अष्ट्रेलिया पढ्न गएका बिध्यार्थीलाई कोरोनाको असर

-भुवन पाठक / पर्थ, अस्ट्रेलिया

कोभिड १९ को कारण आज बिश्वका कयौं देशमा आर्थिक मन्दी छाएको छ । ब्यापार व्यवसाय सहज ढंगबाट संचालन गर्न सकेका छैनन् । रोजगारदाताहरु आफैं बेरोजगार हुनुपरेको छ । बेरोजगारको संख्या दिनानुदिन बढदै जानुले पक्कै पनि अर्थतन्त्रमा ठूलो असर पारेको देखिन्छ ।

यसको असर अस्ट्रेलियाले पनि भोग्नु पर्यो । अन्ततः दुई महिना अगाडि देखि होटेल, रेस्टुरेन्ट, क्याफे, जिम हाउस जस्ता भिडभाड हुने क्षेत्रलाई संचालनमा प्रतिबन्ध लगाउनु पर्यो । त्यसको फलस्वरूप दुई महिनाको अन्तराल पछि कोभिड १९ को असर निकै न्यून देखिन थाल्यो । स्थिती सामान्य बन्दै गएपछी केही नियम पालना गराई सामाजिक दुरि अपनाउँदै सिमित ग्राहकहरुको मापदण्ड तय गराइयो । त्यससँगै केही ब्यबसाय पुन संचालनमा आउने भएको छ ।

यति हुँदाहुँदै पनि बिकशित र बिकासोन्मुख सबै देशका अर्थतन्त्र खस्किने संभावना प्रबल देखिन्छ । कति समयसम्म कोरोना भाईरसको असर देखिन सक्छ भन्ने आँकलन गर्न नसकेका कारण विभिन्न मुलुक अमेरिका, अस्ट्रेलिया, लन्डन क्यानडा, युरोप लागायतका देशमा अध्ययन गर्न गएका अन्तर्राष्ट्रिय विद्यार्थीमा यसको ठूलो असर पर्न गएको छ ।

कोभिड १९ का कारण रोजगारी गुमाउन बाध्य भएका विद्यार्थीहरुलाई खान बस्नसम्म पनि निकै कठिन भैरहेको अवस्थामा बिश्वबिद्धालयको महँगो शुल्क जिउँका तिउँ नै छ । त्यसलाई सहज बनाउन लागेको कसैले देखिन्न । र बिध्यार्थीका समस्या दुई चार पोका चामल, एक दुइ बोत्तल तेल दिएर समाधान हुने देखिन्न ।

बिश्वबिद्धालय र कलेजहरुले अनलाइन कक्षा प्रणाली सुरु गरेर अध्ययनलाई निरन्तरता दिएता पनि सबै बिद्यार्थीहरुमा यो सहज बनेको छैन । अर्कोतिर केही व्यापार ब्यबसायहरु संचालनमा आएपनि तुलनात्मक रुपमा व्यापार ब्यवसाय फस्टाउन नसकेका कारण सबै कामदारहरु काममा फर्किन सक्ने स्थिति छैन ।

यस्तो अवस्थामा अष्ट्रेलियामा बिद्यार्थीहरुले घरबाट पैसा मगाई शुल्क तिर्नु पर्ने मात्र नभई खान र बस्ने जोहो पनि गर्नुपर्ने अवस्था छ । विशेषगरि मध्यम वर्गिय र न्यून वर्गिय बिद्यार्थीहरु संख्यात्मक रुपमा बढि देखिन्छन अष्ट्रेलियामा । त्यसैले घरपरिवारबाट मगाएको पैसाले लामो समयसम्म बिदेशमा रहिरहन सक्ने अवस्था देखिदैँन । अर्कोतिर अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो देश फर्किने सक्ने अवस्था पनि छैन । जसले गर्दा विद्यार्थीहरु ठूलो मर्कामा परेको देखिन्छ ।

केही देशहरुमा कोभिड १९ को असर कम हुँदै गए पनि धेरै जसो देशहरुमा यसको असर अझै उस्तै देखिन्छ । यसको समाधान र निर्मुल कहिलेसम्म हुन्छ भन्ने कुरा अहिनै भन्नसक्ने स्थिती छैन । त्यसको कारण विद्यार्थीहरुको भविष्य अन्योलमा देखिन्छ । आफ्नै देश फर्किन पनि नसक्ने र अर्कोतिर घरबाट आएको पैसाले लामो समयसम्म रहिरहन नसक्ने हुँदा के गर्ने भन्ने कुरामा विद्यार्थीहरुमा निकै ठूलो द्विधा देखिन्छ ।

अश्ट्रेलियामा धेरैजसो विद्यार्थीहरुका अभिभावकहरुले आफ्नो अचल सम्पती धितो राखी छोराछोरी पढ्न पठाएका छन । यस्तो अवस्थामा विद्यार्थीहरु आफ्नो देश फर्किनु आफैंमा समस्याको समाधान पक्कै पनि होइन । आज बिदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरु अन्योलमा छन । यो कठिन बेलामा सरकारले एउटा जिम्मेवार अभिभावकको भुमिका निभाउँदै विद्यार्थीहरुको समस्या समाधान गरेर देश फर्कन चाहने बिद्यार्थीहरुलाई योग्यता र क्षमता अनुसार बिकास निर्माणको काममा परिचालन गर्नुपर्ने हो । यस्ता ठूला समस्याबाट देश र देशको भबिस्य जोगाउन तर्फ थोरै ध्यान दिनु जरुरी देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक