एन आर आर ए फ्रान्सका उपाध्यक्षमाथिको कारवाहि केन्द्रद्वारा बदर, भण्डारीलाई पूनर्स्थापना गर्न निर्देशन

एन आर एन ए फ्रान्सका उपाध्यक्ष अमर भण्डारीमाथि अनुशासन र गोपनियता भंग गरेको आरोप लगाउँदै एन आर एन ए फ्रान्सले गरेको निलम्बन केन्द्रिय समितिले बदर गर्दै पत्र पठाएको छ । जुन ६ मा बसेको एन आर एन ए अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकले यसलाई बदर गरेको हो । निर्णय बदर भएको समाचर नेपालप्लसले यस अघिनै प्रकाशित गरेको थियो । सोमबार अपरान्ह केन्द्रिय महासचिव डा हेमराज शर्माले उक्त औपचारिक पत्र एन आर एन ए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही लाई पठाएका हुन् । उक्त पत्र महासचिव मिन कुमार श्रेष्ठ, आइसिसि सदस्य पान कुमारी मल्ल, युरोप क्षेत्रिय संयोजक नारायण प्रसाद आचार्य, एन आर एन ए अनुशासन समितिका संयोजक अम्बिका अधिकारी र अमर बहादुर भण्डारीलाई बोदार्थ दिइएको छ ।

केन्द्रिय समितिले गरेको निर्णयमा राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष अमर बहादुर भण्डारीलाई अनुशासन समितिको सिफारिसबिना निल्म्बन गरिएको तथा निलम्बन गर्ने औचित्य पुष्टि हुने खालको प्रमाण पेश नगरिएकोले हाललाई श्री भण्डारीलाई उपाध्यक्ष पदमा पूनर्बहाली गर्न राष्ट्रिय समन्वय परिषद फ्रान्सलाई निर्देशन गरिन्छ ।

यो निर्णयबारे जानकारि दिन पठाएको पत्रमा महासचिव डा हेमराज शर्माले लेखेका छन् ‘नरेन्द्रजी, राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष श्री अमर बहादुर भण्डारीलाई राष्ट्रिय समन्वय परिषद फ्रान्सले निलम्बन गरेको सम्वन्धमा मिति ६ जुन २०२० मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय पठाएको छु । यस निर्णयलाई आज नै मिति देखी कार्वान्यन गर्नु हुन अनुरोध छ ।’

उपाध्यक्ष अमर बहादुर भण्डारीमाथि गरिएको कारवाहि केन्द्रिय समितिले बदर गरेको समाचार यस अघि प्रकाशित भएसँगै आइसिसि सदस्य पान कुमारी मल्ल, अध्यक्ष नरेन्द्र मल्ल, महासचिव मिन कुमार श्रेष्ठ,  लगायतका पदाधिकारी र केहि स्वघोषित पत्रकारहरुले नेपाल पत्रकार महा संघ युरोप शाखाले आयोजना गरेको सामाजिक सन्जालको एक प्रत्यक्ष प्रशारणमा  त्यस्तो निर्णय केन्द्रिय समितिले नगरेको, समाचार झुठा भएको र नेपालप्लसले अफवाह फैलाएको भन्दै भन्दै आक्रोश पोखेका थिए ।

अन्य देशका बिवादपनि समाधान

गैह्रआवासीय नेपाली संघका अनुसार संघका अनुसार गैरआवासीय नेपाली संघ माल्टाका पदाधिकारीको राजीनामा स्वीकृत गर्दै त्यहाँ संघको नयाँ राष्ट्रिय समिति गठनको प्रकृया अगाडी बढाउन महासचिव डा। हेम राज शर्मालाई जिम्मेवारी दिएको छ ।

यस्तै संघको अष्ट्रिया राष्ट्रिय समितिमा लामो समय देखि भएको विवाद मिलाउन केन्द्रले ६ बुँदे रोडम्याप तोकेको छ । त्यस्तै, बैठकले गैरआवासीय नेपाली संघ ईजरायलको अध्यक्षको राजीनामा स्वीकृत गर्दै अर्को अध्यक्ष तोक्ने अधिकार राष्ट्रिय समितिलाई दिने निर्णय गरेको नेपाल ब्रिटेन डट कमले उल्लेख गरेको छ ।

योपनि हेर्नुस्

एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्षमाथि भएको कारवाहि केन्द्रिय समितिद्वारा बदर, उपाध्यक्ष भण्डारी स्वत पूनर्स्थापित

बिधान बिपरित एन आर एन ए फ्रान्सद्वारा उपाध्यक्ष निलम्बित, चौतर्फि बिवाद

तपाइँको प्रतिक्रिया

फेसबुक