मंगलबार, वैशाख ११, २०८१

कोरोना भाइरसले प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कक्ष निस्क्रिय पार्ने

नेपाल प्लस२०७७ भदौ ११ गते १२:४४

कोरोना भाईरसले के कसरि शरिरमा संक्रमित गर्छ भन्ने अनिस्चितता रहेका बेला अनुसन्धानकर्मीहरुले नयाँ तथ्य फेला पारेका छन् । उनीहरुले शरिरको प्रतिरक्षा प्रणालीको कक्षलाईनै कोरोना भाईरसले निस्क्रिय पारिदिने बताएका छन् । शरिरको रोगसित लड्नसक्ने प्रतिरक्षा प्रणाली र रोग निरोधक क्षमतालाई कोरोना भाईरसले न्स्क्रिय पारिदिन सक्ने तथ्य बैज्ञानिकहरुले उल्लेख गरेका हुन् ।

कोरोना भाईरस लागिसकेकाहरुलाई रोग प्रतिरोधात्मक क्षमतासित लड्न सक्ने तत्वहरु शरिरले फेरि उत्पादन गर्न सक्छ कि सक्दैन, मानिसहरुलाई कोरोना भाईरस लागिसकेपछि शरिरले टिकाउ प्रतिरक्षा प्रणालीको विकास गर्छ कि गर्दैन भन्ने तथ्य बुझ्न कोभिड १९ बाट म्रित्यु भएका मानिसहरुको पोस्टमार्टम गरिरहेको द सान्स म्यागाजिनले उल्लेख गरेको छ । उनीहरुले कोरोना भाईरस लागेको किटाणुहरु बसेका केन्द्र, प्लिहा र लिम्फहरुको अध्ययन गरिरहेका छन् । ति तत्वहरु पूनर्स्थापित भएर बस्न वा कोरोना भाईरसबाट सन्चो भएपछि पुन सक्रिय हुने स्थललाई नकारात्मक प्रभाव पारेको हुनसक्ने बताएका छन् ।

यि ठाउँहरुमा रोग प्रतिरोधात्मक कोषहरूले दीर्घकालीन चिरस्थायी एन्टिबडी प्रतिक्रिया बिकास गर्न सिक्छन् । यद्दपि ति खोजहरुमा हल्का वा एसिम्प्टोमेटिक कोरोना भाइरस संक्रमण भएका मानिसहरुलाई लागू हुँदैन । यसले कोरोनाबाट बिरामी हुने प्रब्रित्तिलाई सबभन्दा गम्भीर अवस्थामा व्याख्या गर्न र खोप विकासकर्ताहरुलाई महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्न सहयोग पुर्‍याउन सक्छ ।

एमजीएच, एमआईटी र हार्वर्डको रागन इन्स्टिच्युटका इम्यूनोलोजिस्ट शिव पिल्लईको नेतृत्वमा गरिएको अध्ययन र गत हप्ता सेलमा प्रकाशित उक्त अध्ययनले कोरोना भाईरस बिरुद्दको खोप पत्ता लगाउन महत्वपूर्ण हुन सक्छ । किनकि अघिल्लो रिपोर्टले कुनै व्यक्ति सार्स कोभिड लागेको भएमा उसलाई पुन: संक्रमित हुन सक्छ भन्ने प्रमाण प्रदान गरेको थियो । सार्स कोभिड-२, एन्टिबडी सुरक्षा सुझाव केहि मानिसहरुमा क्षणिक हुन सक्छ ।

पिल्लई र उनका सहकर्मीहरूले स्प्लिन र थोरैसिक लिम्फ नोडहरू विश्लेषण गरेका थिए जसले फोक्सोबाट प्रतिरक्षा कोषहरू निकाल्दछन् । कोरोना भाईरसका कारण म्रित्यु भएका ११ र अन्य छ कारणले म्रित्यु भएका ब्यक्तिको कोषहरुसित तुलना गरेर उनीहरुले अध्ययन गरेका हुन् ।

शरिरको अवस्था सबै राम्रो वा स्वस्थ भएको अवस्थामा यी साइटहरूले एन्टिबडी मेकिंग बी कोषहरूलाई नवगठित जीवाणु केन्द्रहरूमा जम्मा गर्छन् । तिनलाई विशिष्ट माइक्रोस्ट्रक्चरमा पुर्‍याउँछन् जहाँ यी कोषहरू परिपक्व हुन्छन् र भाइरसप्रति तिनीहरूको एन्टिबडी प्रतिक्रिया सुधार गर्दछन् । तर जीवाणु केन्द्रहरू थोरैसिक लिम्फ, नोडहरू र ओटोप्सीड कोभिड- १९ बिरामीहरूको प्लीहामा नबनेको अनुसन्धानकर्मीहरुले बताएका छन् ।
यी दुई स्वतन्त्र अध्ययनहरूले कोभिड – १९ लागेर म्रित्यु भएका मानिसहरुमा एन्टिबडी प्रतिक्रियाको गहन अभाव स्थापित गरेको देखिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया