फोटोमा जिवजन्तु

चिनको छेङ्गुस्थित लोङ्कियाओ टाउनसिप भालु उद्दार केन्द्रमा मुन बेयर भनिने दुई भालु खेल्दै । भालुको पित्तको ब्यापार गर्नका लागि चिनमा खोलिएका भालु पालन केन्द्रका भालुहरु हटाएर पित्तको लागि भालु पालिने केन्द्र बन्द गराउन र भालुको संरक्षण गर्न एनिमल एशियाले यो केन्द्रको स्थापनामा सहयोग गरेको हो । भियतनाम र चिनका भालु पालन केन्द्रबाट ७०० भालुको उद्दर गर्न सो केन्द्रले ति देशसित संझौतामा हस्ताक्षर गरिसकेको छ । परम्परागत औषधीकालागि चिन, कम्बोडिया र भियतनाममा भालुको पित्तको ब्यापार चरम रुपमा हुने गरेको छ । फोटो- वु होङ / इपिए

आधा दर्जनसित छलफलकालागि आइपुगियो बेलायत

स्पेनको यात्रा पछि निक्कै समय लाग्यो नेपाल जाने बुझेका, नेपाललाई वर्षौंदेखि नियालीरहेका, नेपाल र नेपालीलाई माया गर्ने र नेपालका विविध विषयमा अध्ययन अनुसन्धान गरेर नाम र जिवन कमाएकासित अन्तर्वार्ता गर्न । यूरोपमा बेलायत सायद त्यस्तो मुलुक हो जहाँ सबै भन्दा बढि होलान् त्यस्ता पात्र । त्यसपछि बल्ल सायद फ्रान्सेलीहरु पर्लान् । तरपनि के के मिलेको थिएन । अन्तत: यस अघि कहिल्यै नदेखिएका, नचिनिएका, नभेटिएका पत्रकार दाजु शशी पौडेल र बीबीसी नेपाली सेवाका मित्र भगिरथ योगीको प्रयासले यो संभव भयो ।

थर आरोहीको, परिचय धावकको

फ्रान्सको फँसकँते क्षेत्रको ब्लेँसोँ सहरमा साङ्गे शेर्पा, ३१, लाई नचिन्ने फ्रान्सेलीहरू कमै छन्। झन् स्वास्थ्य र शारीरकि विकाससम्बन्धी पत्रपत्रिका र खेलकुदसम्बन्धी संघसंस्थामाझ त उनी चर्चाको शिखरमै छन्। हिमाल आरोहणमा नाम कमाएका शेर्पा समुदायका यिनले प|mान्समा भने दौडमा नाम कमाएका छन्। म्याराथनमा लगातार तीनपटकसम्म अग्रस्थान ओगट्न सफल भएपछि यिनको चर्चा चुलिएको हो। जस्तो ः १९ चैतमा पाँच सय धावकले भाग लिएको ३४.४ किलोमिटरको दौडमा उनी सबैलाई उछिनेर प्रथम भए। त्यसअघि ४ चैतमा चार सय प्रतियोगीले भाग लिएको ५४ किलोमिटरको दौडमा उनी दोस्रो भए। त्यसैगरी, अर्को २२ किलोमिटर लामो दौडमा पनि उनी दोस्रो बनेपछि त प|mान्सेलीहरूले जिब्रै टोके। दौडका एक सहभागीले ‘यो नेपाली केटोसित त नसकिने भो’ सम्म भन्न भ्याएछन्।

बडे कामरेडमाथि सबैका धारे हात

कुनैबेला लौ विश्वमै नौलो सिद्दान्त प्रतिपादन हुने भो प्रचण्डबाट भन्थे । यतै हाइ हाइ उतै हाइ हाइ । सडकमा प्रचण्ड । यातायातमा प्रचण्ड । कुवामा प्रचण्ड । पधेंरामा प्रचण्ड । घरमा प्रचण्ड । सडकमा प्रचण्ड । भित्तामा प्रचण्ड । झण्डामा प्रचण्ड । निधारमा प्रचण्ड । गालामा प्रचण्ड । चौतर्फी प्रचण्ड । चौघेरो प्रचण्ड । तर अहिले सोच्दा यस्तो लाग्छ, हैन त्यो भुतलदेखि आकाशसम्मै एकछत्र छाउने प्रचण्ड अहिले देखिने प्रचण्ड नै हुन् र ? किनभने उतिबेला हाइ हाइ गर्नेहरु अहिले झण्डै सबै जसो चिढिएका छन् । उनको जसरि प्रशंसा गरिन्थ्यो उसैगरि आलोचना गरिन्छ । समय बित्दै अजँदा झन झन दोहोलो काढिँदै छ । हुँदा हुँदा त उहि शक्तिमा पुगेका बाहेक उनीदेखि कोहि खुशि र प्रिय नरहने अवस्था देखिँदै छ ।

लघुकथा : हृदयघात

गीता थापा

उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो ।  त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि अमेरिका पुगेको छ । छोरा सम्झेर कहिलेकाहीँ त जोइपोइको श्वास फुल्छ । गह भरिन्छन् । 

उनी बिहान उठेर चिसो हावा खान निस्किछन् । केहिबेर घुमफिर गर्छन् । घर फर्किँदा उसिनेको फुल र एक गिलास दूध तयार पारिसकेकी हुन्छे श्रीमतीले । खाँदै पत्रिकाको  समाचारमा नजर डुलाउँछन् उनी । र वगैंचामा पस्छन् । फूलमा पानी हाल्छन् । फूल वरपर उम्रिएका झारपात मिल्काउँछन् । उनी सानैदेखि फूलको अतिनै शौखिन हुन् ।

खानपिन सकेर सुत्नु अघि श्रीमतीले भनी “राम्री केटी हेरेर यसपाली छोराको विवाह गर्दिन पाए ! घरको सारा जिम्मेवारी बुहारीलाई सुम्पिएर धर्म-तिर्थको लागि निस्किनु हुन्थ्यो ।” 

“एन आर एनको कार्यशैली पञ्चायतकालिन”

राजाले शासन हत्याएका बेला एन आरएनले बिज्ञप्ती जारी गरेरै प्रजातन्त्रको पक्षमा वकालत गरेको थियो । अहिलेपनि संविधानसुझावका लागि बिज्ञहरुको टोलीमा एन आर एन अध्यक्ष जिवा लामिछाने छानिएका छन् । तर जति काम गरेपनि एन आर एनकै अध्यक्षहरुले त देखेका रहेनछन् । एन आर एनकै कार्यशैली प्रजातान्त्रिक रहेनछ । यत्रा प्रजातान्त्रिक देशमा बस्ने अनि कार्य शैली चाहिँ पञ्चायती शैलीको अपनाउने ? यो मैले लगाएको आरोप र अनुमानका भरमा लेखिएको होइन । एन आर एन फ्रान्सकै अध्यक्षले बकाईदा ईमेल लेखेर लगाएको आरोप हो ।

प्रसंग चाहिँ गत अप्रिल १५ मा पेरिसमा भएको यूरोपस्तरिय एकल न्रित्य प्रतियोगिताको सन्दर्भमा लेखिएको हो । एन आर एन फ्रान्सका अध्यक्ष निर्मल अर्यालले उक्त कार्यक्रमको बिरोध गर्दै लेखेको ईमेल अन्य देशका एन आर का प्रतिनिधीलाई पठाइएको थियो । यसबारे मैले केहि समय अघि लेखेको लेखमा उठाएको थिएँ । तर धेरै साथीहरुले त्यसमा के लेखेको थियो ? ईमेल लेखेकै होइन, तपाइसित त्यो मेल नै छैन । भए ल देखाउनुस् त भनेर चुनौति दिने र जिज्ञासा राखेको राख्यै गरेपछि आज उक्त ईमेल राखिदिन खोजेको हुँ ।

छिमेकि मुलुक बिरुद्द जासुसी गर्नेलाई सि एन एन हिरो बनाउने ? (भिडियो)

हात्तीका देखाउने दाँत (दाह्रा) र चपाउने दाँत भिन्नै हुन्छन् भनिन्छ । बाहिर देखिने ठूलो हुन्छ । तर त्यसले चपाउन्न । भित्रको सानो हुन्छ त्यसैले चपाउने हो । हामीले राष्ट्रिय ब्यक्तित्व भनेर मानेका । सिएनएन हिरोमा नामपनि समेटेका । आँखाको ज्योति गुमाएका हज्जारौंलाई उपाचार गरेर संसार देखाएका । बिदेशीले, छिमेकिलेपनि पत्याएर आफ्ना मुलुकमा बोलाएका । सम्मान दिएका । विश्वास गरेका चिकित्सकले त्यहि विश्वासमा लात हान्दै गुप्तचरी गराउन सहयोग गरेको प्रमाण फेला परेको छ । डा सन्दुक रुइत हुन उनी ।

ताईवान निवासी मेरा एक जना मित्रको मेल पाएपछि त मैले पत्याउनै सकिन । डा सन्दुक रुइतले गुप्तचरी गरेको ? अँहँ हुन सक्दैन । तर भिडियो रिपोर्ट छ । छर्लंगै हेर्न पाइन्छ अनि नपत्याएर के गर्नु ?

