स्वास्थ्य क्षेत्र सुधार्न छ अर्ब युरो छुट्याउँदापनि स्वास्थ्यकर्मी असन्तुष्ट, फेरि आन्दोलन घोषणा

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभियर भेरँले सार्वजनिक अस्पताल र नर्सिङ होमहरूमा हेरचाह गर्नेहरूको तलब बढाउन निजी क्षेत्रमा छ अर्ब युरो प्रस्ताव गरेका छन् । तर मजदूर युनियन र स्वास्थ्य क्षेत्रका अधिकारीहरुले यो अपुग रहेको भन्दै आलोचना गरेका छन् ।

सेगुर दे ला सँते (स्वास्थ्य क्षेत्र सुधारको न्युनतम सुधार) कालागि यो पहिलो प्रस्ताब भएको स्वास्थ्य मन्त्रीले घोषणा गरेका छन् । उनले सार्वजनिक अस्पताल र नर्सिङ होमहरूमा हेरचाह गर्नेहरूको तलब वृद्धि गर्न निजि क्षेत्रलाईपनि सामेल गर्ने बताएका छन् ।

हप्तौंको परामर्शपछि युनियनहरुले के थाहा पाए भने यो बढाउने भनिएको रकम डाक्टरहरुलाईसमेत समेटेर हो । युनियनहरुले डाक्टरहरुकालागि छुट्टै रकम बढाउनुपर्ने माग गरेका छन् । अस्पतालहरुमा काम गर्ने अन्य कर्मचारीहरुको तलब बढाउनुपर्ने माग उनीहरुले गरेका छन् । त्यस्तै, अस्पताल र ब्रिद्दब्रिद्दा बस्ने घर (ईपाद) का कर्मचारीकोपनि सेवासुबिधा र तलब बढाउनुपर्ने माग उनीहरुको छ ।

शुक्रबार अघिल्लो बैठकमा पेश गरिएको मस्यौदा सम्झौता अनुसार यो लक्षित बृद्धि रकमले खास गरी नर्स, नर्सिङ सहायक र चिकित्साक्षेत्रका प्राविधिकहरु, प्रयोगशालाका प्राविधिक, रेडियोलोजीका कर्मचारीहरुलाई चिन्तित पार्ने छ । किनभने भेरँले सार्वजनिक गरेको रकमले ति क्षेत्रलाई स्पष्ठसित समेटेको छैन ।

कर्मचारी युनियनहरुलाई दिएको प्रस्तावमा सार्वजनिक क्षेत्रको ज्यालामा सामान्य वृद्धि हुने मिति जुलाई १ भनिएको छ । तर सार्वजनिक क्षेत्रका लाखौं स्थायी वा ठेक्कामा काम गर्नेहरुले यो फाईदा लिने गरि स्पष्ठ खुलाइएको छैन ।

छ अर्ब भनेर तोकिएको रकम महत्वपूर्ण भएको फेडेरेसन अफ हस्पिटल्स अफ फ्रान्सले उल्लेख गरेको छ । साँढे पाँच अर्ब युरो ब्यवस्थापनकोलागि छुट्याइएको छ । तर त्यो रकम सार्वजनिक क्षेत्रको लागि मात्र छुट्याएको उल्लेख गरिएकाले निजि क्षेत्रको स्वास्थ्य क्षेत्रका कर्मचारीहरु सशंकित छन् । यस बारेमा स्वास्थ्य क्षेत्रका कर्मचारी र युनियनहरुले वार्ता गर्ने बताएका छन् ।

निजि होस वा सरकारी सार्वजनिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वास्थ्य क्षेत्रका कर्मचारीको मासिक तलब कम्तिमा तिन सय युरो बढाउनु पर्ने माग स्वास्थ्य संवन्धि युनियनहरुले गरेका छन् । तर स्वास्थ्य मन्त्रीले प्रस्ताब गरेको साँढे पाँच अर्व युरोले त्यसको संवोधन नगरेको भनाई युनियनहरुको छ ।

जुन १६ मा स्वास्थ्यकर्मीहरुले आफ्ना माग अगाडि सार्न फ्रान्सभरि हजारौं प्रदर्शनकारीहरूलाई भेला गरेको थियो । फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सीजीटी, एफओ, एसयूडी, युन्सा र अस्पताल र आपतकालिन अस्पतालका केयरगिभर्स समूहलाई आगामी ३० जुनमा प्रदर्शनकालागि फेरि आव्हान गरेको छ ।

जुन ३० का दिन डाक्टरहरुलेपनि प्रदर्शन गर्न आव्हान गरेका छन् । उनीहरुलेपनि आफ्नो मासिक तलब, सेवा र सुविधा बढाउनुपर्ने माग गरेका छन् । डाक्टरहरुको तलब ब्रिद्दि गर्न सात अर्ब युरो लाग्ने बताइएको छ ।

कोरोना भाईरसको असरले युरोपभरि आर्थिक संकट परेको छ । त्यसैले फ्रान्सको आर्थिक अवस्थापनि गिरेको छ । सरकारसित बजेटको अभाव रहेको सरकारी भनाई छ । तर निजि, सरकारी र अन्य क्षेत्रबाट निरन्तर लगानी र माग बढ्दा त्यसलाई संवोधन गर्न नसकेर फ्रान्समा नयाँ संकट देखिने संकेतहरु देखापर्दै गएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक