शुक्रबार, वैशाख ७, २०८१

यसरि पग्लिरहेछ ध्रुविय क्षेत्रको बरफ

नेपालप्लस २०७७ भदौ ८ गते ८:२१

ग्रीनल्याण्ड र अन्टार्कटिकालाई ढाकेका बरफका विशाल पाटाहरु पग्लिरहेका छन् । सन् १९९० को दशकको तुलनामा अहिले ति तिन गुणा द्रुत गतिमा पग्लिइरहेका छन् । भूउपग्रहले निकालेको तथ्यांक अनुसार ति द्रुत गतिमा पग्लेका छन् । यहाँका केहि तस्विरले ति पग्लिरहेका छन् भिन्न भिन्नरुपमा भन्ने देखाउँछ ।

प्रत्येक गर्मीमा ग्रीनल्याण्डको बरफ बग्ने तल्लो तह तातो तापक्रमले गर्दा धेरै पग्लिन मद्दत गर्छ । यो भनेको गोलार्धको तापक्रम बढ्नाले यो क्षेत्रको बरफिय क्षेत्रपनि तातेर पग्लेको हो । फोटो- Ian Joughin/AAAS

बरफ पग्लिएर बनेको ताल । बरफ पग्लिएर यस्तो ताल बढ्दै जाने क्रम बढेको छ । यो तालको व्यास शुन्य दशमलव ७५ माईल छ । यो क्षेत्रमा बरफ पग्लिएर बनेका ताल अरुपनि छन् । हिमतालको माथिल्लो भागमापनि बरफ पग्लेर पानी बनेको छ । फोटो- Ian Joughin/AAAS

बरफका यस्ता ठूला ठूला पाटाहरु पग्लिएर बिस्तारै नहर जस्तो बनिरहेको छ ग्रीनल्याण्ड र अन्टार्कटिकामा । कतै तिन हजार फीटसम्म पानी बनेको छ । यसरि बरफ पग्लेर नहर जस्तो बग्दै यो समुद्रसम्म पुग्छ । फोटो- Ian Joughin/AAAS

बरफको थुप्रोमा तापक्रम बढ्न थालेपछि तापले यसरि बरफलाई पगाल्दै लैजान्छ । तापक्रम र सूर्यको प्रकाशले सेतो बरफलाई यस्तो रङमा बदलिदिन्छ । यसबाट पग्लेपछि बिस्तारै पग्लेको पानी निलोनिलो बन्दै जान्छ । फोटो- Ian Joughin/AAAS

फोटो- Ian Joughin/AAAS

तपाइँको प्रतिक्रिया

फेसबुक