शनिबार, वैशाख १५, २०८१

फ्रान्स, स्पेन, क्रोएसिया लगायतका क्षेत्रमा भ्रमण नगर्न जर्मन सरकारको कडा निर्देशन

नेपाल प्लस२०७७ भदौ ८ गते १३:०२

जर्मन सरकारले फ्रान्सको राजधानी रहेको क्षेत्र इल द फँस, पहाडी भूभाग रहेको कोत दाजुर, स्पेन, क्रोएसिया, बेल्जियम लगायतका देश भ्रमण नगर्न आफ्ना नागरिकलाई कडा निर्देशन दिएको छ ।

राजधानी बर्लिनले सोमबार साँझ फ्रान्सको इल-द-फ्रँस, हिमाली क्षेत्र आल्प्स-कोत दाजुर क्षेत्र र फ्रान्सेली गुयानालाई जोखिमयुक्त क्षेत्रहरूको सूचीमा राखेको छ । त्यसैले यी क्षेत्रहरूमा “पर्यटकका रुपमा यात्रा नगर्नु” भन्दै आफ्ना नागरिकहरुलाई कडा निर्देशन दिएको हो । यि क्षेत्रमा पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दो छ ।

जर्मनीले फ्रान्सको राजधानी रहेको क्षेत्र इल द फँस, हिमाली क्षेत्र आल्प्स कोत दाजुरलाई जोखिमपूर्ण भन्दै रातो क्षेत्र (रेड जोन) मा राखेको छ । कोरोना भाईरस संक्रमितको संख्या अत्यधिक बढेकाले यि क्षेत्र भ्रमण गर्नु जोखिमपूर्ण भनेको हो ।

यसका साथै मन्त्रालयले अन्य विदेशी भूमिमा कुनै पनि यात्रा नगर्न कडा सल्लाह दिएको छ । मन्त्रालयले हालसालै अन्य देशको यात्रा नगर्न चेतावनी दिने क्रम बढाएको छ । जर्मनहरुकालागि विशेष गरि बेल्जियमको ब्रसेल्स, क्रोएशिया, पेरिस, कोत दाजुर र स्पेनको पर्यटकीय क्षेत्र मनपर्ने गन्तव्य हो जहाँ वर्षेनी लाखौं जर्मनहरुले भ्रमण गर्छन् ।

तपाइँको प्रतिक्रिया