मिल्काएका मास्कबाट कोरोना सर्ने उच्च जोखिम र वातावरणलाई झन खतरा  

मास्क भुइँमा मिल्काउँदा त्यसमा रहेका जिवाणु मरेका हुँदैनन् । जिवितै रहने ति जिवाणु झन धेरै मानिसमा सर्न सक्छन् । सबैले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने यसको सहि प्रयोग गरे रोग सार्नबाट बचाउँछ । तर राम्रोसित प्रयोग गर्न जानिएन, प्रयोग पछि राम्रोसित थान्को लगाइएन भने रोग सार्ने उच्च जोखिम भएको साधन हो, मास्क ।

त्यसो त, हामीले लगाउने मास्क पूर्ण रुपमा कागजले बनेको हुन्न । ति प्लास्टिकबाट बनेका हुन्छन् । पूर्णरुपमा प्लास्टिक नभएपनि र प्लास्टिक जस्तो नदेखिएपनि तिनमा प्लास्टिक हुन्छ । तिनलाई जमिनमा छोडिदिनु फोहोर संकलकहरुमा कोरोना सर्ने उच्च जोखिम हुन्छ । मास्कको वरिपरि हिँड्ने, कुल्चिनेलाई सर्न सक्छ । वातावरणलाईपनि हानिकारक हुन्छ ।

लकडाउन खुला पारेदेखि वा लकडाउनलाई धोल्लो पारेदेखिनै विश्वभरि प्रदूषणको एक नयाँ स्रोत देखापरेको छ, सुरक्षात्मक मास्क । ति फुटपाथमा फेला परेका छन् । ढलहरुमा बग्ने गरेका छन् । रद्दीटोकरीमा फ्याँकिन्छन् । समुद्रीतट र जंगलहरूमा पनि देखिएका छन् । आगामी दिनमा यसले प्रदुषणको वास्तविक खतरा निम्त्याउन सक्छ । प्रयोग गरिएका मास्कको ब्यवस्थापन गर्न नसके वातावरणलाई प्रदूषित गर्ने छन् ।

मास्क थप फोहोर र रोग नित्याउने माध्यम बनिरहेको छ । किनभने प्लास्टिक प्रायः यी भाइरसहरूको वाहक हुन्छ । अप्रिलको सुरूमा फ्रान्सको द ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार भाइरसको जिवाणु कम्तिमा पनि सात दिनसम्म सुरक्षात्मक मास्कको बाहिरी सतहमा जिवित हुन्छ । आन्तरिक सतहमा चार दिनसम्म रहन सक्छ ।

फोहोर टिप्ने र त्यसलाई संकलन गर्नेहरुले मास्क उठाउँदा भाईरस सर्न सक्छ । फोहोर जम्मा पार्ने कुचाले मास्क उठाउँदापनि तिनमा टाँस्सिएर पछि संक्रमण हुन सक्छ ।

अरूलाई संक्रमित गर्न र वातावरणलाई प्रदूषित गर्नबाट जोगिन, फ्रान्सको वातावरण मन्त्रालयले मास्क, रुमाल, पन्जा र अन्य वस्तुबाट मुक्त हुनको लागि केही निर्देशनहरू दिएको छ । यो फोहोरलाई पहिले बन्द गरेर फोहोर फाल्ने भाँडामा मिल्काउनुपर्छ । त्यसो भएपछि जब झोला भरिन्छ त्यसपछि त्यो फोहोरको झोला (डस्टबिन) लाई सतर्कतापूर्वक बन्द गर्नुपर्ने नियम छ । त्यो उठाएको २४ घण्टासम्म फोहोर जम्मा गर्ने केन्द्रमा राखिन्छ । त्यसपछि त्यसलाई रिसाईकल गर्ने फोहोरको भाँडामा हाल्न पाइदैन । किनकि पूनर्प्रयोग गर्ने फोहोरसँगै राख्दा त्यसमा भएका अरु वस्तुमा सर्न सक्छ । किनकि मास्कहरु पूर्ण रुपमा कुहिएर माटो बन्न चार सय ५० वर्ष लाग्छ । अर्को कुरा तिनमा रहेका जिवाणुले पानीका पाईपमार्फत छिरेर पानीलाई प्रदुषित गरिदिन सक्छन् । अर्थात् फोहोर पानी प्रशोधन प्रणाली बिरूद्ध जिवाणु फैलिन सक्छ । किनकि अहिले बजारमा आएका मास्कहरु रिसाईकल गरेर पुन प्रयोग गर्ने स्तरका होइनन् ।

डाक्टर र विशेषज्ञहरुले प्रयोग गर्ने अहिलेका सर्जिकल मास्कहरूपनि पुन: प्रयोग योग्य छैनन् । अस्पतालका फोहोरलाई भस्म गराउन निर्देशन त दिइन्छ तर फोहोरबाट संक्रमित नहोस्, जोखिम नहोस भन्न कुन कुन फोहोरमा संक्रमित भाईरस हुन सक्छ भनेर छुट्टाछुट्टै राखिन्न । फोहोरमा हुनसक्ने भाईरस मार्ने उपाय अपनाईन्न र भाईरस मार्ने औषधीहरु प्रयोग गरिन्न । त्यसले गर्दा अस्पत्तालका कतिपय फोहोरहरु घरेलू फोहोरसँग मिल्छन् ।

अर्को तर्फ घरेलु फोहोर र अस्पताल तथा ठूला कारखानाका फोहोर एकै साधनमा उठाउने, भर्ने र मिल्काउने गरिन्छ । एउटै ट्रकमा भरिन्छ । जिवाणु हुन सक्ने फोहोरलाई जिवाणुको संक्रमण नहुनेगरि प्रबन्ध गर्नु आवश्यक छ जुन आवश्यक उपकरण, विशिष्ट प्रशिक्षण, समर्पित सर्किट, ट्यांकको कीटाणुशोधन आदि आवश्यक पर्छ । सर्वसाधारण जनताको हितलाई हेर्दा अहिले यी क्षेत्रहरू व्यवस्थित गरिएका छैनन् ।

अन्वेषकहरूले बायोडिग्रेडेबल अथवा तुरुन्तै गल्ने, कुहिने मास्कहरू पनि सिर्जना गर्न खोजिरहेका छन् । उदाहरणका लागि, अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टेक्नोलोजिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले उखुको अवशेषबाट बनेको न्यानो सेल्युलोज मास्कको मोडेल विकास गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक