कोरोना भाईरस पत्ता लगाउन कुकुरलाई तालिम

बेलायतमा एउटा कुकुरले कोरोना भाईरसका रोगी सुँघेरै फेला पारेको छ । यो घटनापछि कुकुरलाई तालिम दिने हो भने कोरोना भाईरसका संक्रमितहरु पत्ता लगाउन कुकुर उपयोगि हुने देखिएको छ ।

स्वास्थ्य क्षेत्रमा तालिम प्राप्त कुकुरहरुलाई कोरोना संक्रमणको तालिम दिएमा सुँघेरै प्रति घण्टा दुई सय ५० रोगी पत्ता लगाउन सक्ने देखिएको बेलायतको द टेलिग्राफ अखबारले जनाएको छ ।

लण्डन स्कूल अफ हाईजिन एण्ड ट्रोपिकल मेडिसिन (एल एस एच टि एअ) ले ओकेर एपानियल जातका तिन, लाब्रादोर जातका दुई र लाब्राडुडल जातको एक कुकुरलाई यो तालिम दिने छ । ति कुकुरलाई कोरोना भाईरस बिरामीहरूका गन्धका नमूनाहरू प्रयोग गर्दै गहन प्रशिक्षण सुरु गर्ने बताएका छन् ।

यदि यो योजना सफल भएमा यो योजनाले अत्यन्त प्रभावकारी भूमिका खेल्ने छ । किनभने भाईरस संक्रमितहरुलाई कुकुरले पहिचान गरेर सार्वजनिक गरिदिनाले संक्रमितहरु सबैलाई बाहिर निकालेर उपचार गर्न र निरोगीहरुबाट अलग राख्न सकिने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक