बेलायतमा अड्किएका १४६ नेपालीलाई नेपाल फर्काईयो

कोरोना महामारीका कारण बेलायतमा अडकिएका एक सय ४६ जना  नेपाली गैर आवाशिय नेपाली संघको पहलमा बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत चार महिनादेखि नेपाल जान पाएका थिएनन् । एक सय ४६ जना नेपाली लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले विमानस्थलबाट जानकारी दिएको संघका अभियन्ता राम शरण सिंखडाले नेपालप्लसलाई बताए ।

बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतको टोली विमानस्थलबाट बिदाई गरेको थियो ।

उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको थियो । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको सिंखडाले जानकारि दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक