौ भने पछि त कुनै दिन पक्का पक्कि जान्छौ” भन्नु भयो । तर त्यहाँ  जाने कसरी यो निकै कठिन कुरा हो । थोरै मान्छेहरुलाई मात्र त्यो मौका मिल्ने गर्छ । अर्थात् गहन प्रकारको अनुसन्धान चाहियो नि । यसरी सन् १९९८ तिरको सपना साकार पार्न भनेर, सन् २०१२ मा म जापानको होक्कैड़ो बिस्वविद्यालयतिर पी एच डी (PhD) का लागी हिडियो । तर त्यहाँ  पुग्नको लागी हैन कि, मलाई मेरो बिस्वविद्यालयमा प्रोफेशरमा बढुवा हुनको लागी चाहिने नै भयो । यसरी धेरै ठाउमा तीर हान्ने यन्त्र हो पी.एच.डी. को अनुसन्धान र पी.एच.डी.उपाधी । अन्त्यमा फेरी पी एच डी (PhD) डीग्री सहित उत्कृस्ट ग्रेड (AA) को सर्टिफिकेट प्राप्त भयो । अर्थात् ९०-१०० % को ग्रेडको सर्टिफिकेट हासिल गरियो ।

भविष्यको योजना के के छन् ?

11106217_10153210990639813_1349882313_n

अहिलेको अनुसन्धान विशेष गरी उत्तरी गोलार्धमा केन्द्रित भएको हुँदा दक्षिणी गोलार्धसंग के कति समानता वा असमानता छ भनेर खोज्ने पो होकी भन्ने योजना बनेको छ । त्यसको लागी हामीलाई अन्टार्टिका महादेशको नयाँ देखि पुरानो हिऊँ चाहिने छ । अब केहि दिनमै त्यो पनि निक्योल गरिने छ । त्यसो गर्न सकियो भने सिंगो विश्वको लागी एउटा समान धारणा स्थापित हुने छ । साथै नेपालमा यो विषयको आधारभूत अनुसन्धानशाला स्थापना गर्ने योजना म र मेरो जीवन साथी डा. भगवती कुँवर पोख्रेलले गरेका छौ । यस्तो प्रकारको अनुसन्धान नेपालमा पनि अगाडी बढाउन जरुरी पनि देखियो किनभने नेपालसंग आफ्नो अधिकारिक वा प्रमाणित तथ्यहरु छैनन । मौलिक योजना बनाउन सकिएको छैन । अनुसन्धानमा प्रयोग हुने केहि समानहरु सहित एउटा मशिन जापानबाट लेराउने योजना लगभग निश्चित गरेका छौ हामी दुवै जनाले । अनि त्यसको ५० प्रतिशत जती काम पुरा गरि सकेका समेत छौ  । हामीलाई २४ घण्टा बिजुली चाहिने हुँदा निकै कठिन होला भन्ने लागेको छ ।

त्यो स्थापना भएपछि के हुन्छ ?

नयाँ पुस्ताले प्रेरणा पाउने छन् भन्ने लागेको छ । अनि बाकी संसारलेपनि नेपालको अधिकारिक वातावरणिय अवस्थाको बारेमा विश्वका चर्चित बैज्ञानिक पत्रिकाहरुमा पढ्न र जान्न पाउने छन् । त्यति मात्र हैन हाम्रो बातावरणसँग अरुहरुको तुलना हुने छ । हाम्रो नेपालको नाम पनि विश्वका चर्चित बैज्ञानिक पत्रिकाहरुमा आउने छ । त्यो अनुसन्धानमा लाग्ने मान्छेहरुको नाम त आउने नै भयो । बिज्ञानको क्षेत्रमा पनि नेपालको नाम आउन सुरु हुने छ । केहि नयाँ नयाँ अरु तथ्यहरु फेला पार्ने काम हुँदै छ । यसै बिचमा मैले अरु आधा दर्जन भन्दा बढी अनुसन्धानहरु र तिनबाट आएको नतिजा प्रकाशनको लागी विश्वका बैज्ञानिक जर्नलहरुमा पठाउने काम भैरहेको छ । शायद आउँदो १-२ वर्षमा  प्रकाशित हुने नै छन् भन्ने कुराको अपेक्षा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक