बिहीबार, वैशाख १३, २०८१

बेलारुसमा सरकार बिरोधी प्रदर्शन जारी, हिंसा भड्किने आशंका

नेपालप्लस न्युज डेस्क२०७७ साउन ३२ गते १६:०८

बेलारुसका राष्टपति अलेक्जान्डर लुकासेन्कोले डेडहप्ता अघि भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी परिणाम आफ्नो पक्षमा पारेको भन्दै बिपक्षीहरुले राजाधानी मिन्स्कका सडकहरु र राष्ट्रपती कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन । २६ बर्ष देखि राष्ट्रपती लुकासेन्कोको एकछत्र शासन चलिरहेको बेलारुसमा मानिसहरु लोकतन्त्रको माग गर्दै सडकमा उत्रिएका हुन । राजधानी मिन्स्कमा नाराबाजी चलिरहेको छ ।

गत मंगलबार प्रहरिको गोलीबाट दुइजना प्रदर्शंनकारीको मृत्‍यु भएपछी अझ हिंसा भड्किन सक्ने आशंका गरिएको छ र शोकमा रहेका प्रदर्शनकारीहरुले मारिएका आफ्ना कार्यकर्ताको सम्मानमा श्रद्धाका स्वरुप फूलहरु चढाइरहेकाछन् । उनिहरुले युरोपको अन्तिम तानाशाहको अन्त्यको दिन आइसक्यो भन्दै सरकारी भवन बाहिर उपस्थित भएर चर्का नारा लगाइरहेको समाचारहरुमा उल्लेख गरिएको छ । बिपक्षी नेत्री स्वेतलाना तिखानोव्सनाले शान्तिपूर्ण प्रदर्शनका लागि आब्हान गरेकी छन । प्रदर्शनका क्रममा अहिले सम्म दुई जनाको मृत्‍यु भएको छ भने ७ हजार भन्दा बढी पर्दर्शनकारी हरुलाई गिरफ्तार गरिएको छ ।

सोभियत सँघको पतनपछि स्वतन्त्र देशको रुपमा उदाएका धेरै राज्यहरु मध्येको बेलारुस भने सधै रुसको पक्षधर रहँदै आयो । छिमेकी मुलुकहरु पोल्याण्ड, स्टोनिया, लात्भियाले अमेरिकी छातामुनि सुरक्षा अभ्यास गरिरहँदा बेलारुसले भने रुससँग सम्बन्ध बलियो बनायो । राष्टपति लुकासेन्कोले त रुसमा विलय गर्नु उचित हुने प्रस्ताव नै ल्याएका थिए । सन् १९१८मै जर्मनहरुबाट स्वतन्त्र भएर गणतन्त्र बेलारुस बनेको अनुभव भएको यो मुलुक पोल्याण्ड र सोभियतसँघको लडाइँपछि दुई देशतिर विभाजित भएर स्वतन्त्र अस्तित्व रक्षा गर्न असमर्थ भएको थियो ।

अहिले पनि राष्टपति लुकासेन्कोले स्टोनिया र लात्भियाले आन्दोलन मत्थरपार्न मध्यस्थ भूमिका निर्वाह गर्न राखेको प्रस्तावलाई अस्विकार गर्दै पुटिन समक्ष सहयोगको निम्ति आव्हान गरेका छन् । जसमा आवश्यक परे रुसी सेना बेलारुसका सडकहरुमा आउन सक्नेछन् । त्यसले पनि युक्रेनको क्राइमिया कब्जा गरे झैँ बेलारुस कब्जा गर्ने हो कि भन्ने चिन्ता बेलारुसका जनताहरुमा छ । अर्कोतिर बाल्टिक सागरमा सेना उतारेर उत्तर अटलान्टिक सैन्य सँगठन नेटोको अभ्यासमा सामेल पूर्व सोभियत सँघका मुलुकहरु भने बेलारुसको स्थितिलाई नजिकबाट हेरिरहेकाछन् ।

रणनीतिक रुपमा महत्वपूर्ण स्थानमा रहेको बेलारुसमा आफ्नो अधिपत्य गुम्नु रुसीहरुका लागि खतराको घण्टी बज्नु हो भन्ने पुटिन प्रशासनको बुझाइछ । यता अमेरिका, युरोपेली सँघले बेलारुसमाथि नाकाबन्दी अरु थप कडा पारेकाछन् । अगस्ट ९ मा भएको निर्वाचनमा अहिलेका राष्ट्रपतिले ८० प्रतिशत भन्दा बढी मत ल्याएको र विपक्षी उम्मेदवार स्वेतलाना तिखानोव्सनाको १० प्रतिशत आएको बताएपछि बेलारुसको दंगा भड्किँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । राष्टपति लुकासेन्को पनि आमसभाहरु गर्दै हिँडेकाछन् । स्वेतलाना असुरक्षाको कारण देखाएर देश छोडेर हिँडेकी छिन् ।

स्वतन्त्र निर्वाचन पर्यवेक्षकहरुलाई भाग लिन नदिएको सो चुनावमा सत्ताको दुरुपयोग गरेर धाँधली गरिएको एम्नेष्टी इन्टरनेशनलले जनाएकोछ । यदि नेटोको असुरक्षाको कारण देखाएर बेलारुसलाई रुसमा गाभ्ने पुरानो प्रस्ताव दोहोर्याए भने बेलारुसको अस्तित्व नै सकिने हो कि भन्ने भय जनताहरुमा बढिरहेकोछ ।

 

तपाइँको प्रतिक्रिया