शनिबार, वैशाख १५, २०८१

मुख्य सचिवमा जानकालागि होडबाजी सुरु

‘लण्डन अथवा वासिङटन जाने बैरागीको इच्छा’

सुरेशचन्द्र कुइकेल२०७७ भदौ ९ गते १८:१४

काठमाडौं— आगामी कात्तिक पहिलो सातामा खालि हुने मुख्य सचिव (मुस) पदका लागि सम्भावित पात्रको खोजी हुने क्रमभन्दा अगाडि अहिले कायम रहेका मुख्य सचिव लोकदर्शन रेग्मीलाई तत्काल कहाँ ‘पोष्टिङ’ मिलाउने र रिक्त पदमा को जाने भनेर हानथाप शुरु भएको छ ।

‘मुख्यसचिव रेग्मीलाई कहिँकतै राजदूत नियुक्त गर्न सक्ने स्थिती आएमा यसै महिनाभित्र पदबाट राजिनामा दिन सक्ने र रिक्त मुख्य सचिव पदमा नियुक्ती पाउने भनेर केही बहालवाला बरिष्ठतम सचिवहरु छुट्टै ‘लबिङ’मा लागेका छन्,’प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने—‘यो ‘लबिङ’को अग्रपंक्तिमा परराष्ट्र सचिव शंकरदास बैरागी खनालसमेत लागेका देखिन्छन् ।’

परराष्ट्र मन्त्रालयका अनुसार, असोज तेस्रो सातादेखि उमेरका आधारमा अवकाश पाउन लागेका बैरागी परराष्ट्रको इतिहासमा सबैभन्दा लामो(झण्डै ७ बर्ष) सचिव पदमा बहाल रहेर अवकाश पाउँदैछन् ।

‘यदि मुख्य सचिव रेग्मीलाई मनाउन सके र उनले भदौभित्रैमा पदबाट राजिनामा दिएमा त्यस पदमा जानका लागि सचिवहरु शंकरदास बैरागी, मोहनकृष्ण सापकोटा(सार्वजनिक खरिद अनुगमन कार्यालय) र केदारबहादुर अधिकारी(पर्यटन)को दौडधुप सुरु भएको छ,’परराष्ट्रको प्रशासन सेवामा काम गर्ने एक अधिकृत भन्छन्—‘तर, आफूलाई चित्तबुझ्दो स्थानको ‘अफर’ नआइन्जेल बहालवाला मुख्यसचिव रेग्मीले राजिनामा दिने संकेत देखिन्न । यदि त्यसो भएमा परराष्ट्र सचिव बैरागीको मुख्यसचिव हुने अवस्था आउने छैन ।’

त्यसो त अहिलेसम्म परराष्ट्र सेवाबाट कुनैपनि अधिकारी मुख्य सचिव बनेको ईतिहास छैन । परराष्ट्रका अधिकारीहरुले शंकर बैरागीको दौडधुप मुख्य सचीव रेग्मीले तुरुन्तै रजिनामा नदिए ‘ट्र्याक’ मा पुग्न सम्भब छैन । किनभने रेग्मी भन्दा बैरागीले पहिले अवकाश पाउने छन् ।

मुख्य सचिव रेग्मीलाई हाल रिक्त रहेका दक्षिण अफ्रिका र श्रीलंकामध्ये कुनै एक मुलुकमा राजदूत बनेर जान प्रस्ताव गरिएको भएपनि उनले त्यो ‘अफर’ लाई स्वीकार नगरेको प्रधानमन्त्री कार्यालयका एक उपसचिवले बताए ।

मुख्यसचिव रेग्मीको नियुक्ती तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएकाले उनको नियुक्ती वा पदस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओली ‘सकारात्मक’ नरहेको एक जानकारले बताए । अब मुख्यसचिव रेग्मीले तत्काल राजिनामा नदिएको अवस्थामा यी तीनैजना बरिष्ठ सचिवको मुख्य सचिव हुने मौका तुहिनेछ । अन्य दुईजना कृष्ण मोहन सापकोटा र केदार बहादुर अधिकारीले पनि अर्को महिना अवकाश पाउँदै छन ।

यसपछिको अर्को चरणमा भने, बरिष्ठतममध्ये चन्द्रकुमार घिमिरे(उद्योग सचिव), विश्वनाथ ओली(वन) र मधुसुदन अधिकारी(शहरी विकास मन्त्रालय) मध्ये एकजना मुख्यसचिव हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र लहडमा ओली थरकै सचिवले मुख्य सचिव जिम्मेवारी पाउन सक्ने स्रोतको दावी छ ।

कि लण्डन कि वासिङटन

परराष्ट्र सचिव शंकर वैरागी

परराष्ट्र सेवामा अनुभवी मानिएका सचिव बैरागी मुख्य सचिवको दौडमा पछिपर्ने देखिएपछि अब कि त अमेरिकाको वासिङटन डीसी वा बेलायतको लण्डनस्थित दूतावासमा राजदूत बनेर जानका लागि अर्को चरणको पहल शुरु भएको छ । डीसीस्थित नियोगमा रहेका राजदूत अर्जुन कार्कीको कार्यकाल एक बर्षअघि पुरा भैसकेको र अहिले अर्को व्यवस्था नभएसम्मका लागि पदबहाल रहेका कारण डीसीमा पदरिक्त सरह छ । लण्डनस्थित दूतावासमा हाल परराष्ट्रका सहसचिव दुवसु क्षेत्री राजदूत रहेको र उनको कार्यकाल पनि असोजमा पुरा हुने भएकाले लण्डन पनि रिक्त हुने क्रममा छ ।

यसबाहेक, केही महिनाभित्रैमा फ्रान्स,ब्जर्मनी, बेल्जियम, पाकिस्तान जस्ता मुलुकमा पनि राजदूत पद रिक्त हुँदैछ । दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकामा दुई बर्षदेखि राजदूत पद रिक्त रहेको छ । अब रिक्त हुनेमध्ये पाकिस्तानका लागि सहसचिव तापस अधिकारी, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र जर्मनीका लागि रामकाजी खड्काको नाम प्रस्ताव भैसकेको छ ।

तपाइँको प्रतिक्रिया