नेपाल जस्तो मुलुकमा के लकडाउन नै अन्तिम विकल्प हो ?

-बिशाल तामांग / लन्डन

विश्व आज कोरोनाको कहरबाट ग्रसित छ । त्रसित छ । सन् १९१८ को हैजाको  महामारी पश्चात दुइओटा विश्व युद्द भए । कयौं प्राकृतिक प्रकोपहरु आए । भुकम्प, सुनामीदेखि बिबिध आतंकबादी विध्वंसहरु भए । विभिन्न देशमा क्रान्ति, प्रतिक्रान्ति एबं कयौं सुन्दा नमिठा लाग्ने मानविय एबं आर्थिक क्षति बेहोर्नुपर्यो । तर कोरोना जिवाणु (कोविड १९) ले जस्तो विश्वलाई एकसाथ प्रभावित बनाएको भने यस अघि कहिल्यै थिएन ।

ति महामारीहरुमा विभिन्न देशहरुले आआफ्ना तरिकाले संकटको सामना गर्नुपरेको थियो । अहिले भने लगभग बिश्वभरि यस महामारीको कारणले दुइ लाख ८५ हजार भन्दाबढि मानिसले मृत्युवरण गरिसकेका छन् । बेलायतमा मात्र ३२ हजर भन्दा धेरैले ज्यान गुमाइसके । बेलायतमा नेपालीकै ४० भन्दा बढिको ज्यान कोरोनाले लिईसकेको छ। यसले कुनै वर्ग, धर्म, राष्ट्र, लिङ्ग, धनी गरिब सबैलाई एक साथ चुनौती दिईरहेको छ । लन्डन, मिलान, पेरिस, न्युयोर्क जस्ता ब्यस्त, धनी र आधुनिक सहरहरु सुनसान छन् ।  नागरिकहरु मानसिक रुपमा आक्रान्त छन् ।

चीनको वुहानबाट सुरु भएको यो कहरलाइ शुरुमा धेरैले सामान्य रुपले लिए । गम्भीरतापूर्वक नलिँदानलिँदै यो इटाली छिर्यो । इटालियनहरु आफैंपनि गंभीर नभएकाले नराम्रोसित फैलियो । इटालीमा फैलिँदा युरोपियन युनियनभित्रका अन्य शक्ति राष्ट्रहरुले ‘हामीकहाँसम्म आइपुग्दैन’ झैं ठाने । तर कोरोनाले के छोड्थ्यो । पछि युरोप हुँदै अमेरिकासम्म आक्रमण गर्यो । झन पछि झन झन संक्रमण बढ्दै गयो । मर्नेको संख्या दिनानुदिन घट्नुको सट्टा बढ्दै गयो । सरकारका प्रयासहरु निकम्माझैं देखिए ।

हुँदाहुँदै त दुई सय १२ भन्दा बढी मुलुकमा संक्रमण फैलियो । आजसम्म पनि विश्व मानव जीवनलाइ ठाडो चुनौती दिईरहेको छ कोरोनाले।  वैज्ञानिकहरुले यसका बिरुद्द अहिलेसम्म कुनै भ्याक्सिन(सुइ) वा औषधि पत्ता लगाउन सकेका छैनन् ।

अहिले विश्वका धनी र शक्तिशाली देशहरु तौरमौरको स्थितिमा छन् । अर्थतन्त्र लगभग ठप्प छन् । बेलायतमा ३० प्रतिशत रोजगारी गुमेको अवस्था छ । करारमा काम गर्नेहरुलाई सरकारले तलबको ८० प्रतिशत त दिइरहेको छ । तर मानिसहरु आक्रान्त छन् । रोजगारिको कुनै निश्चितता छैन । कोरोना भाईरस फर्केर आउन्न भन्ने निर्क्यौलपनि छैन । विश्व स्वास्थ्य संगठनले पनि सामान्य पीपीइको प्रयोग र हात धुने बाहेक अरु यसबाट बच्ने उपाय दिन सकिरहेको छैन । संसारभरिका देशहरुले कोरोनासँग लड्नका लागि लक्डाउनलाइ नै अन्तिम अस्त्रका रुपमा लिएका छन् ।

नेपालमा भने पशुपतिनाथ र बौद्धनाथको आशिर्बादले भनुँ या सिमेभुमेले रक्षा गरेर हो एक सय जना जति सक्रमित भएको समाचार आएको छ । तर कुनै अप्रिय समाचार भने सुन्नु परेको छैन ।

