युवा पुस्ता बर्बाद गर्ने खेलका मोहरा स्वयम युवा नेता

-युवराज संग्रौला

नेपालको राजनीतिलाई अब यथार्थ र निस्चयात्मताको आधारमा सूत्रबद्ध गरि बुझ्नु र राष्ट्रको हितसँग जोड्नु आवस्यक छ । मैले यसरी बुझ्नु आवास्यक छ भनी ठानेको छु ।

१- पश्चिमी शक्ति वा नाटो आबद्ध देशका एसिया प्रती खासरणनीति छन । भारत र चीनको उदयलाई रोक्ने, र दक्षिण पुर्ब एसिया र अरबलाई आफ्नो नियन्त्रणमा राख्ने उसको अर्थिक र सुरक्षा रणनीति हो भन्ने कुरा नोम चोम्क्सीले पटक पटक दोहोर्याएका छन । उनको यस प्रक्षेपणलाई धेरै पश्चिमी बिज्ञहरुले समर्थन गरेका छन ।

इडवार्ड सेडले “कल्चर एन्ड इम्पिरियलिजम” मा “युरोपेली उपनिबेसी मान्यताको पुनस्र्त्थान हुनुपर्छ भन्ने” थुप्रै युरोपेली विद्वानहरुका सिद्धान्त प्रक्षेपण भएको देखाएका छ्न र यसै पृष्ठभुमिमा हन्टिङ्गटनको क्लासेस अफ सिभिलाइजेसन, मोर्गेन्थाउ को तिमी र हामी जस्ता सिद्धान्तहरुद्वारा पस्चिमले अहिले नव साम्राज्यवादको आकार दिएको छ । क्रीस्टोफोर कोलम्बस को “डिस्कोभरी थियोरी”लाई अमेरिकाले बोकेको कुरा उसका दर्जनौ दर्जर्न सैनिक अखडाले देखाएका छ्न भनी चोम्स्की भन्छन ।

एक अमेरिकी इतिहासकारको पछिल्ला दिनमा आएको अमेरिकी साम्राज्यको इतिहास भन्ने पस्तकले पनि प्रष्ट पारेको छ । किन नेपाल लामो समय देखि विवादको भुमी बनीआएको छ ? कारण स्पष्ट छ, यो भुमी बिदेशी शक्तिको खेलभुमी बनेको छ । चीन र भारतको उदयलाई रोक्ने पश्चिमी रणनीति कार्यन्वायन गर्ने भुमी नेपाल बनेको छ । सन २०१६ को रायासना डायलगले चिनलाई संक्रमणकालिन विध्वंस र मोदिको सरकारलाइ नाजिबादको ट्याग लगाएबाटै धेरै कुरा प्रस्ट हुन्छ । हाम्रो राजनीति यो यथार्थ बुझ्न असफल रहयो ।

दुर्भाग्यबस सन १९१९ को जुन १ मा प्रकाशित अमेरिकी रक्षा मन्त्रालयको इन्डोप्यासिफिक रणनीतिको प्रतिबेदनमा नेपाललाइ साजेदार देशका रुपमा प्रक्क्षेपण मात्र गरिएन, नेपाल सँग इन्डोप्यासिफिक स्थल सेना निर्माण गर्ने दुई चरणको कुराकानी भएको समेत उल्लेख गरियो । तर यस्को प्रतिवाद भएन ।

२। बामपंथी शक्तिले रास्ट्र टुक्राटुक्रा पार्ने अनेक खेलका विरुद्ध निर्वाचनमा अवाज उठायो । जनताले मत देशभक्ती र आर्थिक समृद्धिका पक्षमा दिए । चीन सङ्ग बेल्ट एन्ड रोड संझौता भएको पृष्ठभुमिमा जनताले आफ्नो समृद्धिको आसामा बामपंथी शक्तिलाई सरकार चलाउने अख्तियार दिए । बामपंथीहरुको एकीकरण भयो । तर यसलाई भत्काउन पस्चिमी शक्ति र भारतको प्रतीक्रीयाबादी तत्व सरकारका विरुद्ध पुरै खनियो । यसलाइ निरंकुश शक्तिका रुपमा परिभाषा गर्न पश्चिमी प्रभावमा रहेको संचार माध्यमको खेमा पुरै लाग्यो । कर्मचारीतन्त्रले असहयोग गर्यो । सरकारलाई घेराबन्दी गर्यो । यो साम्राज्यबादी खेललाई सरकारले बुझेन । उसले आफ्नो राजनिती शक्तिलाई बिकासका कुरामा रचनात्मक ढङ्गले परिचालित गर्नु भन्दा सरकार आम नेपाल र सम्पुर्ण पार्टीबाट बालुवाटारलाई अलग गर्ने परिपन्चको शिकार भयो । परिणाम पार्टी भित्र नै प्रतीपक्ष निर्माण भयो । पार्टी भित्र कुना कुनामा बसेका पश्चिमी संयन्त्रका तानाबानाले सरकारका पाता कसे । यस यथार्थलाई पनि नेपाली राजनीतिले बुझ्न सकेन ।

३- देशको उन्नतिको आधार आम जनताको उत्पादन र उत्पादकत्वको उन्नयन हो र त्यसको आधार कृषिको आधुनिकिकरण र बिस्तार हो भन्ने कुरा सरकारले बुझेन । शिक्षा बिकासको मेरुदण्ड हो भन्ने कुरा ख्याल गरिएन । ४५ हजार बिद्यार्थी हरेक साल बिदेशीका र उनिहरुले देशको दुर्लभ बिदेशी रुपैयाँको संचिती ध्वस्त पारेको ख्याल गरिएन । युवा शक्तिहिन देशलाई राजनीति प्रभावमा राख्न सकिन्छ भन्ने बिदेशी रणनीतिका बारेमा ख्याल गरिएन । गाउँको बिकास भनेको डोजर चलाएर पहाड खन्नु हो भन्ने मान्यता बिकास भयो । बातावरण ध्वस्त पारियो । “भाइ वडाध्यक्ष दाई डोजरको मालिक” को संस्कृति निर्माण गरि भ्रस्टाचारलाई मलजल गर्ने काम भयो । यी सबै कुरा रोक्ने जिम्मा सत्ताधारी पार्टीको हो । तर नेताहरु आफ्नो बर्चस्वको निर्माणमा अपबित्र गठबन्धन र गुट निर्माण गर्नमै ब्यस्त भए । अख्तियार अनुसन्धानलाई समाप्त र त्यस संस्थालाई कम्जोर पार्ने माफिया लागे र जोडतोडका साथ त्यसलाइ भत्काउन लागेका छ्न भन्ने कुरा राज्यले ख्याल गरेन ।

४- मन्त्री बन्नु सपना रहेछ यो देशमा । मन्त्री बने पछि गफ गर्नु पर्ने रहेछ । अलि आसा लाग्दालाई मन्त्री बनाइदिए पुग्ने रहेछ । युवा नेताको त धेय नै मन्त्री हुनु रहेछ । मन्त्री भएपछि उ पनि कुखुराको अन्डाभित्र पस्दोरहेछ । उसको हिमचिम काहाँ हो थाह हुँदो रहेनछ । यो युवा पुस्ता बर्बाद गर्ने कसैको खेलका मोहरा स्वयम युवा नेता हुँदारहेछन । अर्थात नेपालको राजनीति अहिले पुर्णरुपामा उनुत्पादक र अकर्मण्यताको सिकार भएको छ । समाजबादको सपनामाथि आक्रमण भएको छ । देशका कुना कुनामा स्वप्नभ्रम बोकेका जत्था निर्माण भएका छन ।

५- माफिया र राजनीति बिचको प्रेम गहिरो रहेछ । माफिया र राजनीति नेपालमा प्रेमी प्रेमिका जस्ता बनेका रहेछन । बरु बाबुआमा छोड्न सकिन्छ तर प्रेमी छोड्न सकिन्न । बिचारधारा छोड्न सकिन्छ तर माफिया छोड्न सकिन्न ।

६- प्रतिपक्ष त सत्ताको मोहमा यति गहिरो मोहमा रहेछ, त्यो खुस्किएपछी कोमामा गएको फर्किनै सकेन । रचनात्मक प्रतिपक्षी नभएको लोकतन्त्र बाँच्दैन ।

देशमा युवा छैनन । भ्रस्टाचार ब्याप्त छ । देशलाइ बिज्ञ होइन गोजिका मानिस थोपरिएको छ । बिकासका लागि जनसमृद्धिका योजना होइन, दातृसंस्थाका रणनीतिक योजनाले प्राथमिकता पाएका छन । सत्ता र प्रतिपक्षले “देश अनन्त द्वन्द्वमा” जाने संभावना देख्न आँखा चिम्लिएको भान हुन्छ ।

१- हायातले रास्ट्रको संपती खायो । किन केही गरिएन ?

२- राजतन्त्रबाट खोसिएको जमिनमा माफियाहरुको हडप भएको कुरा उठ्यो । किन केही गरिएन ?

३- हिजो कौडीका दाममा बेचिएका भृकुटी कागज कार्खानाका जमिन आज प्लटिङ्ग भइरहेका छन । किन केही गरिएन ?

कता लाने हो देश ? फ्रान्समा रोबेस्पियरको असफलता पछि के भयो ? इन्डोनेशियामा के भयो ? युगोस्लाभीयामा के भयो ? क्रोनी पुंजिबाद के गर्दै छ ? माभुवानीले भने जस्तै पश्चिमको अहंकारले के जन्माइरहेको छ ? के नेपाली नेताहरुले विश्लेषण गरेका छन ?

बहस गरौं सबैले, पुर्वाग्रह बिना । देश बर्बाद भए जनता पनि बर्बाद हुन्छ्न । बाँदरले गूँड भत्काइदिएको चरालाइ रुख (बिदेश) त प्राप्त होला, तर न्यानो गूँड प्राप्त हुँदैन ।

(स्रोत- संग्रौलाको फेसबूक)

तपाइँको प्रतिक्रिया

फेसबुक