बिहीबार, वैशाख १३, २०८१

कोरोना संक्रमण बढेपनि स्विजरल्याण्डमा हजारभन्दा बढिको जुलुस गर्न दिईने

नेपालप्लस न्युज डेस्क२०७७ साउन २९ गते १३:१३

हरेक दिन कोरोना भाईरस फेरि बढ्दो छ । धेरै देशले कोरोना संक्रमण रोक्ने उपाय अपनाईरहेका छन् । भएका नाट्यघर, सिनेमा हल र ब्यायाम केन्द्रहरु बन्द गरिरहेका छन् । मास्क अनिवार्य गराएका छन् । तर स्विजरल्याण्डले भने आगामी अक्टोबर महिनादेखि मास गेदरिङ अर्थात् आमसभा, जुलुस निकाल्न पाइने निर्णय गरेको छ । एक हजार भन्दा बढि मानिस भेला हुन पाइने निर्णय गरेपछि केहि युरोपेली देशहरुले स्विजरल्याण्डको आलोचना शुरु गरिसकेका छन् ।

स्विट्जरल्याण्डले अक्टुबरको शुरूदेखि १,००० भन्दा बढी व्यक्तिको ठूलो स्तरको सार्वजनिक कार्यक्रमहरू अधिकारिक बनाउने निर्णय गरेको हो । खेलकुद, कन्सर्ट र अन्य कार्यक्रमहरूले कोरोना भाइरसको खतरासँग लड्न विशेष उपायहरूको पालना भने गर्नुपर्ने छ । त्यस्ता क्षेत्र खुला गर्न इजाजत लिनकोलागि क्यायान्टनहरूमा आबेदन दिनुपर्ने छ ।

ठूला कार्यक्रम आयोजना गर्न फेब्रुअरी २८ देखि प्रतिबन्धित छ । यो नियम यस महिनाको अन्त्यसम्म लागू भएको थियो । तर अब सेप्टेम्बरको अन्त्यसम्म बढाइएको छ । स्विजरल्याण्डको विकेन्द्रीकृत प्रणालीमा व्यापक स्वायत्तता रहेको २८ वटा क्यान्टनहरूलाई अब यस्तो निर्णय गर्न पाउने ब्यवस्था गरिएको हो ।

अब अक्टोबर १ देखि उनीहरूले आधारभूत सरसफाइ र सामाजिक दूरीको उपायहरू पूरा गरेर एक हजार भन्दापनि बढिको जमघट गर्न पाइने सरकारले बुधबार घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठन र सरकारको विज्ञान टास्क फोर्सको सिफारिसमा आधारित थप दिशानिर्देश पछि घोषित गरिने समाचारमा उल्लेख छ ।

“हामी संघीय अधिकारीहरू र क्यान्टोनहरूको बिच सहकार्य बढाउन चाहन्छौं । तर परिस्थितिको आधारमा नियम अनुकूल गर्न लचिलो रहन चाहन्छौं,” राष्ट्रपति सिमोनेटा सोममारगाले एक पत्रकार सम्मेलनमा भनेको न्युज २४ ले जनाएको छ ।

(फोटो- स्विस इन्फो डट सिएच)

तपाइँको प्रतिक्रिया