बिदेशमा बस्ने नेपालीहरु पनि यस कहरबाट प्रत्यक्ष मारमा भने परेकै छन् । युरोपमा क्रियासिल पत्रकारहरुले दिनहुँ जस्तो सामाजिक संजालहरुमा कोरोना सम्बन्धि प्रत्यक्ष बहसहरु संचालन गर्दै आइरहेको देखिन्छ ।

के लाग्छ भने अब मर्नेको संख्या मात्र गनेर हुँदैन । अब कोरोनासँगै हामीले जिउने आधार र बाटोहरु संमयित भएर खोज्नुपर्ने छ । यसको बिषयमा गहन छलफलहरु आवस्यक छ । बिशेष गरि नेपाल जस्तो मुलुकमा के लकडाउन नै अन्तिम विकल्प हो ? हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा धनी राष्ट्रसरह मुलुकलाई ठप्प पार्न हुन्छ कि हुन्न ? घिटीघिटी अवस्थामा रहेको अर्थतन्त्रलाई अझै कम्जोर बनाइ मुलुकलाई ५० वर्ष पछाडी लैजादै गरिरहेको दृष्टान्त हामीमाझ छ । सरकार उदासिन छ । न त कुनै जवाफ छ । यसबाट पार लाग्ने नत कुनै कार्ययोजना नै देखिन्छ ।

त्यतिमात्र नभएर देशमा विविध खाले बिवादित अध्यादेशहरु ल्याउने, अपहरण काण्ड मच्चाउने, सिमा बिबादहरुमा निकम्मापन देखाइरहेको अवस्था छ । यो देखेर हामीव्जस्ता बिदेशमा बसेर श्रम गरि राष्ट्रप्रेम बोक्ने युवाहरु मर्माहत हुनु र मानसिक रुपमा अक्रान्त बन्नु स्वाभाविक हो ।

हामी बिदेशमा बस्नेहरुको अनुभवको आधारमा नेपालमा लक्डाउन ब्यबस्थित गर्नुपर्छ । सुक्ष्म तरिकाले नाका र भारतसँगको खुल्ला सिमानामा अध्ययन गरि कसरि कोरोनाबाट बाच्न र बचाउन सकिञ्छ भन्ने सोच्नुपर्छ । अर्थतन्त्रलाइ कसरि जीवित राख्न सकिन्छ भन्ने कुरामा सरकारले जोड दिनैपर्छ ।

बेलायत र इटालीकै अनुभव हेर्ने हो भनेपनि उनीहरुको बुझाई ठिकै होला । अर्थतन्त्र कसरि जीवित राख्ने भन्ने बिषयमा निरन्तर चिन्तन, अध्ययन अनुसन्धान भैरहेको छ । तर नेपालमा यस बिषयमा सरकार गम्भीर बनेको देखिन्न ।

रोम स्थित नेपाली कन्सुलर पाओलो नुगारी भन्छन ‘नेपालमा संयम हुनु जरुरि छ । तर इटाली, चिन, बेलायत लगायतका देशहरुका संक्रमणका अनुभवबाट नेपालले सिक्ने मौकापनि पाइरहेको छ । स्वास्थ्य नीति बलियो र चुस्त बनाइ लक्डाउन खोलेर दैनिक रुपमा ज्यालादारी, मजदुरि गरि बाँच्ने श्रमिकहरुले बाँच्न पाउने अवस्था बनाउनुपर्छ । साना र ठूला ब्यवसायहरु खुल्ने वातावरण स्रिर्जना गरिनु उत्तिकै आवस्यक छ । यसो गरेमा ब्यवसाय जीवित रहन्छ । व्यवशायी बाँचिरहन्छन् । राज्यको आम्दानी रोकिँदैन ।’

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एबम पोखरेली ब्यवसायी आनन्दराज मुल्मी भन्नुहुन्छ, ‘गत बर्षको बजेट अनुसार नेपालमा प्रतिदिन भ्याटबाट ६० करोड, भन्सारबाट ४० करोड, अन्तशुल्क बाट ३० करोड, आयकर वा अन्य शुल्कबाट चौमासिक रुपमा ५४ अरब आम्दानी हुँदो रहेछ । त्यो सरकारको एउटा अनुमानित लक्ष्य  हो । त्यो अनुसार पनि नेपाल गरिब राष्ट्रहरुको सूचिमा अगाडी आउँछ । यसपटक लक्डाउनको कारणले राष्ट्रिय आयको तिन प्रतिशत मात्र आम्दानी गरेको छ भने तपाई हामी अनुमान लगाउन सक्छौं स्थिति कति भयावह छ ।’

लक्डाउनको कारण अहिले पूँजी र बचतको अभाव छ । ब्यवसाय निरन्तर नभएको कारणले उत्पादन ठप्प छन् । वितरणमा कठिनाइ एबं अभाव छ । सेवाजन्य कार्यहरु केहि खुकुलो भएपनि अवरोध कायम नै छन् । बजार बन्द भएपछी सरकारलाई तिर्ने राजस्वको मात्रामा कमि भईरहेको छ । दैनिक संचालन खर्च जुटाउन र ब्यबसाय बचाउन मुस्किल भैरहेको छ । सरकारको प्राथमिकता साना ठूला ब्यबसायीहरुलाई उनीहरुका ब्यवशाय बचाउन साझेदारी एबं बित्तिय संस्थाहरुसँग समन्वय गरि कर्जा, बैंक ब्याजदर हरुमा सहुलियतको ब्यवस्था मिलाएर ब्यवसायीलाइ ब्यवसाय जीवित राख्न प्रोत्साहन गर्ने अर्थनीति अगाडी ल्याउनु पर्ने चरम आवस्यकता देखिन्छ । यसो भएमा बेरोजगारी नियन्त्रण हुने छ । साथै सरकारी राजस्व र आम्दानी निरन्तर भई मुद्रास्फृति र मुल्यब्रिद्दिको चापलाई रोक्न सकिनेछ ।’

कोरोनाका कारण विदेशबाट टूलो संख्यामा युवाहरुको स्वदेश फिर्ती हुने सम्भावना प्रबल छ । यदि सरकारको उदासिनता कायम नै रहेमा स्थिति भयावह हुनेछ । त्यस चुनौतीलाई अवसरका रुपमा लिई सरकारले स्वरोजगारलाइ प्रोत्साहन गरि लगानीको वातावरन सिर्जना गराउने र त्यसका लागि उचित नीति निर्माण गरि ऋण एबं ब्याजदरमा सकेको सहुलियत प्रदान गर्ने वातावरण बनाईनु पर्छ ।

सरकारले लक्डाउन मात्र एक विकल्प सोच्ने, निजि क्षेत्रसँग सहकार्य नगर्ने, आर्थिक विज्ञहरुको राय सल्लाह नलिने र उचित आर्थिक नीति बनाउन लागि नपर्ने हो भने नेपालमा धेरै ब्यवसायीहरु पलायन हुने पक्का छ । कम्पनीहरु बन्द भै बेरोजगारी ह्वात्तै बढ्ने र मुलुक फेरी एक सय वर्ष पछाडी जान्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।

लकडाउनका कारण कृषि उत्पादन अन्तर्गत हाम्रो देशमा उत्पादित फलफूलजन्य, दुग्धजन्य, मासुजन्य लगायतका उत्पादनहरु कुहिएर जाने अवस्था छ । यसले गर्दा किसानहरुको मेहनत खेर गैरहेको छ । ढुवानीमा समस्या निम्तिएको छ । उत्पादनले बजार नपाउने जस्ता गम्भीर बिषयहरुमा सरकारको ध्यान जानु आवस्यक छ ।

पोखेरेली युवा उद्धमी सिरज बिजय कोइराला भन्छन ‘लक्डाउन कहिले खुल्छ भन्ने कुरा मलाई त के मेरो प्रधानमन्त्रिलाई पनि थाह छैन । किनकि आफ्नो सिमामा समेत आफ्नो पकड छैन । केहि समय अगाडी ५० करोड डलर ऋण लिइएको छ त्यो ऋण कसले तिर्छ ? अर्थमन्त्रि ज्यूले तिर्नुहुन्छ ?’ उनी आक्रोस ब्यक्त गर्छन । किनकि नेपालको हकमा नेपालको अर्थतन्त्रलाई मध्यनजर गर्ने हो भने लक्डाउन नै अन्तिम अस्त्र होइन । सरकारको ध्यान जाओस शुभकामना छ । पशुपतिनाथ र बौद्धनाथको आशिर्वाद हामी सबैको शिरमा रहोस !

तपाइँको प्रतिक्रिया

फेसबुक