सूचनाको हकमाथि प्रधानमन्त्रीको भोटेताल्चा
कहिलेकाहिँ अचम्म लाग्छ, सबैभन्दा विद्वान प्रधानमन्त्री भनिएका बाबुराम भट्टराईको मति भ्रष्ट भएको देखेर । काम र निर्णय देखेर । उनी जे काम गर्छन् आलोचित भैहाल्छन् । जे निर्णय गर्छन् त्यो हत्त पत्त लागू हुन्न । बरु आफ्नै खुर्मुरिन्छन् आफैंले खनेका गौंडामा । आफू मात्रै बदनाम भए त हुने नी ! माओवादी पार्टीलाइ नै बदनाम गराउँदै लगेका छन् ।
देशको सबैभन्दा ठूलो शक्ति र ओहदामा पुगें भनेर उनी अन्धा भएका हुन् की ? कि शक्तिले मैमत्त भएर हो ? दश वर्षसम्म आफैंले लुकि लुकि लेख्ने र पढ्ने गरेका, बोल्न नपाएर हैरान पारिएका थिए उनी । जनताको सूचनामाथि बन्देज लगाएर कांग्रेसी प्रधानमन्त्री शेर बहादुर देउवा र ज्ञानेन्द्रले नेपाललाइ बेइज्जतिको नमूना मुलुक बनाएका थिए । अहिले डाक्टर सापले त्यसैको सिको गर्न नखोजेपनि जनताको सूचनाको अधिकारमाथि ताल्चा ठोक्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन् ।
केपी ओली प्रधानमन्त्री हुने ? छि ! छि ! छि ! छि !
बाँची राखे अनेक नाटक देख्न र सुन्न पाइन्छ । हुँदा हुँदा अब केपी ओली नामको एउटा चाटुकार प्रधानमन्त्री हुने आकांक्षाको खबर सुनिएको छ । आकांक्षा त राख्न पाइन्छ नै । तर आकांक्षा राख्नुका पनि भाँती न हुन्छन् । कसैले भेन्टाका विरुवा रोपेर घिरौंलाको आशा गर्छ भने के भन्ने ? केका अधारमा हुने होला प्रधानमन्त्री ? कसले बनाइदिने होला ?
नेपाली जनताका हरेक परिक्षणमा लोप्पा खाएको ब्यक्तिले कसरि प्रधानमन्त्री हुने आशा गरेको होला ? कसरि सकेको प्रधानमन्त्री हुन्छु भन्नलाई ? प्रधानमन्त्री बन्ने आधार के होला ? एउटा आधार हुन सक्छ भारतीय पुरेतका हातबाट दक्षिणा थापेर बन्ने । नत्र नेपाली जनताका मनबाट त कसरि बन्ने होला ? कसले पत्याउला ?
नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक
गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र जाली देखि नालीका सामानसम्म भारतमाथि भर छ । तर सायद त्यतिखेर भारतमा नभएर हो कि, नेपाल प्रहरीको आधिकारिक पोशाक फ्रान्सबाट लगिएको रहेछ ।
राजा प्रिथ्वी नारायण शाहले सन् १७६९-१७७५ को बिचमा यूरोपेली मोडेलका पोशाक लगेका रहेछन् नेपाल । कलकत्ता भन्सार हुँदै । त्यसलाई फ्रान्सेली सेनाको सहयोगमा हतियार कम्पनीले उत्पादन गर्न थालेछ । सन् १९७० सम्मपनि नेपाल हातहतियारको विकासमा नेपाल यूरोपतिरै भर पर्ने गरेको र त्यसमा फ्रान्सेली सेनाको सहयोग रहेको उल्लेख छ ।
नेपालीको यूरोपस्तरिय न्रित्य प्रतियोगिता पेरिसमा हुँदै
नेपाली एकता समाज, फ्रान्सले यस वर्षको यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२, फ्रान्सको राजधानी पेरिसमा यहि १५ अप्रिल, २०१२ का दिन आयोजना हुँदै छ ।
प्रत्येक वर्ष युरोपका बिभिन्न मूलुकहरुमा आयोजना गरिने भएकोले पनि यस पटक फ्रान्समा हुने कार्यक्रममा युरोपभरिका कलाकार र कलासँग सम्वधित संघसंस्थाहरुको बाक्लो उपस्थिति रहने छ । यो कार्यक्रमले युरोप महादेशमा रहेका नृत्य विधाका प्रतिभाहरुको कदर गर्ने र उनीहरुमा भएको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ । यस कार्यक्रम प्रमूख संयोजक निता श्रेष्ठले नेपाली कला र संस्कृतिको जगेर्ना गरि नेपाली प्रतिभाहरुको कदर गर्ने यस महान कार्यमा हातेमालो गर्न सम्बन्धित सबैसँग अनुरोध समेत गर्नु गरेकि छन् ।
अन्तराष्ट्रियस्तरमा महत्व राख्ने यो कार्यक्रमको मुख्य आयोजक नेपाली एकता समाज, फ्रान्स रहेको छ । कला र संस्कृति सम्बन्धी यस महत्वपूर्ण कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखा; युरो नेपाल कलाकार संघ बेल्जियम, राष्ट्रिय एकता नेपाल, नेदरल्यान्ड र अन्तराष्ट्रिय कलाकार मन्च स्पेन, पोर्तुगल, पोल्यान्ड लगायतका शाखाहरुका साथै जर्मनी, र्इटाली लगाएत युरोपका अन्य बिभिन्न मुलुकमा रहेका संघ संस्थाहरुसमेत सह आयोजकको रुपमा सहभागि हुँदै छन् ।
प्रधानमन्त्रीका योजना त राम्रा तर सफल होला ?
सबैभन्दा बुद्दीजिवी, डाक्टर गरेका, सधैं प्रथमका प्रथम प्रधानमन्त्री भट्टराई । हिजो कस्सिएका छन् फेरी नयाँ नेपालको नौलो कार्यक्रम लिएर । (उनले घोषणा गरेको सुशासन र विकास योजना करिब १२८ पेजको छ । त्यसैले त्यो हेर्न यहाँ क्लिक गरेर डा बाबुराम भट्टराईको वेभ साईटमा जानुस त्यहाँ दाहिनेतिर रहेको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना र सुशासन कार्ययोजना, २०६८ मा क्लिक गरेर डाउनलोड गर्नुहोला) योजना हेर्दा नराम्रा छैनन् ।
काठमाण्डौ –तराई मधेस दु्रतमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने, मध्य पहाडी लोकमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने,भैरहवा र पोखरा विमानस्थलः क्षेत्रीय विमानस्थलमा विकसित गर्न स्तरोन्नतिको कार्य यसै आर्थिक वर्षमा शुरु गर्ने र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गर्न विशेष पहल गर्ने । बुढीगण्डकी जलविद्युत आयोजनाको एक वर्षभित्र डिपिआर सम्पन्न गर्ने तथा पश्चिम सेती जलविद्यु्त आयोजनाको निर्माण कार्य शुरु गर्ने । तामाकोशी जलविद्युत आयोजना निर्माण कार्यलाई निरन्तरता दिई तोकिएको समयभित्रै सम्पन्न गर्ने लगायत के के छन् के के नयाँ योजना । तर सरकारको काम गराइको पारा, मन्त्रीहरुको ह्याउ, उनको आफ्नै पार्टीभित्रको बेमेल र झैझगडा हेर्दा यस्तो योजना के संभव छ ?
कार्यकर्ता भाडा तिर्न नसकेर लुक्दै हिँड्ने, अध्यक्ष शामान्ति महलमा
क्रान्तिकारी बिध्यार्थी संगठनका पूर्व अध्यक्ष तथा माओवादी यूवा नेता लेखनाथ न्यौपाने आफ्नो फेसबूकमा लेख्छन्-
कोठा भाडा तिर्न नसकेर कोठा थन्किएको छ । साँच्चैको सर्वहारा भइयो । माओवादी सबैको यस्तै भए त ठीकै थियो तर कतिपय धन कुबेर बनिसकेको हल्ला बाक्लो छ । कस्तो बेमेल ? !
हेर्नुस् त, सँगै गाउँ ठाउँ हिँडेका, मिठो मसिनो खाएका, बाँडिचुँडी बसेका र देश र समाज बदल्ने कसम खाएकाहरु । समाजलाई जहाँको तहिँ राखेर एक थरी १० करोड मूल्यको दरबारमा सर्ने भए । पार्टीका हरेक निर्देशन भूइँमा झर्न नपाउँदै त्यसलाई लागू गर्न युद्द मैदान वा हरेक मोर्चामा कस्सिने लेखनाथ न्यौपानेहरु आज घरभाडा तिर्न नसकेर भाग्दै हिँड्नुपर्ने । घरबेटीका आँखाबाट छलिँदै बाँच्नुपर्ने ।
प्रचण्ड / माओवादी अपारदर्शी हुनुको नियत के ?
