शुक्रबार, वैशाख ७, २०८१

पत्रकार घिमिरेमाथिको दूर्ब्यवहार बिरुद्द पत्रकार महासंघ बेल्जियमद्वारा निन्दा

नेपालप्लस न्युज डेस्क२०७७ भदौ ४ गते १३:१७

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले शाखाकी कोषाध्यक्ष निलम सापकोटा घिमिरे माथि भएको दूर्व्यवाहर र धम्कीको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले जारी गरेको प्रेस बिज्ञप्तिमा स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्दा आइपर्ने यस्ता घटिया ‘हर्कत’ हरुको डेटर सामना गरिने उल्लेख गरिएको छ ।

तिन दिन अघि ‘बेल्जियममा तिन दर्जन भन्दा बढि नेपालीमा कोरोना: चार जना आइसीयुमा’ शिर्षकको समाचार नेपालप्लसमा प्रकाशित भएको थियो । निलम सापकोटा घिमिरेद्वारा प्रेषित यो समाचारमा बेल्जियम सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै केहि नेपालीहरुले तिजको कार्यक्रम गरेका थिए र भेलामा उपस्थितहरुबाट नै संक्रमण फैलिएको थियो । तर यहि समाचारको बिषयवस्तुलाई लिएर विरेन्द्र मल्ल लगायतका केही व्यक्तिहरुले सापकोटाको घरमै गएर अमर्यादित शब्द प्रयोग गर्दै मारिदिने धम्की दिएका थिए ।

महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा तथा सचिव शेर बहादुर छन्त्याल द्वारा जारी गरिएको बिज्ञाप्तीमा भनिएको छ- ‘समाचारमा प्रयोग भएको बिषयवस्तु चित्त नबुझे खण्डन गर्ने र कानुनी उपचारमा जाने बिभिन्न माध्यमहरु हुँदाहुँदै मार्ने धम्की दिदै दूर्ब्यवाहारमा उत्रिनु खेदजनक छ । महासंघ यस्ता कृत्यहरुको घोर भर्त्सना गर्दछ ।’

कोरोना महामारीले समुदाय आक्रान्त बनिरहेको बेलामा सचेतनाका लागि सूचना प्वाह गर्न सकृय पत्रकारहरुलाई दुरुत्साहित नगर्न र सामाजिक सद्भाव कायम राख्न महासंघ अपिल गर्दछ । यदि पत्रकारलाई धम्क्याउने र निरुत्साहित गर्ने कार्य जारी रहेमा महासंघ बाध्य भएर कानुनी प्रकृयामा जाने छ- बिज्ञप्तीमा भनिएको छ ।

बेल्जियमामा अहिले दर्जनौं सामाजिक संस्था र आधा दर्जन जति राजनैतिक दलहरुका भगिनी संस्थाहरु रहेका छन् । पत्रकारहरुको हक हित र संरक्षणका लागि स्थापना गरिएको भनिएको नेपाल पत्रकार महासंघ युरोप समेत बेल्जियम बाटै सन्चालन हुने गर्दछ । तर पत्रकार महासंघ बेल्जियम बाहेक अन्य कुनै पनि संघ संस्थाहरुले एक जना महिला पत्रकारको बिरुद्धमा भएको यात्राो घटनामा एक शब्द बोलेका छैनन् । नेपालप्लस त्यस्ता संघ संस्था र राजनैतीक समुह प्रति खेद ब्यक्त गर्दछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक