नेपालप्लस विशेष : एनआरएनएको पद ओगट्ने पार्टी कार्यकर्ता बिरुद्ध अनुशासन कमिटीमा उजुरी, एनआरएन फ्रान्सका तिन जना

नेपालका विभिन्न पार्टीमा आबद्ध हुँदाहुँदैपनि गैर आवासीय नेपाली संघ (एन आर एन ए) को विभिन्न पदमा बसेकाहरु विरुद्ध अनुशासन कमिटीमा उजुरी परेको छ । पार्टीको राजनीतिक नीति अनुसार चल्ने र एन आर एन एमा राजनीति घुसाउनेहरुलाई एन आर एन ए अनुशासन समितिले कारवाहि गर्ने बुझिएको छ । कारवाहिमा पर्न सक्ने विभिन्न देशका त्यस्ता कार्यकर्तामध्ये एन आर एन ए फ्रान्सको कार्यकारी समितिका तिन जना परेको विशेष सूत्रबाट जानकारीमा आएको छ

नेपालप्लसले यस बारेमा आफ्नो विशेष सम्पर्क र सूत्र अनुसार खोजिनिति गरेको थियो । एन आर एन ए फ्रान्समा रहेरपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहेका एन आर एन ए फ्रान्सका पदाधिकारिहरु बिरुद्द उजुरि परेको थियो । उजुरिकर्ताले पूर्व अध्यक्ष भक्त वाग्ले,  घनश्याम पौडेल, महासचिव मिन कुमार श्रेष्ठ, कोषाध्यक्ष लाल बहादुर सोडारी, हरी सापकोटा, सचिव राजु खप्तडी बस्नेत लगायत केहि ब्यक्ति नेकपाका कार्यकर्ता भएकाले एन आर एन एको बिधान अनुसार रहन नमिल्ने भन्दै उजुरि गरेका थिए । उजुरीकर्ताले आफ्नो नखोलिदिन आग्रह गर्दै नेपालप्लसलाइ दिएको जानकारि अनुसार उक्त उजुरी एन आर एन ए का केन्द्रिय प्रवक्ता डिबी क्षेत्री र केन्द्र समक्ष दिएको थियो ।

डा अम्बिका अधिकारी प्रमुख रहेको एन आर एन ए को केन्द्रिय तहकै अनुशासन समिति रहेकाले उजुरि परेकाहरुको छानबिन अनुशासन कमिटीमा भएको हो । छानबिन गर्दा महासचिव मिन कुमार श्रेष्ठ, सचिव राजु खप्तडी बस्नेत र कोषाध्यक्ष नेकपाकै पार्टी कमिटीमा रहेको र एन आर एन एको बिधान र एन आर एन एले पार्टी छोड्न परिपत्र गर्दै पार्टी छोडेको प्रमाणपत्रको मागको आव्हान बिरुद्दपनि पार्टीमा आबद्द रहेर एन आर एन ए फ्रन्सको पद ओगटेको देखिएको निष्कर्ष निकालेको स्रोतले उल्लेख गर्‍यो ।

           यसरि भयो आचार संहिता उल्लंघन

गत फर्वरी ११ का दिन महासचिव डा हेमराज शर्माले ‘जोजससित संवन्ध छ’ शिर्षकको परिपत्रमा एन आर एन ए आइ सिसि र हरेक देशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालको राजनितिक दलहरुको बिदेशस्थित भात्रि संगठनहरुको कार्य समिति, जातिय र धार्मिक संस्थाहरुको कार्य समितिको पदमा रहे संघको निर्वाचन संवन्धि नियमावली अनुसार पदमुक्त गरिने जानकारि गराएका थिए । त्यसमा कुनैपनि जातिय तथा राजनितिक पार्टीमा आवद्द ब्यक्ति एन आर एनको पदमा संलग्न हुन नपाउने र त्यस्तो अवस्थामा रहेका (पार्टीमा रहेका) हरुले राजिनामा दिएको प्रमाण पेश गर्नुपर्ने उल्लेख थियो । तर त्यसलाई मुख्यगरि स्विजरल्याण्ड, अमेरिका, बेल्जियम, जापान र फ्रान्सका राजनितिक कार्यकर्ताले त्यसलाई लत्याए । राजनितिक पार्टीमापनि रहेर एन आर एन एमापनि पद ओगटे ।

