नेपाल जस्तै दक्षिण अमेरिकाको कोलम्बिया (फोटो फिचर) !

-अमोद सापकोटा / बोगोटा, कोलम्बिया

म यता पढ्न आएपछि अचम्मै लाग्यो, धेरै कुरामा नेपाल जस्तै रहेछ कोलम्बियापनि । कोलोम्बियाको राजधानी बोगोटामापनि । काठमाडौं जस्तै वरिपरि डाँडाकाँडा छन् । काठमाडौंमा जस्तै घरका बार्दली छेउछेउमा लुगा सुकाउँछ्न् । सडक छेउछेउमा काठमाडौंमा क्यारेमबोर्ड र लुँडो, तास खेले जस्तै यता चेस खेल्ने रहेछन् । यहाँको सडकमा काठमाडौंका सडकमा जस्तै फोहोर देखिन्छ । खपटाले छाएका घरको छाना देख्दा नेपालका तराईमा थारु वस्तिको याद आउँछ । अग्ला अग्ला घरहरुले कठमाडौंको संझना गराउँछ । ठेला गाढा चलाउनेहरु यतापनि सडकमा भेटिन्छन् । कुनै खेल भयो भने मानिसहरु नेपालका खेलकुद मैदानमा झैं जम्मा भएर हुटिङ गर्न थालिहाल्छन् । उता जस्तै मानिसहरु कोलोम्बियामापनि जमघट गर्छन् । सामूहिक् रुपमा चाडपर्व मनाउने, रमाईलो गर्ने नेपालको जस्तै गज्जबको चलन रहेछ कोलम्बियामापनि !

तपाइँको प्रतिक्रिया

फेसबुक