नेपालमा मैले देखेको एउटा अमानविय घटना

  • ग्राबियल रासिन, स्विजरल्याण्ड

writer-12सन् १९८० मा पहिलो पटक मैले नेपालमा पाइला टेकें । त्यो बेला म २१ वर्षको लक्का जवान थिएँ । म आफूपनि हिमाली देशबाट नेपाल पुगेको थिएँ जहाँका हिमालले मलाई सधैं विशेषखाले उत्प्रेरणा दिइरहे ।

पहिलो यात्राको अन्त्यमा म पोखरा क्षेत्रको पहाडको उचाईमा बसिरहेको थिएँ । त्यो बेला मैले हिमालहरुको सुन्दरताको प्रशंसा गरें । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण तेस्रोलगायतका हिमालको । ति हिमाल नियाल्दै गर्दा मैले अर्को वर्ष यि सुन्दर हिमालसित जोडिने उपत्यका हेर्न आउँछु भनेर बाचापनि गरें । तर त्यो वर्ष मेरो छोरी जन्मिएकाले म नेपालको यात्रा गर्न असमर्थ भएँ । दूर्भाग्यवस मैले अर्को २० वर्ष कुर्नु पर्यो नेपालको दोस्रो यात्रा गर्न । नेपाल, जसले मेरो मुटु छोएको थियो, मनमा गडेको थियो ।

सन् २००१ देखि अहिलेसम्म मैले तपाईको यो सुन्दरतम देशमा सात पटक यात्रा गरिसकेको छु । मेरो यात्राका क्रममा मैले माओवादीहरुपनि भेटें । तिसित बातचित गरें र तिनले जनयुद्दको लडाई किन गरिरहेका छन् भनेर बुझ्ने कोसिस गरें । यो जनयुद्दले पुर्याएको दिर्घकालिन क्षतीपनि मैले देखेको छु । मानिसहरु मौसमको लडाई र द्वन्द, त्रास र आफ्नै संरचनाहरुको अबमूल्यन गरेका छन् । लडाइमा आफन्त, साथीहरु गुमाएका छन् । आफ्नैबाट आफन्तहरु मारिएका छन् । महिलाहरुको मनोबिज्ञानमाथि क्षती पुर्याएको छ जो हत्या र हिंसाबाट पिडित छन् र जसले मनोज्ञानिक क्षती र त्रास ब्यहोरेको छ तिनलाई सामाजिमा शान्तिपूर्वक जिउन मुस्किल परिरहेको छ । मैले आर्थिक क्षतीपनि देखें । पर्यटन ब्यवशाय खस्केको, स्कूलहरु क्षती भएका, बन्द भएका, युवाहरु बेरोजगार बनेका । जो निर्देशन बिहिन छन् ति युवाहरु काठमाडौंको निराशावादी समूहमा मिसिन्छन् र सडकमा भौंतारिन्छन् । ति कि त चोरीमा संलग्न हुन्छन् कि माग्न थाल्छन् ।

स्विजरल्याण्डमा म सामाजिक कार्यकर्ता वा अभियन्त्रा र पारिवारिक थेरापिस्ट हुँ । म विश्वबिध्यालयको अस्पत्तालमा काम गर्छु । मेरो भूमिका वालवालिकाको संरक्षण गर्ने समूहसित मिलेर काम गर्नु हो । तपाईको देशमा, मैले १२ वर्षदेखि निरन्तर नियालीरहेको छु । र मैले घान्द्रुकको गुर्जुङमा एउटा परिवारलाई सकेको सहायता दिईरहेकोपनि छु ।

यो परिवारको कथा कस्तो छ भने उनीहरुका सात छोराछोरी थिए । एक दिन तिनका आफन्त दाजुभाई मध्ये एक जना भाई ११ वर्षकी बिपनासित बजार गएको थियो । एक दिन उसले बिपनालाई बाटोमा बलात्कार गरेर पूलबाट तल खोलामा मिल्काइदियो । उनी त्यहिँ डुबेर मरिन् भन्ने विश्वास गरुन् भनेर त्यस्तो रचिएको थियो । प्रहरीले आरोपितलाई पक्राउ गरेर तिन महिना जेल राख्यो । बिपनाका बाउ आमाले थुप्रै पैसा सापटी खोजेर बिपनाको घटनामा सत्य तथ्य परिक्षण, जाँच होस् भन्ने चाहे । त्यो रकम त्यहि काममा खर्च गरे । बिपनाका परिवारका अनुसार त्यो बलात्कारमा आरोपित मान्छेलाई निर्मम सजायँ दिनुपर्थ्यो । कम्तिमापनि २० वर्ष जेल बसेको उनीहरु हेर्न चाहन्थे । म यो तर्क बैध र ठिक हो जस्तो सोच्छु । युरोपमा भए यो न्युनतम हुन्थ्यो ।

न्यायाधिशले दुई पटकसम्म बिपनाका बाउ आमाको तर्क र माग सुने । उनले हत्यारा र उसको परिवारसितपनि भेटे । अपराधीका परिवारसित थुप्रै धन सम्पत्ती थियो । अन्तिम सुनुवाई भएको तिन दिन पछि त बिपनाका बाउ आमाले खबर पाए कि हत्यारा सुक बहादुर गुरुङ जेलमुक्त भयो । उ आनन्दसित पोखरामा कतै बसिरहेको छ ।

पक्कैपनि यस्तो घटना कठोर र अप्रत्याशित हो । पक्कैपनि यो अमानविय हो । यस्तो घटनाले यो देशका संघ संस्था, संरचनाप्रति बिश्वास गर्ने आधार, विश्वास  दिँदैन । म राजनितिक होइन र कहिल्यै हुनेपनि छैन । यसका लागि अरुनै बनेका छन्, जन्मिएका छन् । तर म होइन । म एक नागरिक हुँ । जब मैले तपाईको देशमा नयाँ संविधानको खाका, योजना देख्छु तब म कम्पित हुन्छु । म तपाईहरुका लागि तर्सिन्छु । डराउँछु । तपाईहरुले मलाई तर्साउनुहुन्छ तर म तपाईहरुप्रति आत्मविश्वास गर्छु । मानव छनौटका लागि आत्मविश्वास र अझ खासगरि आधुनिक छनौट जुन छनौट महिला र पुरुषकालागि समान होस् । किनभने योनै सहि प्रजातन्त्रको वास्तबिक सूचक हो ।

-गाब्रिएल रासिन, सामाजिक अभियन्त्रा, स्विजरल्याण्ड

तपाइँको प्रतिक्रिया

फेसबुक