उनी नेपालमा हाइ हाइका पात्र त हुन् नै । दया, माया, उपकारी र एक समाजसेवीका रुपमापनि उपल्लो दर्जामा छन् । जनजनको मनमा बसेका । उनले उपचार गरेर द्रिष्टि दिएका हजारौंको आशिर्वाद पाएका । विश्वलाई चकित पार्ने चिकित्सकिय अक्किल आफैंले निकालेर विश्वमै नाम कमाएका । आफूसँगै देशको ईज्जत र प्रतिष्ठा राखेका । तर यस्तो मान्छेले किन र केकालागि त्यो विश्वासमा लात हान्दै गुप्तचरी गरेको होला ? गुप्तचरीनै गरेकाकि अमेरिकाको प्रिय बन्न खोजेका ?

कविता : प्रवृति

विध्या सापकोटा

देखेको थें, ठूलो ढुङ्गा
कंक्रिड बन्दै रहेछ
परस्पर फूल,पात र काँडा
नजर जुध्दो रहेछ
पग्लँदैथे युगल जोडी
प्रेम त बग्दो रहेछ

एमालेका बयालिसे हो, तिम्रा खुट्टा ढोंडका कि हाड र छालाका ?

पिपलपाते एमाले नेत्रित्व । चमेरो जस्तो । आफ्नो कुनै अडान छैन । जता काफल पाक्यो उतै एमाले चरी छमछम नाच्ने गर्छ । नीति एकथोक छ काम अर्कै थोक । एमालेले न लेखेको आदर गर्छ । न बोलेको ख्याल गर्छ । न जनताको आकांक्षा के छ बुझ्छ । न देशलाई के कसरि निकास दिन सकिन्छ भन्ने हेक्का राख्छ । न कांग्रेसलाई निकट पार्छ न त माओवादीलाई खुशि पार्न सक्छ । उसको काम भनेको गोलमडोल बोल्ने । समय परिस्थिति अनुसार जतिखेर जे बोल्नुपर्छ बोल्ने । पार्टीको दस्ताबेजमा जेसुकै होस् । संविधान सभाको निर्वाचनमा एमालेले जनतालाई भन्यो “हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने र संसदवाट छनौट गरिने आलङकारिक राष्ट्रपतीका पक्षमा”। तर अहिले ति दुईबिच शक्ति बाँडेर मिश्रती बनाउने रे । हेर एमालेको घोषणा !

आफ्नो चुनावी घोषणामा त्यहि फलाक्दैमत लियो । तर अहिले घरि माओवादीतिर फर्केर खुट्टो उचाल्दा घरी कांग्रेसतिर फर्केर साउती मार्दा मिश्रती ब्यवस्थामा ल्याप्चे ठोक्यो । जनताले मत हालेर जिताउने कार्यकारी प्रमुखमा अडान लिन सकेन । तर जिउँदै रहेछन् है एमालेमापनि केहि त । ४२ भाइ सभासद निस्किएर एमालेको चमेरे नेत्रित्वलाई चुनौति दिएका छन्, खबरदार पाइन्न पार्टी अडान छोड्न र जनताको मतलाई कुल्चिन भन्दै । तिनलाई स्यावासी दिनै पर्छ ।

जातिय पहिचान भन्नासाथ बाहुन क्षेत्रीलाई लखेट्ने हो र ?

के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन । धम्की, जबर्जस्ति, बन्द, हडताल, चलखेल, षडयन्त्र, धमिलोपानीमा माछा छोप्ने, यथास्थितिमा राख्ने । यी सबै चलखेल जारी छन् । तर अचम्म लाग्दो कुरो के छ भने जातिय राज्य, जातिय पहिचान सहितको संघिय राज्य, जनजातिलाई अधिकार, सांस्क्रितिक पहिचानसहितको राज्य भन्नासाथ ठूला ठूला बिद्वान भनाउँदामापनि भ्रम देखिन्छ । देश हाँक्ने भनेका राजनितिक दल र तिनका नेतामापनि चेतना र सहि ढंगको बुझाइ देखिन्न । वा तिनले देशलाई यथास्थितिमा राख्न यस्तो नाटक पो गरेका हुन् कि ?

पूर्वमा राई र लिम्बुहरुको बहुमत छ । त्यहाँ लिम्बुवान राज्य बनाउनु को अर्थ लिम्बु र राईहरुको एक छत्र रजाई चल्छ । तिनले झापा काण्डमा झैं बाहुन क्षेत्रीका टाउको गिंड्छन् । अरु जात र जातिलाई खेद्छन् । अरुका भाषा बोल्यो कि धुषवाणले हान्छन् । राई लिम्बु भाषा बोल्न बाध्य हुनुपर्छ । तिनैको चाड मान्नुपर्छ । यस्तै बुझिरहेका छन् धेरैले । त्यहि अनुसार हौवा फिँजाइरहेका छन्, लौ जातिय राज्य भो भने अरु जात जातिलाई लखेट्छन् । यो हौवामा अलिकति हावा भर्ने काम केले गरेको छ भने मधेशीहरुले एक पटक शुरु गरेको पहाडे खेद अभियानले । तर यो बास्तवमै हौवा बाहेक केहि होइन ।

जुन ठाउँ