बिहीबार, वैशाख १३, २०८१

स्विस सरकारले आफ्नै विमान कम्पनीलाई लाखौं फ्र्यांक तिरेन

नेपालप्लस२०७७ भदौ ८ गते १३:०१

कोरोना भाईरस (कोभिड १९) का विरामीहरु ओसार्न लगाएर स्विस इन्टरनेशनललाई तिर्नुपर्ने लाखौं स्विस फ्र्यांक स्विजरल्याण्डको परराष्ट्र मन्त्रालयले आफ्नै स्विस कंपनीलाई तिरेको छैन । हाल स्विस एयरले उक्त रकम भुक्तानीको माग गरेको छ ।

सोनटाङ जैटुङ न्युजका अनुसार कोरोना भाईरसको संक्रमण फैलिएपछि बिभिन्न देशमा फसेका यात्रुहरुलाई परराष्ट्र मन्त्रालयले उधारोमा स्विस एयरलाईन्स मार्फत् उडाएको थियो । स्विस परराष्ट्र मन्त्रालयको कोभिड १९ स्वदेश फिर्ति योजना अनुसार सात हजार एक सय यात्रुहरु उधारोमा उडाएको थियो । ति मध्ये परराष्ट्र मन्त्रालले उडाएका एक हजार पाँच सय यात्रुको भुक्तानी अझै नपाएको स्विस एयरलाईन्सले जनाएको छ ।

किस्टोन न्युजका अनुसार कोरोना भाईरस लकडाउनका बेला आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याउन स्विस एयरलाईन्सले ३५ वटा अन्तर्राष्ट्रिय उडान गरेको थियो ।

मार्च र अप्रिल महिनामा स्विजरल्याण्डको विदेश मन्त्रालयले केही देशमा फसेका स्विस र अन्य युरोपेली देशका बासिन्दाहरूलाई उडान गरेर फिर्ता ल्याउने कदम शुरु गरेको थियो । ति व्यक्तिले उडानहरूको लागि पहिले नै भुक्तान गर्नुपर्थ्यो । तर गरेनन् । उनीहरूले पछि बिलको भुक्तान गर्ने प्रतिबद्धता गरेपछि परराष्ट्र मन्त्रालयको जिम्मामा उधारोमै ओसारिएको थियो ।

बिदेशमा फसेका नागरिक ओसारेबापत सात हजार एक सय तिर्न बाँकि इनभ्वाइसहरूको ताकेता गर्दै स्विस एयरले मन्त्रालयलाई पठाइएको थियो । तर मन्त्रालयले ३० दिनको भाका गुज्रिँदापनि तिरेन ।

फरक फरक ब्यक्तिले आफ्नो उडान र दूरीको भिन्नता अनुसार फरक फरक रकम तिर्नुपर्ने थियो । छोटो दूरिको अर्थात् एक हजार पाँच सय किमी सम्मको उडानकालागि चार सय स्विस फ्र्यांक थियो । बाह्र हजार किमीसम्मको उडानकालागि एक हजार सात सय स्विस फ्र्यांक थियो ।

बाँकि रहेको रकम स्विस एयरलाई भुक्तानी गर्नकालागि ३० दिनको भाका तोकिएको थियो । तर सोन्टाग जेइटुङ न्युजका अनुसार अधिकांश एक हजार पाँच सयका दरले भुक्तानी गर्नुपर्ने बिल बाँकि रहेका छन् । स्विस परराष्ट्र मन्त्रालयले स्विस एयरलाई हाल एक दशमलव ७ मिलियन स्विस फ्र्यांक (१५ लाख ७९ हजार पाँच सय ९५ युरो) भुक्तान गर्न बाँकि छ ।

परराष्ट्र मन्त्रालयले जिम्मा लिएको उक्त रकम हाल मन्त्रालयले भुक्तान नगरेका यात्रुहरुलाई आफ्नो तिर्नुपर्ने रकम तिर्नका लागि पत्राचार गर्न लागेको न्युजमा उल्लेख छ । यदि रकम भुक्तान नगरेमा परराष्ट्र मन्त्रालयले कानुनी प्रक्रिया अगाडि बढाउने छ ।

परराष्ट्र मन्त्रालयको “ऐतिहासिक” स्वदेश फिर्ती मिशनको कूल लागत स्विस अन्तर्राष्ट्रिय एयरलाइन्स र एडेलविसको चार्टर्ड विमानहरू प्रयोग गरेर १० लाख स्विस फ्र्यांक भएको छ । मन्त्रालयले बिदेश फिर्ती मिसन अनुसार यात्रु उडाएका मुख्य गन्तव्यहरुमा पेरू, चिली, मोरक्को, घाना र आइभरी कोस्ट लगायत थिए ।

तपाइँको प्रतिक्रिया