युरोपकै ब्यस्त विमान कंपनीको साईट ह्याकरको हातमा, ९० लाख यात्रुको डाटा र २२ सय बैंक कार्डको पासवर्ड चोरियो

युरोपकै सबैभन्दा सहुलियत दरमा यात्रु ओसार्ने र अधिकांश शहर जोड्ने ईजी जेटको साईटबाट इन्टरनेट ह्याकरहरुले ९० लाख यात्रुको डाटा चोरि गरेका छन् । ईजिजेट ब्यवस्थापनले आज मंगलवार सार्वजनिक गरेको जानकारि अनुसार ह्याकरहरुले असाधारण तरिकाले निकै परिस्क्रित तरिकाले आक्रमण गरि एयरलाईनसका ९० लाख यात्रुहरुको डाटा चोरि गरेका हुन् । ति ह्याकरहरु को हुन् भन्ने पत्ता लाग्न सकेको छैन ।

फ्रान्स टिभी इनफोका अनुसार ह्याकरहरु ९० लाख मध्ये दुई हजार दुई सय यात्रुका बैंक कार्डको कोड लिनसमेत सफल भएका छन् । तर हालसम्म ति कोड प्रयोग गरि रकम झिकेको वा चोरी भएको उजुरि परिसकेको छैन । इजी जेट कम्पनीले ह्याकरहरुले कार्डबाट चोरि गर्न नपाउन् भनेर ग्राहकहरुलाई खबर गरिरहेका छन् । ह्याकरहरु यात्रुहरुको ईमेल ठेगाना र ब्यक्तिगत बिवरणभने सफल भएको समाचारमा उल्लेख छ ।

यि डाटाहरु किन र के प्रयोजनकालागि लिएका हुन् भन्ने कम्पनीलाई स्पष्ठ हुन नसकेको इजी जेटले जनाएको छ । कम्पनीले आफ्ना यात्रुहरुलाई सकेसम्म आफ्नो निजि बिवरणका बारेमा सचेत रहन जानकारि गराई रहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक