तिन महिनापछि उड्ने पहिलो विमानलाई “पानी तोपले सलामी”

नेपालमा नयाँ हेलिकोप्टर वा विमान पहिलो पटक उडाउँदा बोका काटेर पूजा गर्ने चलन छ । यता फ्रान्समा भने तिन महिना कोरोना भाईरसको लकडाउनमा परेर बन्द गरिएको विमानस्थल खुलेपछि पहिलो पटक उड्ने विमानलाई “पानी तोपको सलामी” दिईएको छ ।

कोरोना भाईरस (कोभिड -१९) को संक्रमणपछि फ्रान्सको ओर्ली विमानस्थललाई कोरोना भाईरसका विरामीहरु राख्ने, त्यहाँका केहि ठाउँलाई लास घर बनाउने, अन्यत्रबाट ल्याइएका विरामीहरु ओसार्ने र पठाउने थलोका रुपमा प्रयोग गरिएको थियो । तर कोरोना भाईरसको संक्रमण साम्य भएपछि ओर्ली विमानस्थल सामान्य अवस्थामा फर्कियो । त्यहाँबाट यहि हप्ता पहिलो उडान गर्ने थ्रान्साभिया विमानलाई वाटर जेट (पानीका फोहोरा) ले स्वागत गरिएको हो ।

थ्रान्साभियाको यो विमान पेरिसको ओर्ली विमानस्थलबाट पोर्चुगलको पोर्तो शहर उड्न रनवेमा तयार हुँदा अग्नी नियन्त्रकहरुले विमानलाई अगाडि र पछाडीबाट पानीका फोहोरा हानेर नुहाइदिएका थिए ।

तिन महिनासम्म कोरोना भाईरसको संक्रमणका कारण विमानस्थल बन्द भएपछि गएको शुक्रबारबाट पेरिसस्थित ओर्ली विमानस्थल खुलेको थियो । त्यहाँबाट थ्रान्साभिया विमान पहिलो पटक पोर्तो जान उड्न लागेको थियो ।

लो कस्ट कम्पनी (सस्तो भाडा दरमा यात्रु उडाउने विमान कंपनी) को जहाज विहान ६ २५ बजे ओर्ली विमानस्थलबाट उड्न लागेको थियो । त्यहि बेला अग्नी नियन्त्रकहरुले विमानको दुई तर्फबाट पानीको तोपले सलामी दिए । लामो समयपछि पहिलो विमान उडाउन फेरि सक्षम भएकोमा ‘पानी तोपको सलामी’ समारोह भनेर खुशियाली मनाएका थिए ।

गत तिन महिनादेखि सबै ब्यापारिक उडान गर्ने सबैजसो विमानहरु पेरिसको उत्तरमा रहेको चार्ल्स्द द गोल विमनस्थलको एकातिर पार्किङ गरेर राखिएका छन् ।  उनीहरुले पार्किङ भाडा सस्तो खोज्न एकातिर कुनामा पार्किङ गरेका हुन् ।

कोरोना लकडाउनपछि शुक्रबार ओर्ली विमानस्थलबाट लगभग ७० वटा विमान उडे । तर कोरोना भाईरस संक्रमणपछि यो विमानस्थलबाट दिनमा लगभग ६०० वटा विमान उड्ने गरेका थिए ।

हाल यो विमानस्थलबाट दैनिक आठ हजार यात्रु उड्ने अनुमान गरिएको छ । कोरोना संक्राण अघि दैनिक ९० हजार यात्रु उड्ने गरेको फ्रान्स २४ न्युजले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक