कालीजको लालचमा नलेखिएको ऐतिहासिक धरोहरको समाचार

-लक्ष्मण थापा / नेदरल्याण्डस

यतीबेला सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संम्शोधन र एकीकरण गर्न बनेको बिधेक प्रतिनिधि सभामा पेश गरेसँगै हाम्रो समाजमा ठुलो बहस शुरु भएको छ । एक थरीले यो सरकार अधिनाएकबाद तर्फ उन्मुख भएको र लोकतन्त्र नै खतरामा रहेको जिकिर गरिरहेका छन् । उता पत्रकार महासंघले प्रेस स्वतन्त्रतालाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्यो भन्ने आरोप लगाएर आन्दोलन गर्ने घोषणासम्म गरेको छ ।

यसै पेरीफेरिमा सामाजिक सन्जालमा उपप्रधानमन्त्री उपेन्द्र यादवले पत्रकारको प्रश्नको जवाफ नदिएर अन्तबार्ता दिँदादिँदै उठेर हिंडेको भिडिओ भाईरल बनेको छ । उनीसँग जवाफ थिएन या जवाफ भएर पनि जवाफ दिन किन आबश्यक ठानेनन् बेग्लै पाटो होला । यो सरकारको जिम्मेवार उपप्रधानमन्त्री जस्तो ब्यक्ति सार्वजनिक बहसबाट त्यसरी उठेर हिँड्न भने हुँदैन थियो । तर त्यो भिडिओ हेर्दा र सुन्दा के प्रस्ट हुन्छ भने पत्रकारले सोधेको त्यो प्रश्न भन्दा धेरै गुणा कडा उनको चुरी फुरी र हाउ भाऊ देखिन्छ । जुन एउटा पत्रकारले आफ्नो पाहुनाको रुपमा बोलाईएका अथितिलाई गर्ने त्यो व्यबहार अभद्र अमर्यादित र पत्रकारिताको मर्म र भावनासँग मेल खाँदैन । चर्को स्वरमा प्रस्तुत भएर उनले नेपाली मिडियालाई कसैले पनि शिस्टता सिकाउन आबश्यक छैन भन्दै पटक पटक गरेको दाबी सुन्दा लाग्छ, मिडिया अनि कुनै पत्रकारले कहिल्यै गल्ती गर्दैन । उनीहरु हामीहरुलाई जे सोध्छन् हाम्रा बारेमा जे लेख्छन् तिनिहरु जे भन्छन् ति सधैं सबै सत्य हुन्छन् । उनीहरु जो कसैलाई औंला ठडाउन सक्छन् । तिनलाई औंला उठाउने कसैलाई अधिकार छैन । त्यो छोटो भिडिओ क्लिपले सुन्दा र देख्दा दिने सन्देश यहिनै हो । उ यती धेरै स्वतन्त्र छकि कुनै मन्दिरमा छोडेको साँढे हो ।

यो पंक्तिकार पत्रकारिताको विध्यार्थी होइन । पत्रकारिताको धर्म मर्यादा र सिमा के हो भन्ने बारेमा त्यती धेरै ज्ञान नहुनपनि सक्छ । तर देशको सम्मानित चौथो अंगका रुपमा स्थापित रहेको संस्थासँग आबद्ध कुनै पनि पत्रकार संचारकर्मिहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ । यस्ता किसिमका भद्दा प्रस्तुती र तरिकाले पत्रकारिताको गरीमा । अशोभनिय देखिन्छ ।

मैले पत्रकारले गरेको व्यबहार अशोभनिय र भद्दा छ भनेर लेख्दै गर्दा केहि समय पहिले सामाजिक सन्जालमा दुई नेताले बहस कार्यक्रम स्थलमै हात हालाहाल गरेको अर्को भाईरल भिडिओको जिकिर पनि हुन सक्छ । तर हामी सबैले के बुझ्न जरुरी छ भने नेताले गर्ने त्यस्ता गल्तिको सजाएँ उसलाई जनताले आफ्नो मतधिकार प्रयोग गरेर कुनैपनि बेला दिन सक्छन् । तर आफुलाई स्वतन्त्र राज्यको अभिन्न अंग भएको घमन्डले कुनै पत्रकार मिडियाले फुकुवा साँढेको जस्तो हुर्मत गर्छ भने त्यस्तालाई नाकमा नथी लगाउन आबश्यक छ, छैन भन्ने बिषयमा सबैले गहिरो चिन्तन गर्नुपर्ने बेला भएको छ । गलत समाचारलाई नियमन र कारवाहि गर्दा लोकतन्त्रलाई खतरा होइन । स्वतन्त्रताका नाममा कुण्ठा ग्रसित आधारहिन समाचार छाप्ने र लेख्नेहरुका कारण लोकतन्त्रलाई बढी खतरा हुन सक्छ । त्यसैले पत्रकारितालाई आफ्नो जीवन बनाएर हिंडेकालाई हतोत्साही बनाउने ढंगबाट होइन । सरकारले सरोकारवाला पक्षलाई पनि साथ लिएर त्यस्ता प्रवृत्तिलाई जिम्मेवार बनाउने कानुन बनाउन कुनैपनि बहानामा ढिला गर्नु हुँदैन ।

