कोरोना भाइरसले स्विजरल्याण्डमा गरिबी बढ्यो

कोरोना भाईरसबिरुद्दको लडाईमा सफलता पाउँदै गएपनि स्विजरल्याण्डमा गरिबीको संख्या भने ह्वात्तै बढेको छ । केहि महिना अगाडिसम्म सोच्दै नसोचेको गरिबीको संख्या बढेको विश्लेषकहरुले बताएका छन् । खानाकालागि जेनेभाको सडकमा घण्टौं लाममा बसेका सयौं मानिसहरुको भिडले त्यसलाई पुष्टि गरेको स्विस आर्थिक पत्रकार ग्रेगोइर बार्बेले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् । उनले स्विजरल्याण्डको आर्थिक अवस्था दोस्रो विश्वयुद्दकालकै अवस्थामा पुग्ने सार्वजनिक गरेका छन् ।

स्विजरल्याण्मा लकडाउन खुकुलो परिँदै छ । आर्थिक गतिबिधिहरु बिस्तारै शुरु गरिँदै छ । कोरोना भाईरसको संक्रमण पूर्ण रुपमा हटिसकेकोपनि छैन् । संक्रमणसँग मिलेर बस्नैपर्ने अवस्था छ । तर यसले अर्थतन्त्रमा थूलो प्रभाव पार्ने अवस्था छ । कोरोना भाईरसको संक्रमणलाई मथ्थर पार्न स्विजरल्याण्ड सक्षम देखिएपनि यसले आर्थिक प्रभावहरु दह्रो पार्ने छ । कोरोना भाईरसपूर्वको अवस्थामा आर्थिक उचाई हुने छैन । दैनिक स्वतन्त्रतापनि पूर्ववतरुपमा पक्कै रहने छैन । धेरै क्षेत्रको आम्दानी डामाडोलनै रहने छ ।

स्वास्थ्य संक्रटका कारण आर्थिक संकट गहिरिनेनै देखिन्छ । तर हरेकले आआफ्नै खले अनुमानहरु गरिरहेका छन् । कोरोना भाईरसको प्रभाव, यसको प्रभाको समय र यसका भयहरुकाबारेमा आफ्नै खाले अनुमान रहेपनि स्विसजरल्याण्डमा सबै सहमत भएको एउटा पाटो छ त्यो हो, आर्थिक मन्दिको प्रभाव समाजमा गम्भिररुपमा देखापर्ने छ । संकटपूर्वको अवस्थामा आर्थिक स्तर पुग्न निकै समय लाग्ने छ । यसको आर्थिक असर केहि वर्षसम्म रहने छ ।

जेनेभाका कफी सपहरुको एसोसिएसनका अनुसार तिनमा एक भाग पसलहरुले आफ्नो गतिबिधि निरन्तर गर्न सक्ने छैनन् । थुप्रै कपनीहरु बन्द गर्नुको बिकल्प रहने छैनन् । थुप्रै योजनाहरु कि त भविष्यकालागि सारिने छ कि ति बन्दनै हुने छन् । सरकारले कोरोना भाईरस नियन्त्रण गर्ने निति र कामले पक्कैपनि धेरैको जिवन जोगाएको छ । तर ति प्रयासहरुले धेरैलाई गरिबीतिर धकेलेकोपनि छ । कि भने आर्थिकरुपमा कमजोर बनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक