शनिबार, वैशाख १५, २०८१

फ्रान्सका प्रधानमन्त्रीको हजुरबा हजुरआमालाई सुझाव : नातिनातिना भेट्न नजानु

नेपालप्लस२०७७ भदौ १३ गते १९:५४

फ्रान्सका प्रधानमन्त्री जँ कास्तोले हजुरबा हजुर आमाहरुलाई एउटा सुझाव दिएका छन् ‘आफ्ना नाती नातिना भेट्न नजानुहोला ।’ कोरोना भाईरसको संक्रमण ज्यादै बढ्न थालेपछि उनले यस्तो सुझाव दिएका छन् । युवायुवतीहरुमा कोरोनाको संक्रमण अहिले बढि देखिएकाले तिबाट बुढाबुढीमा सर्न सक्ने संकेत गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

कतिपय वालवालिकामा कोरोनाको संक्रमण भएपनि तिनको प्रतिरोध क्षमत ओच्च हुनाले नदेखिने र तिनलाई भेट्न जाँदा हजुरबा हजुर आमामा सर्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जुलाई र अगस्ट महिनामा शैक्षिक संस्थाहरु बन्द थिए । नातीनातिनाहरु आफ्ना बा आमासित कि त घरै बसे । धेरै त छुट्टी मनाउन गए । आगामी हप्तदेखि शैक्षिक संस्थाहरु खुल्छन् । बा आमाहरु काममा जान्छन् । धेरैका वालवालिका स्कूल पुर्‍याउन र स्कूल छुट्टी भएपछि तिनलाई लिन हजुरबा हजुर आमा जान्छन् । त्यसैले प्रधानमन्त्री कास्तोले स्कूलमा नातीनातिना लिन लिन नजान, नभेट्न आग्रह गरेका हुन् ।

कोरोना भाईरसको संक्रमण उच्च भएसँगै फ्रान्सका प्रधानमन्त्री जँ कास्तोले फेरि लकडाउन हुनसक्ने संकेतपनि गरेका छन् । स्वास्थ्य मन्त्रीसहितको संलग्नतामा उनले आयोजना गरेको प्रेस सम्मेलनमा यस्तो संकेत गरेका हुन् । कोरोना भाईरसको संक्रमण ज्यादै बढेकोले पेरिस क्षेत्रका सार्वजनिक स्थलमा मास्क लगाउनु अनिवार्य बनेको छ । सोमबरदेखि पेरिसका सबैतिर मास्क अनिवार्य लगाउनुपर्ने छ ।

‘कोरोना भाईरसको संक्रमण ज्यादै बढेको छ । यसलाई नियन्त्रण गर्न मास्क अनिवार्य लगाउनुपर्ने छ र यो नियन्त्रण नभएमा फेरि लकडाउन गर्नुपर्ने उपायपनि अबलम्बन गरिने छ” उनले पत्रकार सम्मेलनमा भने । अहिलेनै सुरक्षाका कडा उपायहरु अबलम्बन नगरे भाईरस ब्यापक रुपमा फैलिने संकेत देखिएकोपनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले हाल फ्रान्समा एक दशमलव चार प्रतिशतले संक्रमितको संख्या बढेको र हरेक दश ब्यक्तिले १४ ब्यक्तिलाई संक्रमित गराउने हुँदा यसको तत्काल नियन्त्रण गर्न नसके स्थिति नियन्त्रण बाहिर जानसक्ने चिन्ता ब्यक्त गरे ।

बैज्ञानिक र स्वास्थ्य अनुसन्धानदाताहरुले यो शरद ऋतुमा कोरोना भाईरसको संक्रमण फेरि उच्च हुने चेतावनी दिएकाले त्यस्तो हुन नदिन बेलैमा सुरक्षाका सबै अक्किल प्रयोग गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ ।

फ्रान्समा शुक्रवार आठ हजारमा कोरोना भाईरस संक्रमित भएको सूचि बाहिर आएपछि अधिकारीहरुले थप चिन्ता ब्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया