भानुजयन्ती मनाउन पेरिसमा कार्यक्रम

नेपाली भाषाका धरोहर, नेपाली भाषा र साहित्यलाई संसारभरि छर्न प्रमुख भूमिका खेल्ने आदिकवी भानुभक्त आचार्यको जन्मजयन्ती पेरिसका नेपालीलेपनि पहिलो पटक मनाए । यस पटक परेको उनको २०६ औं जन्मजयन्ती पेरिसवासी नेपालीले अनेक तवरले संझना र सम्मान गर्दै मनाएका छन् ।

उनको जन्म जयन्ति मनाउँदा उनका बानी, ब्यहोरा, उनले शिक्षा लिएको भनिएका घाँसी, उनको परिवार, उनको बौद्दिक क्षमता, कविता लेखनको शुरुवात र लगनका अनेक पाटाबारेपनि विचारविमर्श गरियो । पेरिसका नेपालीले भानुभक्तबारे जे जानेका, बुझेका, पढेका थिए ति विषयमा आफ्ना आफ्ना अनुभव सुनाए ।

भानुभक्तको जिवन, योगदान, उनको शैक्षिक र साहित्यिक क्षमता, बनारस पढ्दाको भूमिका आदिबारेपनि बुझ्न, जान्न, सुन्न र सुनाउन पाए । आफ्ना आफ्ना अनुभव साझेदारी गरे ।

पेरिसमा हालै गठन भएको साहित्यनुरागीहरुको संस्था नेपाली साहित्यिक मञ्च फ्रान्सले यो अवशर जुराएको हो ।

कार्यक्रमलाई बिरु खड्काले उर्बर बनाउँदै अगाडि बढाए । भानुभक्तको सम्मानमा शुरुमै पुष्पगुच्छा अर्पण गरियो । राष्ट्रिय गानबाट कार्यक्रम सञ्चालन भयो । जेष्ठ नागरिक राम पाण्डे सभापती भए । हरी सापकोटाले सबैलाई स्वागत गरे । नेपाली साहित्यिक अञ्च फ्रान्सकी सदस्य, पत्रकार अनुराधा पौडेलले भानुबारे चर्चा गरिन । उनका अनुसार हाल विश्वका १०६ देशमा भानु जयन्ति मनाईन्छ । यसले नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने काम गरेको छ ।

भानुभक्तका हजुरबुवा धुरन्धर पण्डित भएकाले उनी प्रभावित थिए । १८ वर्षमै उनी कविता लेखनमा निपूँण थिए । जहाँ जान्थे उहिँ कविता लेखेर छोडिदिन्थे । पौडेलका अनुसार भानुभक्तले २२ वर्षको उमेरलै घाँसीलाई भेटेका थिए । २७ वर्षको उमेरमा राआयण अनुवाद गरेका थिए ।

आम सञ्चार र पत्रकारिताका विज्ञ भानुभक्त आचार्य क्यानडाबाट आएका थिए । त्यहाँको विश्व विध्यालयका अनुसन्धानदाता उनले शुरुमै हँसाए ‘मै हुँ नी जिवित भानुभक्त आचार्य ।’ उनले भानुभक्तको जिवनी, उनको बनारसमा अध्ययन, मोतीराम भट्टसितको परिचय, र योगदानका अनेक पाटा सुनाए । भानुभक्त आचार्यका अनुसार भानुभक्तले जंग बहादुर राणाकै शासनकालमा कविता लेख्न थालेका थिए । त्यो बेलाको राणा शासन र प्रशासनिक झन्झट, चाकरी र प्रबहव देखेर कवितामा ति कुरा ब्याख्या गर्थे ।

भानुभक्तले त्यो बेला नेपाली भाषाको योगदानलाइ त सोचेनन् होला तर सबैले बुझ्ने गरि लेख्थे । उनी डायस्पोरा हुँदा (बनारस हुँदा) को अनुभवलेपनि भाषा र साहित्यको चेतनामा काम गरेको छ ।

ज्भानुभक्त आचार्यका अनुसार गोरखा भारत जिवन पत्रिका चल्थ्यो बनारसमा । त्यसमा मोतीराम भट्टले ‘गोरखा भारत जिवन’ छाप्थे । । त्यसैले मोतीराम भट्ट नेपालका प्रथम पत्रकार हुन् । भानुभक्त धुरन्धर बिद्वान हुन् भनेर उर्जा भरिदिने काम भने मोतीराम भट्टले गरेका हुन् । मोतीराम भट्टले ‘ कविभानुभक्तको जीवनचरित्र’ भन्ने किताब लेखेका थिए । त्यसमा भानुभक्तलाई आदिकवि भनेर उल्लेख गरेका थिए । भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेकाले आफूले भानु आदिकवी भनेर १९४८ मा उल्लेख गरेका थिए । रामायण नेपालीमा बनेको कपी जुद्द शमशेरकहाँ लगेर कसैले बुझाए । जुद्द शमशेरलाई ‘मैले त आदिकवी मानिसकें, मान्दा हुन्छ, योगदान ठूलो छ। भानुभक्तलाई आदिकवी आनेहुन्छ’ भनेपछि जुद्द शमशेरलेपनि सहमती जनाए । त्यहि बेला देखि भानुभक्तलाई आम रुपमा आदिकवि मानियो ।

‘नेपाली भाषालाई फैलाउने, बोलीचालीको भाषामा सपन्न बनाउने मुख्य योगदान भानुभक्तको हो’ आम सञ्चारका बिज्ञ भनुभक्त आचार्यले सुनाए ।

कार्यक्रममा धेरै सर्जकले कविता र गजल सुनाए । तर राजु खप्तडी बस्नेतको ‘शब्द’ कविता र सुधिर राणाको ‘अब्यक्त रहर’ भन्ने अर्को कविता साँच्चै प्रशंसायोग्य थियो । वालकद्वय शिरिर शर्मा र शायन बानियाँलेपनि कविता सुनाए । तिनको उपस्थितिले धेरैलाई उर्जा दियो । भानु न्यौपानेले सुनाएको ‘अलकापुरी कान्तिपुरी नगरि’ भन्ने कवितापनि धेरैले प्रशंसा गरे ।

तपाइँको प्रतिक्रिया

फेसबुक