कविता : यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान

  • मौलश्री लिम्बू / झापा, हाल- पेराक, मलेसिया

maulshree-limbu

यमलोकका ख्वामित !

मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने

यस अदालतका प्रधानन्यायाधीश

यमराज ज्यू ! 

कसरि बन्यो स्विजरल्याण्डमा नेपालीको ‘गुरुभाई पार्क’ ?

SONY DSC

स्विजरल्याण्ड पुग्नु अघिनै शिव रिजालसित कुराकानी भएको थियो । निराजन श्रेष्ठ, दिपक खतिवडा र एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष संयज मुडभरीले सल्लाह गरेछन्, कहाँ कहाँ कसरि घुमाउने भनेर । एक साँझ शिव रिजालले भने ‘दाई, आज मैले संजय सरलाई भनिसकेको छु । दिपकसितपनि कुरो भएको छ । के गर्नु दिउँसो जागिर खानै परो । त्यसैले दिनभरि सँगै बस्न सकिएन तपाइसित । साँझ गफ गर्नु पर्‍यो ढुक्कले बसेर । के होला ?”

‘गज्जब हुन्छ, हस’ मैले भनें ।

‘बरु कहाँ बस्ने ? बारमा कि एउटा पार्कमा आनन्दले बस्ने ? शान्त हुन्छ, हामी मात्रै बस्ने ।’ फेरि आफैंले भने ” एउटा गुरुभाई पार्क छ । त्यहाँ जाउँ, यस्सो जेनेभा ताल हेर्दै साँझ खानपिन र गफ हाँकम ।” आहा क्यावात शिव जी, तालको छेउमा, टिसर्ट लगाएर, खानपिन । रातका ताराहरुलाई टाउकामाथि साक्षी राखेर ? लु गज्जब भो” मेरो सहमती भयो । 

देश बनाउने ? पहिले सिकौं स्विस जस्तै इमान्दार बन्न

Geneva-13-August-2014 328

स्विजरल्याण्डको नितान्त घुमघाम थियो यो पटक । पहिलो दिनको छुट्टै अनुभव छँदै छ, यो दोस्रो दिनको अनुभव हो । बिजय शर्मा दर्पणले जेनेभा घुमाउन लगे । संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय पुगियो । मानव अधिकार सबैकालागि हुनुपर्छ भन्ने मान्यता र अर्थ राख्ने कुर्सी देख्दानै अचम्म लाग्यो । किनकि अपांगहरुलाई संकेत गर्न भाँच्चिएको विशाल कुर्सी रहेछ राष्ट्र संघ कार्यालय अगाडि । संयुक्त राष्ट्र संघिय उच्च मानवअधिकार आयोगबारे सुन्दै आएको । त्योपनि त्यहिँ देखियो । रेडक्रसका रचनाकार हेनरि ड्युना स्विस नागरिक भएकाले रेडक्रसको कार्यालय त हुने नै भयो ।

चीन हेर्दै, नेपाल सम्झँदै

आनन्दराम पौडेल

anandaram-paudel-33434चीन प्रस्थान गर्नु अघिसम्म यो पङ्क्तिकारसँग चीनको बिषयमा सामान्य र थोरै जानकारी थियो । नेपाल-चाइना मेडिया फोरमको पहल र सिएफपीडी-चाइनाको व्यवस्थापनमा १५ जनाको टोलीले जुन ८ देखि २१ सम्म चाइनाको अध्ययन-भ्रमण गरेको थियो । उक्त भ्रमणबाट प्राप्त अनुभव राष्ट्रनिर्माणको लागि समेत् उपयोगी थिए ।

अतिथिसत्कार चाइनीजहरुको संस्कार नै रहेछ । अतिथिहरुलाइ कत्तिपनि तकलिफ नहोस् भनेर विशेष ख्याल राख्दारहेछन् । यस्तो अतिथिसत्कार मैले नेपालमै भेटिएका जापानिज परिवारमा पाएको थिएँ । नेपालमा तामाङ समुदाय र तिब्बती मूलका नेपालीहरुले गर्ने अतिथिसत्कारलाइ हामी प्रशंसा गर्छौं । तर, चाइनिजहरुको अतिथिसत्कारको संस्कृति देखी-भोगी-अनुभव गरिसकेपछि यस बिषयमा उनीहरुको तुलनामा हामी फिका हुने रहेछौं ।

एउटा राजनितिक समूहले अर्कोलाइ खुइल्याउने भन्दा के गर्न सक्यौं र हामी तमुले ?

राम वहादुर गुरुङ / वेल्जियम

ram-bahadur-gurung-belgium-1212फेसवुकमा मेरा सोल्टी तथा  मित्र होम गुरुङको तमु समाज वेल्जियम सम्वन्धमा लामो लिखतमा व्यक्त भएका कुराहरु पढेपछि मलाइ पनि यस सम्वन्धमा केहि लेख्न मन लागेर उहाँको भनाइहरुमा थपथाप मात्रै गर्छु भन्दा भन्दै लेख्न थालेको थिएँ । तर लामो हुन गइ यस्ले एउटा ससानो लेखको रुपनै धारण गर्न पुग्यो ।

तमु समाज वेल्जियम स्थापना भएको अर्को वर्ष डेढ दशक पुग्छ । साधारणतया  एक दशकमा मात्रै पनि संसारका हरेक वस्तु तथा घटनामा आउने परिवर्तन रुपान्तरित हुने खालको हुन्छ । तर यो संगठनमा साधारण परिवर्तन त भयो रुपान्तरित भने हुन सकेन । हिजो राजतन्त्रकालमा वनेको विधानको प्रस्तावना आज पनि त्यहीं नै छ । यो संगठनमा शुरुका केही वर्ष निक्कै रौनक पनि रह्यो। शायद नयां भएर पनि होला । तर यसका अग्रजहरुले भाषा,धर्म तथा संस्कृती भन्दा अरु विषयलाइ तमु समाजमा समेटन सकेन । राजनीति भित्रिन्छ भन्ने नाममा । त्यसैले यो संधै सांघुरो घेरा भित्र रहँदै आयो । 

पढाइखर्च जुटाउन भारी बोक्दै बालबालिका

गोपाल पोखरेल / उदयपुर   

childrens-carry-loads

जिल्लाको बिकट क्षेत्रमा पर्ने दर्जन बढी गाबिसका अधिकांस बिध्यालयका कक्षा कोठा बुधबार र आइतबार खाली हुन्छन् । बिद्यालय आउने गरिव बालबालिका फलफूल, तरकारी र अन्य भारी बोकेर शहर बजार जाने भएकाले कक्षा कोठा खाली हुने गरेका हुन् ।

कमाई गरेर परिवारमा आर्थिक सहयोग गर्नु पर्ने र आफ्नो बर्षभरिको पढाई खर्च जुटाउनु पर्ने भएकाले बिद्यालय जाने रहर भएरपनि भारी बोक्नुपर्ने बाध्यता उनीहरुको छ । कतिपय बालबालिकाले विरामी बोकेर समेत पढाई खर्चको जोहो गर्ने गरेका छन् । 

सुतेको सिंहदरवार र आशामुखी जनता

सुभाष चन्द्र देवकोटा

writer-iconदेश वाढी पहिरोको चपेटामा नराम्ररी फसेको छ । वाढी र पैरोका कारण कैयौ राजमार्गहरू र बाटाघाटाहरू बन्द भएका छन् । कैयौं गाँउ वस्तीहरू बगेका छन् भने कति डुवानमा परेका छन् । यो विपत्तिमा  थुप्रैले अफ्नो ज्यान गुमार्इसकेकाछन् । जो बाँचेका छन् आफन्त र घरवार गुमाएको पीडाले विक्षिप्त  छन् । साना,साना नानीहरू  अफन्तहरू गुमाएर टुहुरा बनेका छन् । न उनीहरूका खेल्ने साथीहरू छन् न त स्कुल जान स्कुलहरू नै बाँकी छन् । तरार्इ मदेशतिर नदी र खोलामा आएको बाढी तथा नदी कटानले  बिस्थापित हुनेहरूको  संख्या बढ्दो क्रममा छ । धन जनको क्षतिको आंकलन गर्न सक्ने अवस्था छैन । समग्रमा भन्दा वाढी पहिरो र यसले ल्याएको विपत्तिले जनजीवन नै अस्तव्यस्त र त्रसित बनेको छ ।

सामान्य जीवन त जसो तसो चलिरहै कै हुन्छ । यस्तै विपत्तीहरूमा त हो सरकार र आफन्तहरूको सहयोग, टेवा र भरोसा चाहिने । तर सरकार मौन छ, सरकारका हर्ताकर्ता भएकाहरू नीरोको बासुरी बजाउँदै  सिंहदरवारकै हिसाब किताबमा व्यस्थ छन् । वाढी, पहिरो पिडितहरूको कुरा सुन्दा यस्तो लाग्छ, यो देशमा सरकार भन्ने चिज नै छैन । भए पनि वाढी, पहिरोबाट पिडित भै अनाथ बनेकहरूको लागि भने छैन । हाम्रा प्रधानमन्त्रिलार्इ वाढी पहिरोबाट प्रताडित र अफन्त,जायजेथा गुमाएर विक्षिप्त बनेकाहरू , आमा बाबु र अफन्त गुमाएर अश्रय र सहारा विहिन बनेका नानीहरूलार्इ भेटेर उनीहरूको पिडामा आश्वासनको मलम लगाउने सम्मको फूर्सत निस्किएको छैन ।

कोइलीका बचेराको गूँडमै घुसपैठ

1

आफूले भालेसित मस्ति गर्ने । रमाउने, सेक्सको आनन्द लिने । अनि फुल पारिसकेपछि आफूले वचेर नकोरल्ने । सुतुक्क लुकेर अरुनै चराको गूँडमा फुल पारिदिने । आफ्ना बचेरा अरु चरालाई हुर्काउन दिएर आफू सधैं स्वतन्त्र रहने । चराको यस्तो गतिबिधी, अक्किल, दाउ देखेर वैज्ञानिकहरु लामो समयदेखि अचम्म मान्दै आएका थिए । उत्सुक हुन्थे जान्नकालागि । अब भने बैज्ञानिकहरुले पत्ता लगाएका छन् । त्यसरी अर्काको गूँडमा घुसपैठ गरेर पारिएका फुलहरु कोरलिनासाथ वास्तविक माउको बचेराहरुभन्दा छिटो हुर्कने रहेछन् । छक्काएर राखिदिएका फुलबाट कोरलिएका बचेराहरु छिटो हुर्कने, बढ्ने र वास्तविक माउबाट कोरलिएका बचेरालाई म्रित्युको मुखमा पुर्याईदिएर आफू बाँच्ने रहेछन् ।

बाँसको जरामा भरिन्छ चम्पकको कला

गोपाल पोखरेल / उदयपुर

T3

सीप र जाँगर भए पाखोबारीमा त्यसै खेर गइरहेका बाँसका जरा पनि बहुमुल्य बन्नसक्दारहेछन् र त्यसैबाट पनि परिवारको पालनपोषण गर्न सकिने रहेछ । त्रियुगा नगरपालिका १ बोक्सेका चम्पक राई त्यस्तै व्यक्ति हुन्, जसले त्यसै खेर गइरहेका बाँसका जरामा आफ्नो कला भरेर सोचेभन्दा बढी आम्दानी गरिरहेका छन् ।

पैसानै नतिरि सामान लिएर हिँड्न सकिने पसल

Belgium-01-02-August-2014 109

(पसले नभएकाले, त्यहाँ टाँसेर राखेको फलफूलको मूल्य सूची देखाउँदै सोम थनेतजी)

सुनेको हो “सडकमा मूल्य सूचीसहित बिभिन्न सामान राखिदिन्छन् । पसले कोहि हुन्न । सामान लिने, पैसा त्यहिँको टोकरीमा राखिदिने । सामान लिएर भागेपनि कसैको केहि लाग्दैन ।” मैले युरोपका १५, १६ मुलुकदेखि अष्ट्रेलियासम्म घुम्दापनि यस्तो पसल देखेको थिईन । तर यस पटक साईकलमा बेल्जियमदेखि नेदरल्याण्ड्सको यात्रा गर्दा आफ्नै आँखाले देखियो र त्यस्तो पसलको सामान किनेर अनुभवनै लिईयो ।