यस अघि नेकपाको प्रवाशी नेपाली एकता मञ्चमा एन आर एन एमा रहेका धेरै ब्यक्तिहरुको नाम समावेश थियो । त्यसपछि एन आर एन एले उक्त परिपत्र जारि गरेको थियो । उक्त परिपत्रलाईसमेत लत्याउँदै माथि उल्लेखित केहि देशका राजनितिक दलका कार्यकर्ताहरु एन आर एन ए को पदमा रहेकाले तिनका बिरुद्द परेको उजुरिमा छानबिन गरिएको थियो । त्यस्तै मध्येमा एन आर एन ए फ्रान्सका महासचिव मिन कुमार श्रेष्ठ, सचिव राजु खप्तडी बस्नेत र कोषाध्यक्ष लाल सोडारीपनि परेका हुन् । अनुशासन समितिमा नेकपाका फ्रान्सस्थित कार्यकर्ता रहेको लिखित रिपोर्ट र समाचारसमेत बुझाइएको छ ।

परिपत्र जारिपछिपनि अनुसन्धान गर्दा केहि ब्यक्ति राजनितिक दलमा रहेर एन आर एन एका बिभिन्न पदमासमेत रहेको प्रमाणपस्चात तिनलाई कारवाहि गर्न लागिएको स्रोतले बतायो ।

एन आर एन एको कार्यकारि समितिको पदमा बस्नु अघि एन आर एन को आचार संहिता पालना गर्छु भन्ने पत्रमा हस्ताक्षर गर्नुपर्छ । त्यसमा कुनैपनि राजनितिक दल, जातिय र धार्मिक संगठनमा आबद्द नभएको भन्ने स्विकार गर्दै आचार संहितामा दस्तखत (स्विकार) गर्नुपर्छ । उनीहरुले एन आर एन एलाई कम आँकेर त्यसमा सहि त गरे तर पार्टी छोडेनन् । आफैंले आचार संहितामा सहि गर्ने र राजनितिक दलमा आबद्द रहेर एन आर एन एको पद लिनु आचार संहिताको उल्लंघन भएको हुँदा त्यस्ता पदाधिकारिमाथि अनुशासन समितिले कारवाहि गर्न सक्छ ।

एन आर एन भन्दै पार्टी कार्यकर्ता रहेको प्रमाण

(नेकपाले आफ्नो आन्तरिक रिपोर्टमा लेखेको प्रवासका पार्टी कार्यकर्ता । दोस्रोमा फ्रान्सका पार्टी कार्यकर्ताको नाम अलग्गै दिइएको हो)

(अनुशासन समितिको कारवाहिको सिफारिसमा परेका एन आर एन ए फ्रान्सका तिन ब्यक्ति-फोटो एन आर एन ए फ्रान्स)

एन आर एन ले फर्वरी ११ का दिन परिपत्र जारि गर्दा पार्टीका कार्यकर्ता रहेका धेरैले पार्टीमा राजिनामा दिएको प्रमाण पेश गरे । केहिले एन आर एन ए छोडेर पार्टीमै लागे । तर एन आर एन ए फ्रान्सका महासचिव मिन कुमार श्रेष्ठ, कोषाध्यक्ष लाल सोडारी र सचिव राजु खप्तडी बस्नेतले फ्रान्सवासी नेपालीलाई  राजिनामा दिएको भनेपनि पार्टी छोडेको प्रमाण केन्द्रलाई दिएनन् । उनीहरुले पार्टी छोडेकै थिएनन् । त्यसैले उनीहरुमाथि भएको उजुरिका आधारमा छानबिन गर्दा पार्टीमा आबद्द रहेको प्रमाण फेला परेको हो ।

आन्तरिक छानबिनको विषय भएकाले यसमा अनुशासन कमिटीका प्रमुख डा अबिका अधिकारीले नेपालप्लसलाई जानकारि दिन चाहेनन् । उनले भने ‘अनुशासन कमिटिको छानबिनका बारेमा बोल्न मिल्दैन ।’

(एन आर एन एको अनुशासन समितिले गर्ने कारवाहिको यस्तो छ ब्यवस्था)

तर नेपालप्लस स्रोतका अनुसार हाल कोरोना भाईरसको महामारी र प्रभावका बेला अनुशासन समितिको कारवाहि बाहिर  आउँदा गलत सन्देश जान सक्ने भएकाले रोकिएको हो । “एन आर एनको पदमा रहेर राजनितिक पार्टीमा आबद्दहरुमाथि कारवाहि हुन्छ । एन आर एन एलाई गैह्र राजनितिक संस्था बनाउन यो अपरिहार्य छ । कोरोना भाईरस महामारीको अवस्था साम्य हुनासाथ अनुशास तोड्नेहरुमाथिको कारवाहि सार्वजनिक हुन्छ ” स्रोतले भन्यो ।

तपाइँको प्रतिक्रिया

फेसबुक