● लुना / बेल्जियम
सिधा सोझो र ब्यबहारिक रुपले न्युट्रल भएर भन्नु पर्दा मासिक भाडा एक डेढ लाख पर्ने घर माबोबादिका अध्यक्ष जस्ता पार्टी प्रमुख नेताको निम्ति अनावश्यक हो भनेर तर्क गर्नु कुतर्क नै हो । चाहे उनि सर्वहारा वर्गको नेत्रित्व गर्ने नै किन नहुन् पार्टी प्रमुखको हैसियतले । उनको सुरक्षाको जिम्मेवारीआदिको कारण पनि यो अनाबश्यक छ भनेर भन्नु डाह बाहेक केहि होईन ।
तर ! यति हुँदा हुँदैपनि यदि उनले अर्थात प्रचण्ड र माओवादी पार्टीले स्पष्ठताका साथ जनतालाई सोझो हिसाब किताब नदेखाए / देखाउन नसके अब भने प्रचण्ड लगायत माओवादी पार्टी प्रति जनताले प्रश्न चिन्ह खडा गर्ने छन् ।
मिडिया खबर ( साँघु साप्ताहिक / नागरिक न्युज आदि ) मा आए अनुसार त मासिक लाख भन्दा बढी भाडामा लिईएको भनिएपनि उक्त महल भाडामा नभएर न्युनतम मूल्य देखाई १० करोडमा किनिएको । के यो सत्य होईन ? होईन भने माओवादी पार्टी प्रमुख प्रचण्डजीले यस किसिमका समाचार लेखेर हौवा पिट्ने मिडियालाई शसक्त जबाफ दिन सक्नु पर्यो ! जबाफ मात्रै होईन यसरी जथाभाबी लेख्नेलाई सरकार मार्फत कारवाही गर्न सक्नुपर्यो ।
चिन र भारतले पो सिकाउन थाले हाम्रा नेतालाई कूटनिति
‘भारतसितको संवन्ध राम्रो बनाउनुस’- चिन
‘चिनसँगको संबन्ध राम्रो बनाउनुस’ – भारत
केहि घण्टाकालागि नेपाल आएका चिनियाँ प्रधानमन्त्री बेनले माओवादी प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुझाव दिए भारतसितको संवन्ध असल राख्न । उता भारतको भ्रमणमा पुगेका उपप्रधान तथा ग्रिहमन्त्री विजयकुमार गच्छदारलाई भारतीय प्रधानमन्त्री डा मनमोहन सिंले सुझाव दिएछन् चिनसित सुमधुर संवन्ध कायम गर्न । चिनका प्रधानमन्त्रीले किन माओवादी प्रधानमन्त्री नै रोजे भारत सितको संवन्ध सुमधुर बनाउने सल्लाह दिन ? फेरी उता भारतीय प्रधानमन्त्रीले गच्छदारलाई नै किन रोजे चिनसितको संबन्ध सुमधुर बनाउन ?
विश्व प्रसिद्द पासबानसित समुद्रमाथि भेट
विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटै हिमाल चढेर विश्वकै प्रथम महिला बनेकि । उनीसित भेट्न के सहज हुनु ! गतसाल यस्तै १४ वटा हिमाल चढेका पोर्चुगाली हिमाल आरोही जोआओ गार्सियासित लिस्बोनमा भेटे देखिनै पासाबानलाई भेट्न खोज्दै थिएँ । करिब एक वर्ष पछि बल्ल तल्ल मौका मिल्यो । स्पेनको राजधानीबाट बासकन्ट्री भनिने करिब ६ घण्टा रेलको दूरीमा बस्ने रहिछिन् । म गएँ अन्य नेपाली र अर्का स्पेनिससित अन्तर्वार्ता गर्न बार्सेलोना । संयोग मिलाइयो, उनी बार्सेलोना आउँदै रहिछिन् आफ्नो हिमाल आरोहणबारे अरु देशका हिमालप्रेमी र साहसिक यात्राप्रेमीलाई सुनाउन ।
स्नेपनका नेपालप्रेमी केहिसित अन्तर्वाता गर्ने नेपालको अनुभवबारे । त्यहिँ नेपालका हिमाल चढेर विश्वमा किर्तीमान कायम गरेकि महिला छन् । उनैलाई छुटाएर के मज्जा ? यीनलाई भेट्न पाउने वातावरण नमिलेसम्म जान मन लागेन । यो पटक मियो संयोगले । दिउँसो १ बजे बार्सेलोनाको मिरामार होटेलमा समय दिईन् । मिरामारको अर्थ सामुद्रिक द्रिष्य रहेछ । बार्सेलोना शहरको डाँडामा रहेको होटेल । त्यहाँबाट समुद्रको रसपान छर्लंगसित हुने । वरिपरि जंगल भएको, समुद्रको किनारमा बार्दली हालेर खाना खान, टहलाउन पाइने । विशाल बगैंचा भएको । ओहो, हिमालले त साहसी मान्छेहरुलाई धेरै पो दिने रहेछ झैं लाग्यो । त्यो होटेलको एक रातकै कम्तिमा चार पाँच सय यूरो हुँदो हो ।
जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय
जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्) । जंगली हातीको यस्तो आक्रमण पूर्व झापादेखि पश्चिम महेन्द्र नगर सम्मै खपिरहेका छन् स्थानिय जनताले । मूख्य गरि चारकोसे झाडी वरिपरिको वस्तीमा हात्तीले मान्छे मार्ने, घर भत्काउने र बालीनाली मास्ने गरिरहेको छ ।
तर स्थानिय प्रशासनले भने हात्तीको आक्रमण र क्षतीलाई रोक्ने सजिलो उपाय हुँदाहुँदै पनि झन हात्ती बिच्काउने र उत्तेजित पार्दै आएको छ जसले गर्दा झन बढि क्षती हुने गरेको हो । के छ त हाती आक्रमणबाट बच्ने सजिलो उपाय ?

