बिहीबार, वैशाख १३, २०८१

बेल्जियममा तिन दर्जन भन्दा बढि नेपालीमा कोरोना : चार जना आइ सि युमा

नीलम घिमिरे सापकोटा२०७७ भदौ १ गते १७:०५

(प्राविधिक कारणबस गलत तस्बिर पर्न गएकोमा भुल सुधार गर्दै समाचारमा राखिएका तस्विर हटाएका छौं । र तस्विरसित संवन्धित निकायमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं – नेपालप्लस)

बेल्जियमको आन्तर्पेन बसोबास गर्ने पर्वतेली पुरुषहरुको टोली बिदा मनाउन (कोरोना छल्न) भन्दै भेला भए । ति खुब रमाए जमघटमा । नाचे । गाए । खानपिन रमाईलोकासाथ चल्यो । कोरोना भाईरसको माहामारि फेरि बढ्न थालेपनि उनीहरुले वास्ता गरेनन् । बरु बिदा छल्न गएको भन्दै सामूहिक तस्विरहरु राखेर सामाजिक सन्जालमा स्टाटस लेखे । फोटो र भिडियोहरु फेसवुकमा लाइभ गरेर धेरैलाई देखाए । पतीहरुले यस्तो रमाईलो गरेपछि पत्नीहरु झन के कम ?

श्रीमतीहरु पनि रमाइलो गर्ने भन्दै दुर्नेमा एक नेपालीको घरमा जम्मा भए । यिनै जमघटबाट नेपालीहरुमाझ कोरोना भाईरस सल्कियो । तर धेरैले गुपचुप राख्ने कोसिस गरे । कतिपयलाई चिकित्शकले एकान्तवासमा रहन पठाएका छन् । तरपनि तिनले केहि नभएको भनेर ढाँट्ने गर्छन् । बाहिर बाहिर ढाँटेपनि बेल्जियमका धेरै नेपालीमा कोरोना लागेको खबर भने सबैलाई जानकारि छ ।

यसै साता सोमवार वहिनीको घरमा खाना खान पाँच सात जना जम्मा भएको पुरुष टोलीमा नगएको कारण श्रीमतीलाई पुर्याउन जाँदा संक्रमितहरुसित घुलमिल भएर आफूपनि संक्रमित भएको एनआरएन बेल्जियमका पूर्व उपाध्यक्षले बताए । ‘म रमाईलो गर्न गएको होइन । श्रीमतीलाई पुर्‍याउन गएको थिएँ । त्यहि बेला एक्कैछिन बसेको थिएँ तैपनि मैलाई समात्यो’ उनले भने ।

उनका अनुसार जमघटमा आएका मध्ये शुरुमा एकजना महिलालाई टाउको दुखेको थियो । शरिर जिरिङजिरिङ भइरहेको थियो । ज्वरोको संकेत भएको बताएकी उनीनै त्यो टोलीमा पहिलो कोरोना संक्रमण देखिने ब्यक्ति हुन् । आइतवार, सोमवार र मंगलबार चरणवद्ध तवरले बसेको उनीहरुको यो खाना खाने, रमाइलो गर्ने जमघटले पालैपालो अधिकांश महिलामा कोरोना भाइरस सर्‍यो । जमघट बसेका महिलाका परिवारमा समेत कोरोना सर्न थाल्यो ।

उता यसै टोलीकी एक नेपालमा एचए हेल्थ सेक्टरमै काम गरेकी महिला फूपूकोमा बस्न र वच्चालाई रमाइलो गराउन भन्दै व्रुज पुगेकी थिईन् । उनले पनि फूपूको परिवारका चार जना र केहि साथी गरी ६ जनालाई संक्रमण फैलाएको पुष्टि भएको छ । कोरोना लागेपनि शुरुमा लक्षण नदेखिएकाले थप ६ जना संक्रमित हुनुपरेकोपनि एन आर एन ए बेल्गियमका पूर्व उपाध्यक्षले बताए ।

लकडाउनमा नेपालमा थुनिएर रहनु पर्दाको तितो अनुभव सुनाउँदै उनले आफू र आफ्नो परिवार पुर्णरुपमा सचेत हुँदाहुँदैपनि कोरोना सरेकोले निकै नै मर्माहत बनाएको बताए । नाम सिधा उल्लेख गर्दा नेपालमा बसेका आफन्तलाई चोट पर्ने हुनाले आफ्नो नाम उल्लेख नगरिदिन तर पूर्व उपाध्यक्ष उल्लेख गर्दा फरक नपर्ने उनले बताएका हुन् ।

आफ्नी आमाको अपरेशनका लागि नेपाल पुगेका उनी नेपालमै पनि सन्जु सापकोटा संक्रमित भएको समाचार आयो । त्यसपछि नेपाली समाजमा अपाच्य व्यवहार भएर आफू आएको देशको नाम समेत लुकाउन परेको तितो अनुभव उनले सुनाए । उनी केहि दिनअधि गरिएको पुरुष जमघटमा नगई घरमा बसेको बेला वहिनीले खाना खान वोलाएपछि महिला टोलीमा सामेल हुन जाँदा कोरोना सरेको बताए । तिन जनाको उनको परिवारमा छोरीलाई नेगेटीभ भएको, आफू र श्रीमान् श्रीमतीमा पोजेटिभ भएको जानकारि दिए ।

संक्रमितहरुमध्ये एनआरएनएका पूर्व एवं हालका विभिन्न पदमा छन् । नेपालप्लसले समाचारस्रोतमा नाम उल्लेख गर्न खोज्दा नेपाली समूदायले अपहेलना गर्नसक्ने डरले खुल्लारुपमा नाम सार्वजनिक गर्न भने मानेनन् ।

पहिलो चरणको कोरोनाको संक्रमणका बेला घरमै लामो समय बस्दा मानिसहरु अत्तालिएका थिए । भाईरसको संक्रमण केहि कम भएपछि बिदा मनाउन गइरहेकै थिए । तर तिनले बेल्जियमको नियम पालना गरेनन् । नियम बिपरित ५ जना भन्दा बढि र अत्यावस्यक नभै रमाइलोको लागि जम्मा हुनु आफैंमा सरकारी नियमको उल्लंघन थियो ।

दोस्रो चरणको संक्रमण बढेपछि कोरोना संक्रमणको रातो क्षेत्र (रेड जोन) मा परेको आन्तर्वेपन शहरमा बिदा सुरु भएदेखिनै वेल्जियम सरकारले जानआउन समेत अत्यावस्क काम विना बन्देज लगाएको छ । यो ठूलो सहरमा नेपालीको वाक्लो वस्ति छ । तिन तिरबाट नेपाली समूदायमा आएको यो दोस्रो चरणको छालमा ३५ जना भन्दा बढि नेपाली सँक्रमित छन् । केहिले परिक्षणको रिपोर्ट कुरेर बसेका छन् ।

व्यवसायी सँघका महासचिव मदन दवाडीको पनि एक कर्मचारीमा पोजेटिभ भेटिएपछि तिन दिनसम्म व्यवसाय बन्द गरेका थिए । आफ्ना १५ जना कर्मचारीको परिक्षण गर्दा सबैमा नेगेटिभ आएपछि विहिवार बेलुकादेखि व्यवसाय संचालनमा ल्याएका छन् । उनकोमा कार्यरत नेपाली पनि जनै पुर्णिमा मनाउन ससुराली जाँदा ससुरालीबाटै सरेको बताए ।  दवाडीका आफ्ना एक कर्मचारीको सालाले कामगर्ने वेल्जिक रेष्टुरेन्टमा कर्मचारीले कोरोना परिक्षण गरेका तर भान्छामा काम गर्नेलाई भने जानकारी नदिएकोले त्यहाँ काम गर्ने नेपालीलाई कोरोना भाईरस सरेको उनले बताए । “आफ्नो काममै भएकालाई कोरोना भाईरस लागेपनि जानकारी नदिँदा परिवारलाई समस्या पर्‍यो” उनले भने । ससुराली र छोरीको ६ जनाको परिवारमा ३ महिनाकी सानी छोरी छन् । उनलाई परिक्षण नगरिने भएपनि सबै लक्षण देखिएर सामान्य भएको उनका पिताले बताए ।

नेपाली जन प्रगतीशील मोर्चा यूरोपका अध्यक्ष बिष्णु भुजेलले कोरोना लागेपछि त्यसका बारेमा लुकाउने मानसिकताले झन अरुमा सर्ने र यस्तो मानसिकता बेल्जिक नागरिकमा पनि देखिएको बताए । ‘मेरो परिवारले काम गर्ने संस्थाका एक गाडी चालकलाई पनि कोरोना भाईरस लागेको कुरा कम्पनीले तत्काल जानकारी दिएन । थाहा पाएलगत्तै आफनै पहलमा परिक्षण गराउँदा नेगेटिव रिपोर्ट आयो’ भुजेलले भने।

बेल्जियममा कोरोना लागेका नेपालीहरु अधिकांश घरमै केयरमा छन् । एक जना नेपाली केहि दिन देखि स्वासप्रस्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका हुन् । आन्तर्पेन स्थित उज अस्पत्तालका डा लुक बोकुर्टका अनुसार हाल चार नेपाली अस्पतालमा भर्ना भइसकेका छन् । बेल्जियमका केहि नेपालीहरुले तिन जना नेपालीलाई आइसियुमा राखेकोसमेत बताएका छन् । ति नेपालीका बारेमा परिवार र अन्य नेपाली कसैलेपनि नाम उल्लेख गर्न चाहँदैन ।

तर फाट्टफुट्ट सामाजिक सन्जालहरुमा भने कोरोना पिडितको नाम उल्लेख नगरिकनै बेल्जियमको नेपाली समूदायमा कोरोना भाईरस फैलिएको उल्लेख गरेका छन् । एन आर एन ए बेल्जियमका महासचिव तिर्थराज धमलाले आफ्नो फेसबुकमा बेल्जियमको नेपाली समूदायमा कोरोना भाईरस पसेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र सरकारी नियम पालना गर्न आग्रह गरेका छन् ।

एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुबेदीका अनुसार कोरोना संक्रमित नेपाली ३५ जनाजति छन् । ‘यो संख्या केहि दिनमा ५० पुग्ने खतरा बढेको छ” उनले भने । हामी नेपालीको स्वभावले र संस्क्रिति जमघट हुने, रमाइलो गर्ने भएकाले कोरोना फैलिन मलजल गर्ने उनले बताए ।

लुभेन, आन्तर्पेन लगाएका ठाउँमा जम्मा भएर जमघट र भोज गर्ने, भेमा हुने गरिएका तस्विरहरुलेनै बेल्जियममा सरकार, स्थानिय प्रशासनले बन्देज गरेका नियमहरु तोडेको पुष्टि गर्छन् ।

नेपालीबिच तिव्र गतिमा संक्रमण फैलिरहनुको कारण नै हामीले निति नियम पालना नगर्नु रहेको बेनेलुक्सका राजदुत लोकबहादुर थापाले बताए । विवाह, भोज, तिजमा समूह समूहमा जम्मा भएर नाचगानमा रमाउनु, भोजभतेर गर्नु, छुट्टीमा समूहनै बनाएर जानु रोगलाई निम्त्याउनु भएकाले आफ्नो आचरणमा परिवर्तन ल्याउन दुतावासको तर्फबाट राजदूतले अपिल गरेका छन् ।

हाल बेल्जियममा कोरोना निकै बढेको छ । आन्तर्वेपन सहरमा मात्र ६ हजार ३ सय २ संक्रमित छन् । बेल्जियममा ७६ हजार ७ सय ३५ संक्रमित छन् । ९ हजार ९ सय ३२ को मृत्युभइसकेको छ ।

(फोटो फेबूकबाट लिईएको हो ।

(अपडेट – युरोप समय- २३ बजे । कार्यक्रमा सहभागि भैसकेपछि खुशिले आफ्नो फेसबूक पेजमा माथि दिईएका तस्विरहरुमा देखिनुभएका केहि महिलाहरुको तर्फबाट आफूहरु कोरोना भाईरस संक्रमित नभएको भनि नेपालप्लसलाई जानकारि गराउनुभएको छ । तस्विर प्रकाशित हुँदैमा सबैलाई कोरोना लागेको भन्ने अर्थपनि लाग्दैन त्यस्तो समाचारमापनि कहिँ छैन । प्रकाशित तस्विरहरु डिलिट गर्न नमिल्ने हुँदा तस्विरलाई गलत तरिकाले नबुझ्न अनुरोध छ । )

तपाइँको प्रतिक्रिया