शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रकवि माधव घिमिरेको दुखद निधन !

नेपाल प्लस२०७७ भदौ २ गते १३:३६

राष्ट्रकवि माधव घिमिरेको आज दुखद निधन भएको छ । एक सय दुइ वर्षको उमेरमा आज उनको निधन भएको हो ।

उनले रचेका रचना मध्ये गौरी सर्वाधिक चर्चित थियो । त्यसै गरि उनका मालती मंगले, हिमालवारि हिमाल पारि, अवस्थामान, राजेस्वरी र शकुन्तलापनि निकै चर्चित छन् । उनी लमजुङ जिल्लाको पुस्टुङमा जन्मिएका थिए । तिन वर्षकै उमेरका आफ्नी आमा गुमाएका घिमिरेले छ वर्षको उमेरमा लेखपढ गर्न सिकेका थिए ।

त्यसपछि ११ वर्षको उमेरमा उनी संस्क्रित शिक्षा पढ्न लमजुङकै दुराडाँडा गएका थिए । त्यसपछि फेरि संस्क्रित पढ्न कठमाडौं आएका उनी संस्क्रित शिक्षाको उच्च ज्ञान लिनैकालागि भारतको बनारस गएका थिए ।

आँशु काब्य भनेर चिनिने उनको गौरी कविताले हजारौंको मन छोएको थियो । आज घिमिरेको निधन सुनेपछि हजारौं मनिसहरु उनलाई श्रद्दान्जली दिन पुगेका छन् ।

(फोटो- खबर हब)

तपाइँको प्रतिक्रिया

फेसबुक