शुक्रबार, वैशाख ७, २०८१

कोरोना भाईरस रोकथामका विषयमा युरोपेली देशहरुबिच तनाव

नेपाल प्लस२०७७ भदौ ८ गते ६:३१

अहिले युरोपका धेरै देशमा कोरोना भाईरसको संक्रमण बढिरहेको छ । स्पेन, इटाली, पोर्चुगल, फ्रान्स, जर्मनी, बेलायत सबै मुलुकमा कोरोना भाईरस फैलिने क्रम बढेपछि युरोपेली देशहरुबिच तनाव उत्पन्न भएको हो । कुन कुन देशले कुन देशबाट आएका नागरिकलाई कति दिन क्वारेन्टाईनमा राख्ने । कुन कुन देशलाई निगरानी र क्वारेन्टाईनको उच्च सूचीमा राख्ने भन्ने तनाव युरोपेली देशहरुलाई परेको छ ।

युरोपमा अहिले गर्मीयामको छुट्टी छ । युरोपेलीहरु छुट्टी मनाउन बिभिन्न देशतिर गएका छन् । होटेल, बार, समुद्री किनार, पार्कहरुमा मानिसको भिड लागेको छ । रातो क्षेत्र (रेड जोन) बढ्दै गएका छन् । युरोपले कोविड १९ को महामारीको पुनरुत्थान हुने क्रममा धेरै देशहरूले युरोपियन युनियन भित्र अलग्गै कदम चालेको छ । त्यसैले, अगस्ट् १५ देखि, युनाइटेड किंगडम प्रवेश गर्न चाहने फ्रान्सका सबै यात्री १४ दिनको लागि क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

जर्मनीले यो मामिलामा बेलायतकै सिको गरेको छ । उसले स्पेनलाई जोखिम क्षेत्रको सूचीमा राखेको छ । भर्खरै, नर्वे, अस्ट्रिया र बेल्जियमले पनि केही युरोपेली देशहरूबाट आउने यात्रुहरूलाई क्वारेन्टाईनमा राख्ने भएको छ ।

कोरोना भाईरसले गर्दा युरोपभरिनै हरेक देशको आर्थिक अवस्था डामाडोल बनेको छ । सबै देशलाई अलिकति भएपनि पर्यटक तानेर खस्कँगो आर्थिक अवस्थामा मल्हम लगाउनु परेको छ । त्यसैले पूर्ण रुपमा युरोपका अन्य देशका नागरिकलाई रोकौं पर्यटन ब्यवशाय झन खस्किन्छ । तिनलाई नरोकौं कोरोना भाईरस झन फैलिन्छ र त्यसको मूल्य पर्यटन ब्यवशायले दिने भन्दा झनै चर्को पर्छ । युरोपेली देशहरु अहिले बिलखबन्दमा परेका छन् ।

कोरोना भाईरसले गर्दा युरोपभरिनै हरेक देशको आर्थिक अवस्था डामाडोल बनेको छ । सबै देशलाई अलिकति भएपनि पर्यटक तानेर खस्कँगो आर्थिक अवस्थामा मल्हम लगाउनु परेको छ । त्यसैले पूर्ण रुपमा युरोपका अन्य देशका नागरिकलाई रोकौं पर्यटन ब्यवशाय झन खस्किन्छ । तिनलाई नरोकौं कोरोना भाईरस झन फैलिन्छ र त्यसको मूल्य पर्यटन ब्यवशायले दिने भन्दा झनै चर्को पर्छ । युरोपेली देशहरु अहिले बिलखबन्दमा परेका छन् ।