प्रतिनिधि सभामा पेस भएको भनिएको बिधेक सरकारले कुन नियतले लिएको हो म त्यता प्रबेश गर्न चाहन्न । सरकारको नियतमाथि शंकाको दृष्टिले हेर्ने छुट हामी सबैलाई छ । अझ यहि पेशामा आबद्ध भएका संचारकर्मीहरुले आशंका नगर्ने छुट बिल्कुल्यै छैन । तर हामी सबैले सरकारको नियतमाथि शंकाको दृष्टिले हेर्दै गर्दा स्वतन्त्रताको नाममा मौलाउँदै गएको छाडा पत्रकारितालाई आँखा चिम्लन कदापी मिल्दैन ।

पछील्लो समय हामी आफ्नो ज्ञान बिबेकले भन्दा बढी छापा अन्लाइन र मिडियामा आएका समाचारहरुलाई सर्बोपरी मानेर आफ्ना धारणा बनाउने गरेका छौं । हाम्रो आफ्नो ज्ञान बिबेक मात्र होइन आजभोली हामीमा मानवतापनि मरेको छ । यती सम्मकि आफुलाई मन नपर्ने पार्टी, नेता कुनै मान्छेको दुर्घटानामा अकालमा मृत्यु भएका बेलामा समेत आफू अजम्बरी छौं जसरी यमराजलाई धन्यवाद दिन कत्ती पनि लाज मान्दैनौं । हामी सत्यमा उभिएर भन्दा आफ्नो अनुकलतामा बहस गर्न रुचाउँछौ । हाम्रो यो बिभाजित मानसिकताको फाईदा उठाउन छापा अनलाइन मिडियाहरु रत्ती पनि चुकेका छैनन् । पत्रकारिताको आफ्नो धर्म सामाजिक उत्तरदायित्वबाट बिमुख बन्दै नाफामुलक प्रचारबाजी भड्काउ खालका समाचार र सामाग्रीहरु पस्कने होडनै चलेको छ । जुन देश र समाजलाई सुसज्जित बनाउनका लागि भन्दा बढी पार्टिहरुका भरिया बनेर आफ्ना ब्यक्तिगत स्वार्थ, आर्थिक लाभलाई प्राथमिकतामा राखेर कलम चलाएको पाईन्छ । समाचार संप्रेषण हुने गर्छन् । यो मेरो कुनै मिथ्या आरोप होइन, नत यी झुट्ठा लाञ्छना नै हुन ।

सबैले आमाहरुकी पनि आमा ति गुमनाम महान आमा दिलशोभा श्रेष्ठको घट्नालाई एक पटक सम्झे मात्र काफि छ । यिनी आमा त एक प्रतिनिधि पात्र मात्र हुन् । आर्थिक लाभका लागि यस्ता किसिमका गलत समाचारले धेरै जनाका अनुहारलाई पुछ्न नमिल्ने गरेर कालो पोती दिन्छन् । तिनले डामेका घट्नाहरु समाजमा सर्बत्र भेटिन्छन् ।

मैले माथि उल्लेख गरेका शब्दहरु नगन्य मात्रामा रहेका इमान्दार निस्ठावान पत्रकारहरुका हकमा यो आरोप गम्भिरपनि हुन सक्छ । त्यस्का लागि क्षमा चाहन्छु । तर यती बेला मेरो मानसपटलमा मडारिरहेको आर्थिक लाभ र ब्यक्तिग स्वार्थ पुरा नभएका कारण नलेखिएको मेरो घर आगनको एउटा परिघटना यहाँ जोड्न मलाई उपयुक्त लाग्यो ।

मंसिर महिनामा बालाचतुर्दशिका दिन गुल्मी जिल्लाको चन्द्रकोट गाउँ पालिकाको केन्द्र शान्तिपुरमा हरेक बर्ष चक्रेस्वर महादेब मन्दिरको परिसरमा निकै ठूलो सतबिज छर्ने धार्मिक मेला लाग्छ । यो मेलामा टाढा टाढाका अन्य धेरै जिल्लाबाट बाक्लो संख्यामा मान्छेको उपस्थिती हुनेगर्छ । यसै अवसरमा यस गाउँ पालिकाभित्र रहेका धार्मिक स्थल, बाइसे चौबिसे राजाले राज्य गरेको आज पनि जिबित ऐतिहासिक धरोहर लगायतका ठाउँहरुको बिकास र आन्तरिक पर्यटकिय स्थलहरुको फराकिलो प्रचार प्रसारका लागि स्थानिय श्री उदय शान्ती युवा क्लब र गाउँ पालिकाको संयुक्त आयोजनामा एक कार्यक्रम भएको थियो । एक हजार सात सय पचास मिटर उचाईमा रहेको मनमोहक हिमाल देख्न सकिने नांगो डाँडा, टिमुरे ताल, अग्लो मात्र होइन रमणिय र त्यो क्षेत्रकै सुन्दर पर्यटकिय ठाउँ पनि हो । त्यसैले त्यहिँबाट सम्बंधित निकाएको ध्यान आकर्षण गराउँदै सकरात्मक् सन्देश दिन र अर्थपूर्ण, सार्थक बहसका लागि प्रदेश पाँचका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरिको सहभागितामा पत्रकार सम्मेलन गर्न जिल्लाको सदरमुकाम तम्घासमा गूँड बनाएर बसेका आधा दर्जन पत्रकारहरु गाउँपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने गरेर शान्तिपुरमा उपस्थित भएका थिए । तर दुर्भाग्य सिंगो समाजले निकै चासो दिएर हेरेको यो पत्रकार सम्मेलनमा उत्सुक्ताका साथ ठुलो जन सहभागिता देखिएपनि एक स्थानिय बासिन्दा कान्तिपुरका पत्रकार ज्युको एउटा अनुहार बाहेक अरु अन्यको अनुहार त्यहाँ देखिएनन् । बाँकी पत्रकारहरु एउटै होटलमा सबै जनालाई बासको ब्यबस्था नभएको र कालिज चाहियो भनेर क्लब अध्यक्षलाई गरेको फोनमा, कालिज उपलब्ध गराउन नसक्ने जवाफ पाएपछि बिहान चारोको खोजिमा आफ्नो गूँड छोडेर बतासिएको पंक्षि जस्तै त्यसै मध्ये रातमा आफ्नो गूँड तिर बेग हान्दै फर्किए ।

स्थानियका लागि यो नौलो र पहिलो भने थिएन । यस अघिपनि गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाईको कार्यक्रमका बेला चिया र समोसा खाएको बिललाई मासु र भुजाको बिल बनाइदिन गरेको आग्रहलाई गाऊँ पालिका अध्यक्षले अस्विकार गरे पछि रन्थनिएर हिंडेको घट्ना सबैमा ताजै थियो ।

यी माथिका घट्नाबाट हामी सजिलै अनुमान लगाउन सक्छौं कि आजको पत्रकारिता कुन बाटोमा हिंडेको छ । त्यो साँझ कालिजको स्वाद चाख्न पाएको भए के लेख्थे होलान् ति पत्रकारले ? त्योभन्दा पनि कालिजको स्वादसँग झुम्म परेको त्यो रात हरिण र मिर्गको मासु पनि चिथोर्न पाएको भए ति पत्रकारहरुले कस्तो तरिकाले लेख्दाहुन् ? कालिज र मिर्गको स्वादको रमझमले वासनायुक्त बन्दै कति फूलफूट्टा भरिभरि लेख्दाहुन् ?

कुनै पत्रकारले आफ्नो राजी खुशी लेख्न पाउनु मात्र प्रेस स्वतन्त्रता होइन । लोकतन्त्रमा आफुले लेखेका समाचारको जवाफदेहिता र सामाजप्रति पनि उत्तरदायी बन्नु पत्रकारिताको धर्म हो । तर आफुलाई मन नपरेकै कारण मनपरी तरिकाले अरुलाई डाम्ने र त्यसको जवाफदेहि र कुनै जिम्मेवारि लिनुपनि नपर्ने हाम्रो नेपाली प्रेस जगतमा क्यान्सर जस्तै डर लाग्दो रोग बनेको छ । यो ब्याप्त बढ्दै गएको डरलाग्दो रोगको निवारण गर्न र स्वतन्त्रताको नाममा पत्रकारको लाइसेन्स बोकेर गर्ने पितपत्रकारितालाई अंकुश लगाउन सरकारले खुट्टा कमाउनु हुँदैन । धेरैलाई तितो लाग्न सक्छ । कसैले मान या नमान, यो आजको आवश्यक्ता हो ।

(यहाँ ब्यक्त बिचार लेखकका निजि हुन् । बहसकालागि राखिएको यो लेख नेपालप्लसको नितिसित मेल खानैपर्छ भन्ने छैन ।)

तपाइँको प्रतिक्रिया

फेसबुक