शुक्रबार, वैशाख १४, २०८१

सर्जिकल मास्क सफा गर्ने उत्तम उपाय राइस कुकर

नेपाल प्लस२०७७ भदौ ८ गते १७:०१

नयाँ अनुसन्धानले एन ९५ मास्कलाई सफा गर्ने एक अनौंठो तरिका फेला पारेको छ । अध्ययनका अनुसार इलेक्ट्रिक कुकरमा पचास मिनेट राखेको (तताएको) सुख्खा तापले एन ९५ मास्कलाई प्रभावकारी रूपमा सफा गर्न सक्छ । यसलाई राइस कुकर वा इन्स्ट्यान्ट कुकर प्रयोग गर्नपनि सकिन्छ ।

यसरि राखिदिँदा यो मास्क फिल्टरेशन (छानिन्छ) हुन्छ । त्यसलाई राम्रो अवस्थामा राख्न सकिन्छ । यसको दाबी एक भारतीय मूलका सहित केहि अनुसन्धानकर्ताले गरेका हुन् ।

एन ९५ मास्क व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको मानक हुन् । त्यो पहिरनेलाई हावाबाट निस्किने वा हावामा तैरिने र अन्य कणहरू छिर्नबाट सुरक्षित राख्छन् । यसले कोरोना भाईरस छिर्नबाटपनि सुरक्षित राख्छ ।

कोरोनाको मार परेका बेला मास्कको उचित बितरण र ब्यवस्थापनले समस्या सिर्जना गरेको छ । यसको उचित बितरण नहुँदा स्वास्थ्य सेवा प्रदायकहरू र अन्य आवश्यक कामदारहरूको लागि एन ९५ मास्कको गभिर अभाव भएको हो । यहि अभावकै कारणलेपनि अन्य आविष्कारक रणनीतिको लागि अगाडि बढाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसर इलेक्ट्रिक कुकर विधि स्वास्थ्य सेवा कर्मचारीहरु र पहिलो प्रयोगकर्ताहरुको लागि उपयोगी हुन्छ । विशेषगरि ग्रामिण क्षेत्र र साना क्लिनिक वा अस्पतालहरूमा यसले ज्यादै ठूलो खाँचो टार्न सक्छ । ग्रामिण, बिकट क्षेत्र र दिनदिनै नयाँ मास्क फेर्नुपर्ने कामदारहरूको ठूलो मात्रामा तताइएको सेनिटाइजेशन उपकरणको पहुँच हुँदैन । यस्तो विधि सामान्य जनताको लागि पनि उपयोगी छ जसले एन ९५ मास्क आफ्नो दैनिक उपयोगको लागि घरमा प्रयोग गर्न पनि सक्दछन् । किनभने तिनीहरू एन ९५ मास्कलाई पुन: प्रयोग गर्न सक्छन् । यसलाई मिल्काउन र नयाँ किन्नुको साटो पटक पटक प्रयोग गर्न सक्छन् ।

अनुसन्धानकर्ताहरूले भनेका छन्, सुख्खा तातो सबै तिन मापदण्ड सामना गर्नको लागि एक प्रभावकारी तरीका हुन सक्छ – परिशोधन(डिकन्टामिनेसन), छान्ने (फिल्टरेशन) र दुरुस्त (फिट) राख्न सकिन्छ । यस विधि अपनाउन कुनै विशेष प्रशिक्षणको आवश्यक पर्दैन । यो विधिले कुनै रासायनिक अवशेषपनि छोड्दैन ।

अनुसन्धानकर्मीहरुले यस्तो तरिका विकसित गर्न चाहेका छन् जुन घरका मानिसहरूका लागि व्यापक रूपमा पहुँचयोग्य होस् । यो पुष्टि भयो कि कुकुरमा राखेर एक पटक (कुकर पूर्णरुपमा तात्ने एक चक्र वा पूर्ण समयावधि) तताउँदा ५० मिनेटसम्म १०० डिग्री सेल्सियसमा सुरक्षित गर्दछ । यसले कोरोना भाइरस लगायतका भाइरसका चार बिभिन्न प्रकारहरूबाट भित्र र बाहिर एन ९५ मास्कलाई प्रदुषणरहित (डिकन्टामिनेसन) गरिदिन्छ । यसरि तताउँदा अल्ट्रा भायोलेट लाईट (के हो अल्ट्रा भायोलेट लाईट अन्तिममा हेर्नुस्) भनिने प्रकाश भन्दा बढि सफलतापूर्वक काम गर्दछ ।

अनुसन्धानकर्मीहरुले कुकरको तातो सुख्खा हुनुपर्ने औंल्याएका छन् । त्यसमा पानी थप्नुहुन्न । उनीहरुले कुकरलाई १०० डिग्रीको तापक्रममा ५० मिनेटसम्म राख्नुपर्ने यो बिधीलाई कायम राख्न जोड दिएका छन् ।

एउटा सानो कपडाको टुक्रा कुकरको पिँधमा अटाउन सक्छ । त्यसैले मास्कको सबै भागलाई यो तापले तताइदिन्छ । कुकुरको पिँधमा एन ९५ थुप्रै मास्क राखेर एकै पटकमा तताउन सकिन्छ । यसो गर्दा समयको बचत हुन्छ । साना स्वास्थ्य चौकी, ग्रामिण स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीहरुलाई अझ फाइदा पुग्छ यो बिधिले ।

एन ९५ रेस्पिरेटर्स र शल्य चिकित्सा मास्कहरू व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको उदाहरण हुन् जुन लगाउँदा वायुजनित कणहरूबाट र अनुहारलाई तरल पदार्थले दूषित पार्नबाट बचाउन प्रयोग गरिन्छ ।

अल्ट्राभायोलेट लाईट

अल्ट्राभायोलेट भनेको बिद्दुतिय चुम्बकिय रुपको रेडियसन (बिकिरण) हो । यसको फैलावटमा १० एनएम देखि ४०० एनएमसम्म तरंग हुन्छ । यहि तरंगनै शक्तिको साथ इलेक्ट्रोमैग्नेटिक (बिधुतिय चुम्बकिय) विकिरणको एक रूप हो । यो देखिने प्रकाशको भन्दा छोटो तर एक्स-रे भन्दा लामो हुन्छ । अल्ट्राभायोलेट विकिरण सूर्यको प्रकाशमा अवस्थित हुन्छ र सूर्यबाट कुल इलेक्ट्रोमैग्नेटिक विकिरणको १० प्रतिशत लिन्छ ।

तपाइँको प्रतिक्रिया