शनिबार, वैशाख ८, २०८१

महिलालाईपनि पुरुष सरह तलब दिनुपर्ने स्विस सरकारको निर्णय

नेपाल प्लस२०७७ भदौ ४ गते १८:४०

महिला र पुरुषले समान काम गर्दापनि असमान ज्याला दिईएकोमा अब समान कामको समान ज्याला दिनुपर्ने निर्णय सरकारले गरेको छ । लामो समयदेखि समान कामकालागि महिलाहरुलाई असमान ज्याला दिएको भन्दै स्विजरल्याण्डमा बिरोध हुँदै आएको थियो । यसका बिरुद्द महिलाकर्मी, लैंगिक समानतावादी, मानव अधिकारबादी र राजनैतिक नेत्रित्वले बिरोध गर्दै आएका थिए । उनीहरुले समान ज्याला पाउनुपर्ने माग गर्दै आएका थिए ।

स्विजरल्याण्डको सरकारले सन् २०२१ देखि समान काममा महिला र पुरुषमाथि भिन्न गर्न नपाइने निर्णय गरेको छ । सन् २०२१ देखि सबै कम्पनीले कर्मचारीहरुको कामको प्रक्रिति, पद र कति घण्टा कुन अवस्थामा काम गरेको स्पष्ठ खुलाएर आर्थिक सूची (पे स्लिप) नै बुझाउनुपर्ने नियम बनाएको छ ।

स्विजरल्याण्डका खासगरि ठूला कम्पनीहरूले २०२० देखि शुरुदेखि पुरुष र महिलाको तलबको विश्लेषण गर्नुपर्ने छ । सन् २०२१ मा आफ्ना कर्मचारीको तलबको प्रमाण (पे स्लिप) अडिट कपी बुझाउनुपर्ने छ ।

डिसेम्बर २०१८ मा महिला र पुरुषका लागि समान तलव ऐनलाई संसदले पारित गरेको थियो । लैंगिक समानता ऐनको समान तलव संशोधन १ जुलाई २०२० देखि लागू हुने छ । फेडरल काउन्सिलले संसदले पास गरेको यो ऐनलाई लागू गर्नुपर्ने भन्दै हालसलै सहमति जनाएको हो । यो कानुन एक सय भन्दा बढि कर्मचारि भएका कम्पनीहरुमा लागू हुने छ । तर यसले स्विजरल्याण्डका एक प्रतिशत कम्पनीहरुलाई मात्रै प्रभाव पार्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक