शुक्रबार, वैशाख ७, २०८१

मास्क लगाउन अनिवार्य गरेपछि स्पेनमा सरकार बिरोधी प्रदर्शन

नेपाल प्लस२०७७ साउन ३२ गते ८:१६

पछिल्लो समयमा स्पेनमा कोरोना भाईरसका रोगीहरुको संख्या बढेपछि सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । आफ्नो स्वतन्त्रता हनन भएको भन्दै मास्क लगाउने सरकारको निर्णय बिरुद्द सयौं स्पेनिसहरुले सरकारबिरोधी नारा लगाउँदै सडकमा प्रदर्शन गरेका छन् ।

राजधानी मेड्रिडमा प्रदर्शनीमा उत्रिएकाहरुले कोरोना भाईरसबिरुद्द सरकारले लगाएका प्रतिबन्धहरुको बिरोध गर्दै आफ्नो स्वतन्त्रता हनन भएको आरोप लगाएका छन् । उनीहरुले “फ्रिडम फ्रिडम’ भन्दै चर्को नारा लगाएको फ्रँस २४ न्युजले उल्लेख गरेको छ । कोरोना भाईरस फेरि फैलिन थालेपछि सरकारले मास्क लगाउन अनिवार्य गर्नुकासाथै अन्य सुरक्षा रणनिति लागू गरेको हो ।

राजधानीको मध्यभागमा कोलोन स्क्वायर सजाउने विशाल स्पेनिश झण्डा मुनि प्रदर्शनकारीहरु भेला भएका थिए । प्रदर्शनकारिहरुले सामाजिक सन्जालबाटै प्रदर्शनको तयारि गर्ने सन्जाल बनाएका थिए । प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेका थिए जसमा “भाइरस छैन”, “मास्कले मार्छ” वा “हामी डराउँदैनौं” लेखिएको थियो ।

सरकारले नाईटक्लवहरु बन्द गर्ने, दुई मिटर दूरी कायम गर्न नसकिने ठाउँमा धुमपान निषेध गर्ने लगायतका नियमहरु घोषणा गरेको दुई दिनपछि सरकार बिरोधी यस्तो प्रदर्शन भएको हो ।

प्रदर्शनीमा सहभागिहरुले विश्वभरिका सरकारहरु सार्वजनिक स्वतन्त्रता प्रतिबन्ध गर्न संक्रमित व्यक्तिको संख्या बढाईचढाई गरिरहेको आरोप लगाएका छन् । सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएपनि प्रदर्शनकारिमध्ये धेरैले मास्क लगाएक थिएनन् ।

स्पेनमा मे महिनाको शुरुतिरबाट सार्वजनिक यातायतमा मास्क लगाउन अनिवार्य गरिएको थियो । त्यसपछि देशैभरि गरियो ।

कोरोना भाईरसबाट स्पेनमा ज्यान जानेहरुको संख्या झण्डै २९ हजार पुग्न लागेको छ । हाल कोरोनाका बिरामीहरुको संख्या बढ्न थालेपछि सरकारले फेरि केहि कडा नियमहरु लागू गरेको हो ।

(फोटो- लेक्स्प्रेस डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक