जर्मनीमा फेरि कोरोना फैलियो, हजारौं लकडाउनमा

सुरक्षित ठानेर लकडाउन खोलिएको जर्मनीमा फेरि कोरोना भाईरसको संक्रमण फैलिएको छ । कोरोना भाईरस अकस्मात फैलिएपछि जर्मनीका दुई नगरपालिकालाई पूर्णरुपमा लकडाउनमा राखिएको छ ।

जर्मनीको एक बधशालामा काम गर्ने एक हजार पाँच सयमा कोरोना भाईरस फैलिएको हो । ति सबै कर्मचारीले कोरोना भाईरस परिक्षण गरेका थिए । उत्तर राइन-वेस्टफालियाका दुई नगरपालिकाहरूले आफ्नो पूरै जनसंख्यालाई पुन: लकडाउन गर्ने आदेश दिएका छन् । कुल सात हजार व्यक्तिहरुलाई क्वारेन्टाइन्ड गरिएको फ्रान्स २४ को न्युजमा उल्लेख गरिएको छ । फँस २४ का अनुसार ति कर्मचारी मध्ये २० भन्दा बढि अस्पतालमा भर्ना छन् । यो घटनाले बधशालामा काम गर्ने कर्मचारी सुरक्षित नभएको, बधशालाको स्तर गतिलो नभएको भन्ने प्रश्न उठेको छ ।

जर्मनीका लागि यो डरलाग्दो परिदृश्य हो । यसले दुई जर्मन क्यान्टनहरूबाट अन्यत्र फैलिनसक्ने त्रास बढाएको छ । कोविड १९ फैलिएपछि कहाँबाट शुरु भयो भन्ने खोजिएको थियो । त्यसपछि उत्तर पश्चिम जर्मनीको उत्तर राइन-वेस्टफालियाका दुई नगरपालिकाहरू फेला परेका थिए । जुन महिनाको २३ तारिखसम्म पुन: लकडाउन गर्नुपर्ने निर्णय गरिएको छ । गुतेन्स्लोथ र छिमेकी शहर वारन्डोर्फमा जुन महिनाको ३० सम्म पूर्ण लकडाउन लागू हुनेछ ।

यो लकडाउनसँगै बार, संग्रहालय, ग्यालरी, सिनेमाघर, खेलकुद हल, व्यायामशाला र स्विमिंग पूल बन्द हुनेछ । पिकनिक गर्न निषेधित छ । लकडाउनले गुतेन्स्लोथमा तिन लाख ६० हजार र वारेन्डर्फमा दुई लाख ८० हजार नागरिक प्रभावित हुने छन् ।

“यो नराम्रो खबर हो। हामी आफैंलाई पुन: लकडाउनमा राख्न चाहँदैनौं । तर यो निर्णय गर्नु हाम्रो हातको कुरो होइन” एक नागरिकले फँस २४ सित भने ।

“मलाई लाग्छ कि यो सबैको लागि गाह्रो अवस्था हो । जब हामीले थोरै स्वतन्त्रता पाउँछौं तब हामी फेरि रमाइलो गर्न थाल्छौं । भिडभाड गर्छौं र सबै कुरा फेरि सुरक्षाका उपायको अनादार गर्छौं र हामीले फेरि फेरि दुख पाउनुपर्छ” अर्का एक नागरिकले पस्चाताप गरे ।

बधशालामा काम गरेका एक हजार पाँच सयमा कोरोना भाईरस संक्रमण भएको किटान भएपछि गम्भिर समस्या निम्तिन सक्ने बताइएको छ । यो जर्मनीको सबैभन्दा ठूलो मासु प्याकिङ गरिने बधशाला हो ।  त्यहाँ कार्यरत कामदारका केहि नाता र परिवारमापनि कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।  ति मध्ये मासु प्याक गर्ने कम्पनीसित कुनै सरोकार नभएका २४ जना छन् ।  कूल सात हजारलाई क्वारेन्टाईनमा राखिएको छ ।

रिन वेस्टफालियाका प्रमुख आर्मिन लासेटका अनुसार अहिले क्वारेन्टाईनमा राख्नुको मूल उद्देश्य कोरोना भाईरसको फैलिँदो अवस्थालाई शान्त गर्नु, स्क्रिन परिक्षण गर्नु,  बधशाला बाहिरका नागरिकमा कोरोना भाईरस कुन हदसम्म फैलियो भनेर जानकारि लिनु र क्यान्टोनका कति जनामा फैलेको हुनसक्छ भनेर जान्नु हो ।

संक्रमणका कारण लकडाउन गर्नु परेको र स्थिति सामान्य बनेपछि लकडाउनलाई खुला गरिने उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक