शनिबार, वैशाख ८, २०८१

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन नर्वेमा जमघट

रायन सुवेदी२०७७ भदौ १३ गते १३:२६

भाषा मरे संस्कृती मर्छ । आधुनिक युगमा नेपालीहरू संसारको जुन कुनामा बसोबास गरेपनि आफ्नो भाषा, संस्कृतिको जगेर्ना गरेका छन् । गर्नु पर्दछ । मातृभाषाको रक्षा र त्यसको जगेर्ना गर्नु व्यक्तिको कर्तव्य पनि हो । आफ्नो भाषा, संस्कृति नयाँ पूस्तामा बिस्तार गर्नु महत्वपूर्ण हुन्छ । त्यसका निम्ति ब्यक्तिको एकल प्रयास भन्दा सँस्थागत प्रयास अझै बढि प्रभावकारी हुन्छ । यहि मान्यताले प्रवासमा नेपाली भाषा-साहित्य, कला संस्कृति र संगितको विकास, प्रवर्धन र सम्बर्धन गर्दै यसलाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने ऊद्देश्यले प्रवासी नेपालीहरू द्वारा “अन्तराष्ट्रिय नेपाली साहित्य समाज” नर्वे स्थापना गरिएको थियो । यसको जन्म नर्वेको बोडोमा सन् २०१६ मा साहित्यकार, गीतकार बहुप्रतिभाशाली व्यक्तित्व विष्णुमाया विभुको नेतृत्वमा भएको हो ।

विश्वव्यापी महामारी कोभिड-१९ बाट नर्वेपनि अछुतो रहेन । त्यसैले तोकिएको समयमा प्रथम अधिवेसन गर्न संभव भएन । तैपनि यहि अगस्ट १६ आइतबारका दिन अनेसास नर्वेले आफ्नो प्रथम अधिवेसन गरेको छ । सामाजिक दूरी कायम राखेर गरिएको ऊक्त कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष साहित्यकार बिभुले गरिन् । प्रमुख अतिथीमा प्रा डा. बिशाल सिटौला थिए । विविध कारणले भौतिक रुपमा उपस्थित हुन असमर्थ साहित्यप्रेमीहरुले ईन्टरनेटको माध्यमबाट सहभागिता जनाए । आफ्नो मन्तव्य राखे । कार्यक्रमका केहि झलक अनेसास नर्वेको फेसबुक मार्फत प्रत्यक्ष प्रशारण गरियो ।

अनेसास नर्वेलाई जन्माउन र हुर्काउन साहित्यकार विभुको अतुलनिय योगदानको कदर गर्दै अधिवेसनले उनलाई पुन: अध्यक्षमा चयन गरेको छ । त्यसैगरि आइतबार सम्पन्न अधिवेशनले राजन सुबेदीलाई उपाध्यक्ष, हरी पाठकलाई सचिव, दर्पण तिमील्सेनालाई सह-सचिव र पुष्पा पौडेललाई कोषाध्यक्षमा निर्बिरोध चयन गरेको छ । समाजको सदस्यहरूमा क्रमश : बिष्णु क्षेत्री, लक्ष्मी पौडेल पन्थी, संगीता बस्नेत थापा, बिष्णु गौतम, इश्वर खत्री, रमा देवी अर्याल, राजन अधिकारी र चण्डिका पौडेल चयन भएका छन् । सल्लाहकारमा साहित्यकार डिल्लीराम आचार्य, प्रोफेसर डा. कृष्ण पन्थी, प्रोफेसर डा. बिशाल सिटौला, साहित्यकार शिव अधिकारी तथा समाजसेवी शालिकराम अर्याल लगायतका बरिष्ठ व्यक्तित्वहरु छन् ।

कार्यक्रममा सहभागि बिभिन्न श्रष्टाहरुले अनेसास नर्वेको पृष्ठभूमि, उद्देश्य तथा योगदान बारे प्रकाश पार्दै आफ्ना रचनाहरू वाचन गरेका थिए ।

बक्ताहरूले नर्बेमा रहेका कुनैपनि नेपाली संघसस्थाहरुमा आजसम्म महिलाको नेतृत्व नरहेको उल्लेख गरे । कार्यक्रमहरुमा समेत महिलाको सहभागिता न्यून रहँदै आएको अवस्थामा अनेसास नर्बेको अध्यक्षमा महिलानै रहेको, उनको नेतृत्वमा ५० प्रतिशत महिला सहभागिता सहितको कार्य समिति गठन भएको भन्दै अध्यक्ष बिष्णुमाया बिभुको खुलेरै प्रशंसा गरेका थिए । साहित्यलाई आफ्नो जीवन ठान्ने साहित्यकार विभुले नेपाली भाषा-साहित्य, कला संस्कृति र संगीतको विकास, प्रवर्धन र सम्बर्धन गर्दै यसलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन आफू बाँचुन्जेल सक्रिय भएर निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

तपाइँको प्रतिक्रिया