एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्षमाथि भएको कारवाहि केन्द्रिय समितिद्वारा बदर, उपाध्यक्ष भण्डारी स्वत पूनर्स्थापित

एन आर एन ए फ्रान्सले एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर भण्डारीमाथि अनुशासन र गोपनियता भंग गरेको आरोप लगाउँदै गरेको निलम्बन बदर भएको छ । शनिबार एन आर एन ए केन्द्रिय समितिको बैठकले यसलाई बदर गरेको हो । निर्णय बदर भएपनि औपचारिक परिपत्र पठाउन बाँकी रहेकाले खुलेर बताउन नमिले नेपालप्लसलाई एन आर एन ए केन्द्रिय स्रोतले बतायो ।

शनिबार बसेको एन आर एने केन्द्रिय समितिको बैठकमा अष्ट्रिया लगायतका अन्य देशमा बहुमतले मनोमानि ढंगले गरेका कारवाहि र बदरका विषयमापनि छलफल भएको थियो । एन आर एन ए अष्ट्रियाका महासचिव भवानी तिवारीलाई कार्य समितिबाट हटाएको भनिएको कारवाहिपनि बदर भएको छ । तिवारी स्वतह बहालवाला भएका छन् ।

(एनआरएनए फ्रान्सले उपाध्यक्ष अमर भण्डारीलाई गरेको निलम्बन, जुन बदर भयो)

एन आर एन ए केन्द्रिय स्रोतले नेपालप्लससित भन्यो ‘कुनै ब्यक्ति मन नपर्नासाथ कारवाहि, निलम्बन, निष्काशन गर्ने हो भने त एन आर एन ए नै रहन्न, भद्रगोल र मनपरि गर्नेहरुको नाच्ने थलो हुन्छ । एन आर एनको बिधानलेनै यस्तो काम रोक्छ नी ।’

२२ मे २०२० का दिन एन आर एन ए फ्रान्सले एक सूचना जारि गर्दै उपाध्यक्ष अमर भण्डारीलाई निलम्बन गरेको सार्वजनिक गरेको थियो । तर केन्द्रिय समितिको बैठकमा यसमाथि छलफल हुँदा अधिबेशनले मतदान गरेर चुनेको पदाधिकारीलाई यसरि निलम्बन गर्न नमिल्ने निर्णय गएको हो । भण्डारीले कुनै अनुशासन नतोडेको, एन आर एन ए बिरुद्द गम्भिर अपराध गरेको पुष्टि हुन नसकेको निचोड निकाल्दै कारवाहि बदर गरेको हो । यस विषयमा नेपालप्लसले एन आर एन ए केन्द्रिय अध्यक्ष कुमार पन्तसित सम्पर्क गरेको थियो । यस विषयमा चासो राख्दा कुमार पन्तले भने ‘यो स्थानिय स्तरको विषय भएकाले हामीले युरोप क्षेत्रिय समिति र केन्द्रिय महासचिवलाई जिम्मेवारि दिएका छौं’ ।

त्यसपछि नेपालप्लसले फेरि केन्द्रिय महासचिव हेम शर्मासित सम्पर्क गरेको थियो । शर्मासित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । तर नेपालप्लस स्रोतका अनुसार निस्काशनको निर्णय बदर गरिएको छ र केहि दिन भित्रैमा परिपत्र जारि गरिने छ ।

‘एन आर एन ए को केन्द्रिय बिधान अनुसार अधिबेशनबाट निर्वाचित कुनैपनि पदाधिकारीलाई कारवाहि नगर्नु भनि सम्झाईबुझाई गरेर फिर्ता लिन लगाउने हो । तर बिधान बिपरित कसैले काम गर्छ र बिधानको पालना गरेन भने अन्तिममा एन आर एन ए एन सिसि लाइ कारवाहि गर्ने, बदर गर्नेसम्मको अधिकार केन्द्रिय समितिमा रहेको बिधानमा ब्यवस्था छ ।’

एन आर एन ए उपाध्यक्ष भण्डारीको निलम्बन एन आर एन एको कुनैपनि बिधान सम्मत नभएको एक केन्द्रिय पदाधिकारीले बताए । ‘गम्भिर प्रक्रितिको आरोप लागेको भएपनि केन्द्रिय समितिमा उजुरि गरेर र अनुशासन समिति गठन गरि अनुसाधन समितिको सिफारिसमा मात्रै कारवाहि गर्न मिल्छ । ति प्रावधान मिचेको र भण्डारीले गम्भिर गल्ति गरेको केहि नदेखिएकाले त्यो स्वत बदर भएको हो’ ।

यसरि एन आर एन एको बिधान मिच्ने र निर्वाचित पदाधिकारीलाई निलम्बन गर्ने एन आर एन ए फ्रान्सको नेत्रित्वमा नैतिकता भए मूल नेत्रित्व आफैंले राजिनामा दिनुपर्ने हो । किनकि एन आर एन एलाई राम्रोसित हाँक्न नसकेको ज्वलन्त उदाहरण हो यो । बिधान बिपरित काम गरेको प्रमाण हो यो । पद छोड्नै नसकेपनि कम्तिमा आम पन्जिक्रित सदस्य र निलम्बन गर्‍यौं भन्दै सूचना जारि गरेर मानमर्दन गरिएका उपाध्यक्ष अमर भण्डारीसित माफि माग्नुपर्ने हो । तर यो नेत्रित्वको नैतिकता कति छ त्यो भने हेर्न बाँकि छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक