शनिबार, वैशाख ८, २०८१

बेल्जियम, जर्मनी र पाकिस्तानका लागि राजदूत सिफारिस

नेपाल प्लस२०७७ भदौ २ गते ११:३८

बायाँबाट क्रमशः तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामकाजी खड्का

काठमाडौं । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरेको छ । परराष्ट्र श्रोतले मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिवहरु राजदूतमा सिफारिस भएको जनाएको छ । मंत्रिपरिषदले सिफारिस गरेका राजदूतहरुका जर्मनीका लागि गेहेन्द्र राजभण्डारी, बेल्जियमका लागि तापस अधिकारी र पाकिस्तानका लागि रामकाजी खड्का छन् ।

मन्त्रीपरिषदको निर्णय अनुसार माथि उल्लेखित ब्यक्तिहरु राजदूतमा छनोट भएका हुन् । तर राजदूतमा छनौट गरिसकेपछिपनि पुन हेरफेर गर्न सक्ने मन्त्रालय स्रोतले बतायो । यस अघिपनि हेरफेर गरिएको थियो ।

गेहेन्द्र राजभण्डारी यस अघि मस्को र टोकियोको नियोगमा काम गरिसकेका छन् । उनी ०७३ साउन १२ गते सहसचिवमा बढुवा भएका थिए । राजभण्डारी अहिले परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको रुपमा कार्यरत छन् ।
त्यस्तै बेल्जियमका लागि सिफासि भएको तापस अधिकारीसँग न्यूयोर्क, कलकत्ता र टोकियोको नियोगमा काम गरेको अनुभव छ । उनी ०७३ फागुन १८मा सहसचिवमा बढुवा भएका हुन् । अधिकारी अहिले परराष्ट्र मन्त्रालयमै दक्षिणपूर्वी एशिया महाशाखा प्रमुख छन् । पाकिस्तानका लागि सिफारिसमा परेका रामकाजी खड्का दोहा र कोपेनहेगेन नियोगमा काम गरेका हुन् । परराष्ट्रको राहदानी महाशाखामा कार्यकारी निर्देशकको रुपमा कार्यरत खड्का ०७४ बैशाख ७ गते सहसचिवमा बढुवा भएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक