चुनावी तानातानमा बैध्य बा

mohan_baidhyaबैध्य बा यतिखेर चौतर्फी तानातानमा परेका छन् । निर्वाचन निर्वाचन भनेर जति दलहरु कुर्लिँदै छन् । जति तिनले भनेको निर्वाचन तात्दो छ, उतिनै उनको भाउ बढ्दो छ । निर्वाचनमा सरिक भएर सरकार बनाउँला, पद लिउँला, संबिधान सभाबाट संविधान बनाउँला भन्ने अरु दललाई छ, बैध्य बामा भने त्यो देखिन्न । निर्वाचन हारिएला कि जितिएला, ठूलो दल बनौंला कि नबनौंला भन्ने जति हुटहुटि छ, उनलाई भने वास्तै छैन । रपनि उनी तानातानमा छन् । त्यसो हुनुको कारण बैध्य बाका हातमा यस्तो चाबी छ, त्यसले एमाले, नेपाली कांग्रेस र एकिक्रित नेकपा माओवादीको पासा उल्टिने वा सुल्टिने हुन सक्छ । त्यसैले यि बा तानातानमा परेका छन् । किन होला यि बुढा यस्तरि तानातानमा परेको ? त्यो तानातानमा आआफ्नै दाउ छन् ।

‘हामी बहुमत ल्याउँछौं’ भनेर जतिसुकै उड्डी हाँकेपनि एकिक्रित माओवादीले ल्याउन सक्दैन । एमाले र नेपाली कांग्रेसलेपनि ल्याउनै सक्दैनन् । नेपाली कांग्रेसले लामो समयसम्म सरकार चलाएर देश उँधो गतिमा पुर्‍याएको जनताले अहिल्यै बिर्सिने बेला भएकै छैन । जनताले मत दिउँ दिउँ लाग्ने कुनै काम गरेकै थिएन । केका आधारमा दिने बहुमत ? एमालेको हालत उहि हो । राष्ट्रियतामा उ चुकेको छ । भ्रस्ट, गतिहिन, नितिहिन, एजेन्डाहिन छन् नेता । पार्टीमा मारामार छ । बेमेल छ । बुढा दिशाहिन नेताले पार्टी ओगटेर बसेका छन् । सरकारमा गएका बेला जनतालाई सास्ति दिने बाहेक केहि काम गर्न सकेकै छैन । किन दिने बहुमत ? झन एमालेका धेरै नेता पार्टी छोडेर हिँडेकाले एमालेको हबिगत चौपट छ । नेपाली कांग्रेसकापनि जनजाति पक्षिय धेरैले छोडेकाले उस्तै छ हालत ।

काठमाडौ महानगरको चार करोड स्वाहा पारे एमाओवादी नेताले

sarbottam-dangolकाठमाडौ उपत्यकामा रहेका नेवार समूदायको भाषा, सस्कृति र परम्पराको उत्थान र विकास गर्ने नाममा एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता सर्वोत्तम दास डंगोलले काठमाडौ महानगरपालिकाबाट लिएको ४ करोड रुपैयामा ब्रम्हलुट मच्चाएको खुलेको छ । महानगर पालिकाका प्रशासन प्रमुख महेश काफ्लेले समेत उक्त रकम महानगरबाट निकासा भइसकेको पुष्टि गरेका छन् । तर त्यति ठूलो रासी कहाँ कसरी खर्च भयो त्यो विषयमा भने महानगर वेखबर जतिकै भएको छ । अहिलेसम्म लेखापरिक्षण नगरीनुले पनि चार करोड रुपैया क–कस्को भागशान्तिमा प¥यो त्यो भने खोजीको विषय भएको छ ।

डंगोलको संरक्षणमा रहेको नेवाः जातीय उत्थान कोषले २०६५ असोज ९ गते एक र  २०६६ असार २९ गते ३ करोड रुपैया गरी जम्मा ४ करोड रुपैया महानगरपालिकाबाट निकासा लिएको थियो । उक्त रकम बराबरको फर्जि कामको विवरण बनाएर पेश्की फर्छौट गर्ने तयारी डंगोलले गरे पछि सो घोटाला सार्वजनिक भएको हो ।

बिमान जत्रा भारी बोक्ने क्रिषक

 

OSDED-00000927-001

मानिस मात्रै होइन । धेरै जिवमा हुन्छन् क्रिषक । हाम्रा खेत बारी, उकाली ओराली र खोंचमा कसरि मेहनत गरेर काम गर्छन् क्रिषकहरु ? त्यसैगरि काम गर्छन् किरा जगतका क्रिषकपनि। हाम्रा भरिया दाजुभाईहरु कसरि नाम्लो थाप्लामा राखेर चुइँचुइँ आवाज आउने गरि भारी बोक्छन् ? हो, त्यसैगरि गह्रुंगा भारि बोक्छन् किरापनि । किरा जगतका क्रिषक भनेर चिनिन्छन् कमिला । यिनले यति गह्रुंगो भारि बोक्छन् कि त्यसको अनुपातमा मानिसले भारी बोक्ने हो भने सिंगो बिमाननै ढाडमा बोकेर ठमठम हिँड्नुपर्छ । त्यति गह्रुंगो भारि बोक्छन् कमिलाहरु । अझ अचम्म, लिफ कटर आन्टस् भनिने यि कमिलाले जमिनमुनी क्रिषी फार्मनै बनाएका हुन्छन् । त्यहिँ गोडमेल गर्छन् । त्यहिँ ढुशी र मसिना च्याउ , झ्याउ (फङ्गस) फार्म बनाउँछन् ।  

‘यो बीबीसी नेपाली सेवा हो’

DSCF0358

हरेक दिन यसै भन्दै शुरु हुन्छ बीबीसी नेपाली सेवा । कहाँबाट कस्तो ठाउँबाट आउँदो हो यो ? अवस्यै धेरैलाइ चासो लाग्छ नै यसमा । ७५ वटै जिल्लामा सुनिने । ठूला ठूला खबर दिने । नेपालका प्रधानमन्त्री, दलका नेतालाईपनि सर्वाङ्ग पारेर जनतालाइ सुचना दिन सक्ने हैशियत राख्ने । बेलायतमा रे । कस्तो होला ? विश्वमा सबैभन्दा बिश्वशनिय मानिने मेडिया यहि हो । भलै समाचार छिटो दिनेमा सिएनएनलाई लिईन्छ । हामीलाईपनि चासो थियो, यो बीबीसी सेवा चल्ने ठाउँ कस्तो होला ? यसको तस्विर खिच्न नपाइने रहेछ । सायद तस्विर सुरक्षाको कारणले होला । मैले चाहिँ भगिरथीजीकै अगाडि उभेर क्यामराको फ्ल्यास बन्द गरें । क्यामरा सिधा बनाएर नदेखेझैं गरि झुक्काएर खिचें । गार्डले नदेखोस भनेर । यो काम बीबीसीकै भगिरथजीका अगाडि फत्ते गरें ।

भक्कु सताए नी बेलायती सिमामा

DSCF0262

(दायाँबाट बीबीसी नेपाली सेवाका भगिरथ योगीजी, डाक्टर गोपाल पौडेल, एस ओ ए एस विश्वबिध्यालय, लण्डनका नेपाली बिभागका प्रमुख, प्राध्यापक माईकल हट र म)

सोमबार तोकिएको भन्दा चाँडै चल्यो बस । मौसम ठिकै थियो । चालक जोक्कर रहेछ । खुब हँसाएर ल्यायो सिमासम्म । भनिहाल्यो ‘ आइ एम योर पाईलोट ज्याक । दिस इज ९ नंबर एयर बस अफ युरोलाईन कंपनी, वि ह्याभ फोर हुइल्स टु फ्लाई ।’ शुरुमै यस्तै जोक्कर कुरा गरेर हँसायो । अनि जब फ्रान्स र बेलायतको समुद्री सिमा क्षेत्र जसलाई काले भन्छन्, त्यहाँ आएपछि सबै यात्रु ओर्लिनु पर्ने ।  फ्रान्सेली र बेलायती सिमा नियन्त्रक, जाँचबुझ सुरक्षा अधिकारीको अलग अलग जाँच पास गर्नुपर्ने । फ्रान्सेलीले फटाफट हेरेर छोडे । त्यसपछि बेलायतीको पालो । ओहोहो कति नाटक गर्न जानेका । साँच्चै अनावश्यक दुखनै दिने रहेछन् ।

संस्मरण : मलेशियामा साईकल पेल्दा नक्कली प्रहरीको फन्दामा

सोमना थारु / बेल्जियम

OLYMPUS DIGITAL CAMERAचितवन राष्ट्रिय निकुन्ज भित्रको एक रिसोर्टमा केही वर्ष जागिर खाइयो । मेरो काम भनेको निकुन्ज भित्र पाइने सामान्य जिवजन्तु लगायत मान्छे देख्यो कि झम्टिन आइ हाल्ने जनावर समेत खोजेर पर्यटकलाई देखाउने । काम एकदमै जोखिम । सधैं बाघ ,भालु नभेटिए पनि गैंडा सँग जुध्नु नै जीवन र दैनिकी थियो मेरो ।

त्यही कामको सिलसिलामा युरोप, अमेरिका, अस्ट्रेलिया, एसिया तिरका थुप्रै विदेशिहरु सित मित्रता भयो । एक दिन अचानक फ्रान्सेली साथीहरुको एक समुहको पत्र आयो । पत्र खोलेर हेर्दा निमन्त्रणा रहेछ मलेसिया भ्रमणको । भ्रमणको योजना रहेछ साइकल टुर् गर्दै तमन नेगरा नेशनल पार्क पुग्ने । मलेसिया घुम्ने निमन्त्रणा पाएकोमा एक मनले खुशी पनि लाग्यो । तर त्यो भ्रमणको लागि लाग्ने खर्च कसले व्यहोर्ने ? यो कुराले मलाई चिन्तित बनायो । किनकी म सँग पर्याप्त बजेट थिएन ।

चन्दा उठाएर नेपालका वालवालिका पढाउँदै बेल्जियमका वालवालिका

शेर बहादुर छन्त्याल / बेल्जियम

nisha-gurung-belgiumसडक र पेटीमा, परालका कुनियाँमा दगुर्ने । गट्टा र क्यारेमबोर्ड अनि धुलामा खेलेर समय बिताउनुपर्ने उमेरका वालवालिकाले सामाजिक संस्थानै खोलेर समाजसेवामा जुटेको । आर्थिक सहायता बटुलेर पढ्न नसक्ने आफु जस्तै वालवालिकालाई पढाएको सुन्दा कसले पत्याउने ? तर बेल्जियमका केहि वालवालिकाले यस्तै काम गरेर अभिभावकहरुलाईनै छक्क पारेका छन् । त्यसरि छक्क नपरुनपनि किन ?

भर्भराउँदो उमेरका कतिपय ठिटाठिटीहरु यूरोपमा डिस्कोमा पुठ्ठा हल्लाएरै समय फालेका छन् । स्नूकरका गोटीसँग बाजी मार्दै बरालिएका भेटिन्छन । गँजडीहरुको भिडमा हातेमालो गर्दै लठ्ठिएका छन् । ॐ शिवाय भन्दै चिलिम च्यापेर धुवाँ उडाउनेहरुको जमात पनि नभएको होइन । नेपालमै हुर्किएका युवा पुस्तालाई यहाँको रहनसहन, संस्कृति र भाषामा तालमेल मिलाउन कम्ति मुश्किल छैन । दुईतिरको संस्क्रिति र पद्दतीमा ताल मिलाएर चल्न नसक्दा प्रगतिमा बाधक त पक्कै बन्ने नै भयो । त्यसबाहेक जागिरमा खटिनु र अन्य कामको चापका कारण अबिभावकहरुले आफ्ना नानीहरुलाई प्रशस्त समय दिनै भ्याउँदैनन् । त्यसले गर्दा गलत संगतले सजिलै बिग्रिएका उदाहरण पनि थुप्रै छन । यहाँका किशोर किशोरी । तर त्यसो भन्दैमा सबै किशोर किशोरी, वालवालिकाले त्यहि बाटो समातेको भन्न मिल्दैन । यस्तै अप्ठेरा र कठिनाईका बिचमापनि केहि वालवालिकाले उदाहरिणय काम गरेर देखाएकापनि छन् । त्योपनि आफु बसेको ठाउँकालागि नभएर मात्रिभूमिकालागि ।

आफूलाई मन नपर्ने मेडिया कसरि ठिक ?

आनन्दराम पौडेल   

anandaram-paudel-33434तिन दिन अघिदेखि पत्रकारहरुलाइ सर्वोच्च अदालतमा प्रवेश गर्न रोक लगाइराखेको बिषयमा कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माजीलाइ जानकारी रहेनछ । १७ गते मङ्गलबारदेखि नै सर्वोच्च अदालतले पत्रकारहरुलाइ निषेध गरिरहेको थियो। निषेधको कारण अर्थोक केही थिएन। १७ गतेका दिन न्यायाधीश गिरीशचन्द्र लालको इजलासमा लोकमानसिंह कार्कीको रिटमाथि सुनुवाई हुँदैथियो । इजलासमा रहनुभएका न्यायाधीश गिरिशचन्द्र लालजीको नजर घनश्याम खँड्काजीमाथि प-यो । घनश्याम खँड्काजी कान्तिपुरका पत्रकार हुनुहुन्छ ।

गिरिशचन्द्र लालजीलाइ पटक्कै मननपर्ने टीशर्ट उहाँले लगाउनुभएको रहेछ । न्यायाधीशलाइ मननपर्ने टीशर्ट लगाएर तिनै न्यायाधीशको च्याम्बरमा उनैको सामुन्ने उभिईरहेपछि न्यायाधीशज्यूलाइ खपिसक्नुभएन । उहाँले तत्कालै उक्त पत्रकारलाइ निस्काशन गरिहाल्नुभयो । त्यतिले नपुगेर पत्रकारजति सर्वोच्चका कुनैपनि इजलासमा छिर्न नपाउनेगरी कडा बन्देज लगाइयो । त्यस दिनदेखि पत्रकारहरुलाइ इजलासको छेउछाउसम्म पनि जान दिइएको छैन । 

कथा : अधुरो

किशोर सापकोटा / अमेरिका

kishor-sapkota-usa-2123तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री ।

तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो ।

शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ ।

किन ?

शुभरात्री सन्देश नआउँदासम्म मनमा छटटपटी भइरहन्थ्यो । ती अक्षरहरुले मनको चाहना पुरा हुँदैन भन्ने जान्दा जान्दै पनि अक्षरहरुको प्रतिक्षा हुन्थ्यो । यी शुभकामना सन्देशहरु रोगको निदान थिएनन् । पेनकिलर जस्ता थिए । अर्को दिनसम्मलाई मन शान्त पार्ने ।

के वन्दना र म प्रेमी प्रेमिका भइसकेका थियौ ?

कहाँबाट आयो कामरेड छोरीलाई कार उपहार दिने रकम ?

devendra paudelगएको नयाँ वर्ष तपाईहरुको कस्तो भयो कुन्नी ! घरमैपनि राम्रो सित, अलि खर्च गरेर, तामझामले मनाउन सकेनन् होला धेरै नेपालीले । घनीमानी भनिनेहरुको पनि त्यत्रो तामझाम देखिएन । गरिब जनताको त झन के कुरो गर्ने ? तर सर्वहारावादी नेताको चालमाल, खर्च र नयाँ वर्षको घुमाई देख्नु भो भने तपाई जिब्रो टोक्नुहुन्छ । एकिक्रित नेकपा माओवादीका पोलिटब्युरो सदस्य देबेन्द्र पौडेलले सपरिवार बिदेश गएर नयाँ वर्ष मनाएछन् । अनि आफ्ना छोरा छोरीलाई उपहार दिनु पर्दा के दिनुहुन्छ ? कार किनेर उपहार दिन सक्ने हैशियत कुन स्तरका, कुन वर्गका, कति धनीमानीले सक्छन् ? पौडेलले आफ्नी छोरी गरिमालाई कार उपहार दिएछन् । सर्वहारा पार्टीका नेताले कार किनेर उपहार दिनसक्ने रकम कहाँ बाट आउँछ ?