सधैं कोरोना भाईरस रोक्ने उपाय भन्दै नागरिकहरुमाथि कडा नियम बनाउनपनि युरोपेली सरकारहरु हच्केका छन् । भाईरसको रोकथाम, मास्क, सेनिटाईजर, जेल, अस्पत्ताल र समग्रमा स्वास्थ्य क्षेत्रमा लूट मच्चाउन सधैं कोरोनाको त्रास दिएको भन्नेहरुको संख्यापनि बढिरहेको छ । कोरोनाका नाममा आफ्नो स्वतन्त्रता खोसिएको भन्दै युरोपका जर्मनी, स्पेन, फ्रान्स लगायतका मुलुकमा बिरोध प्रदर्शनहरु हुन थालेका छन् । कोरोनाका नाममा लामो समय लकडाउन गर्ने वा नियन्त्रणका नाममा धेरै नियमहरु लाद्ने गर्दा मास्क बिरोधी र खासगरि अतिबादीहरुले फाईदा लिन सक्छन् भन्ने त्रासमापनि धेरै देश छन् ।

युरोपली युनियनका देशहरुबिच लामो समयसम्म सिमा बन्द गरेर राख्न सक्ने अवस्थामा युरोपेली मुलुकहरु छैनन् । किनभने अहिलेनै कोरोना भाईरसको मूल्य चुकाउन युरोपेली मुलुकहरुलाई महँगो परिरहेको छ । युरोपेली संघको कोरोना भाईरस आर्थिक प्याकेजमै सकेसम्म धेरै ऋण लिन र त्यो प्याकेजमापनि ऋणभन्दा अनुदानका रुपमा लिन फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, ईटाली लगायतले देशले लबिङ गरिरहेका छन् । युरोपेली युनियनको आर्थिक कोषबाट सकेसम्म धेरै रकम लिन ताकेता गर्दा युरोपेली देशहरुबिचमै मतभेदसमेत भएको छ ।

कोरोना भाईरस नियन्त्रणको नाममा अर्को मानसिक पाटोपनि शुरु भएको छ । “जर्मनीले हाम्रा नागरिकलाई १४ दिन क्वारेन्टाईनमा राख्छ भने हामीपनि तिनका देशबाट आउनेलाई किन छोड्ने ?’ यस्तो भावना युरोपेली देशहरुमाझ बढ्दै गएको छ ।

अब बिस्तारै युरोपमा सिमा नियन्त्रण गर्नु अति आवश्यक ठानिने संकेत देखिएका छन् । यद्दपि यस प्रकारको क्वारेन्टाइनको वास्तविक प्रभावकारिता र यसले उत्पन्न गर्ने लजिष्टिकल जटिलताको बारेमा भने बहस जारि छ ।

मास्क लगाए जस्तै रोकथामको उपाय हो, क्वाइरेन्टाईनमा बस्नुपनि । यो विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड १९ महामारीलाई रोक्न सिफारिस गरेको उपाय मध्येको एक हो । डब्ल्यूएचओका अनुसार यसले नयाँ क्षेत्रमा रोग सार्नबाट रोक्छ । कोरोना भाईरस लागिसकेको क्षेत्रमा मानवबाट मानवमा संक्रमणपनि रोक्छ । युरोपका अधिकांश मुलुकमा भाईरस सक्रिय भएका बेला अधिकारीहरुलाई यहि उपाय अपनाउनुपर्ने स्थिति उत्पन्न भएको छ जसले भाईरस संक्रमणको उच्च जोखिम अपनाउँछ ।

कोरोना भाईरस संक्रमित हुने मुख्य त दुई तरिका छन् । यो एक त श्वास प्रश्वासबाट र अर्को सम्पर्कबाट हुन्छ । आइसोलेसनमा बस्दा सर्न सक्ने जोखिमलाई घटाउँछ । त्यसैले यो कुनै बिवाद बिनानै उत्तम तरिका हो । मेडिसिन विद आउट बोडर्सका मार्क गास्तेलु ईचेगोरिले फँस २४ लाई बताए अनुसार क्वारेन्टाईनको उपाय भने अन्य रोकथामका तरिकाहरुसित मिश्रित गरेर अपनाईन्छ । जस्तो, सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने, सेनिटाईचर र जेल प्रयोग गर्ने । यो उपायले मानिसमा कस्तो प्रभाव पर्‍यो भन्ने मुल्यांक गर्ने आधार कम हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक