शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन पार्टीको उमेदवार फेरिपनि ट्रम्प

नेपालप्लस२०७७ भदौ ८ गते २१:१०

रिपब्लिकन पार्टीले आगामी राष्ट्रपतिय निर्वाचनकालागि फेरिपनि डोनाल्ड ट्रम्पलाईनै उमेदवार बनाउने आधिकारिक निर्णय गरेको छ । आफ्नो उमेदवारीमा बादबिवाद नहोस, बिकल्प खोज्ने र आलोचना गर्ने काम नहोस् भन्ने उद्देश्यले ट्रम्पले अमेरिकी ईतिहासमा पार्टी सदस्यहरुको निर्वाचन सबैभन्दा महत्वपूर्ण रहेको बताए । उनले पार्टी सदस्यको निर्वाचन महत्वपूर्ण भन्दै आफ्नो राष्ट्रपतिय उमेदवारीको घोषणालाई तत्काल कम महत्व दिएझैं गरि चनाखो बन्न खोजेको युरोपेली मेडियाहरुले उल्लेख गरेका छन् ।

रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा दोस्रो चरणको लागि ह्वाइट हाउसमा सोमबारनै मनोनित गरेको हो । त्यस लगत्तै उनले लामो र असाधारण भाषण दिए जसमा उनलाई प्रतिस्पर्धाका लागि मनोनयन गरिएको निर्वाचनको निस्पक्षतामाथि ठूलो शंका थियो । पार्टीमा उनलाई उमेदवार नबनाएर अन्य बिकल्प सार्नेहरुपनि थिए । रिपब्लिकन पार्टीको प्रारम्भिक छनौट प्रक्रियामा केहि बिरोध भएपनि एक हजार दुई सय ७६ मत उनले पाए । यसपछि उनको उमेदवारी पक्का भयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक