शनिबार, वैशाख ८, २०८१

कोरोना भाईरस रोकथामका बिरुद्दको प्रदर्शनीमा जर्मनीमा ढुंगा र सिसा प्रहार : ३०० भन्दा बढि गिरफ्तार

नेपाल प्लस२०७७ भदौ १३ गते २१:०६

मास्क लगाउने र कोरोना भाईरस महामारीको विरूद्ध प्रतिबन्धात्मक उपायहरूको विपक्षमा आएका प्रदर्शनकारिहरुले जर्मनीको बर्लिनमा प्रहरीहरुमाथि ढुंगामुढा गरेका छन् । आज विहानै देखि शुरु भएको प्रदर्शनमा बर्लिन प्रहरिले तिनलाई अवरोध पुर्‍याएपछि तिनले ढुंगामुढा गरे । फ्रान्सको न्युज २४ का अनुसार ढुंगामुढाकारिहरु मध्ये प्रहरीले तिन सय भन्दा बढिलाई गिरफ्तार गरेको छ । प्रदर्शनीमा सहभागि मध्ये करिब १८ हजारले अवरोधका निर्देशनहरु अबज्ञा गरे ।

राज्यले अपनाउन निर्देशन दिएको न्युनतम सामाजिक दूरिपनि प्रदर्शनकारिहरुले आदर गरेका थिएनन् । प्रहरीले उनीहरुलाई न्युनतम नियमहरु पालना गर्न पटक पटक अनुरोध गरेको थियो । “कुनैपनि नियम पालना नगरेपछि प्रहरीमाथि हस्तक्षेप गर्नुको बिकल्प रहेन’ जर्मन प्रहरीले भनेको छ ।

प्रदर्शनकारिहरु विहान नौ बजे देखिनै बर्लिनको ब्रान्डेनबर्ग गटेमा प्रहरी निर्देशनकै पालना नगर्न र सुरक्षाकर्मीलाई उत्तेजित पार्न भनेर भेला भएका थिए । यो बुझेर प्रहरीले संयमता अपनाएको थियो ।

बर्लिन प्रहरी कार्यालयका निर्देशक आन्द्रिय गेइ सेलले प्रदर्शनकारिहरु मध्ये २०० जनालाई रसियन दूतावासको अगाडिबाट गिरफ्तार गरेको फ्रान्सको न्युज २४ लाई उल्लेख गरेका छन् । प्रहरीहरुमाथिनै ढुंगा र सिसाका बोत्तल प्रहार गरेपछि तिनलाई गिरफ्तार गर्नुपरेको गेइसेलको भनाई छ । तर तिनलाई पछि रिहा गरियो । झडपमा मानव क्षति भने भएको छैन ।

साँझपख फेरि संसद भवन रहेको रेइचटागमापनि प्रदर्शन गरेका थिए । त्यहाँपनि सरकारी निर्देशनको अनादार गरिएको थियो । पछि तिनलाई प्रहरीले संसद भवन अगाडिबाट लखेट्यो । प्रदर्शनीमा करिब ३८ हजार मानिस संलग्न भएको र तिनले कोरोना भाईरसका नाममा गरिएको बाधा, नियम कानुन र कोरोना भाईरस रोक्ने प्रतिबन्धात्मक उपायहरु बिरुद्द नाराबाजि गरेका थिए । ति प्रतिबन्धात्मक उपायहरु अभिलम्ब हटाउन माग गरेका थिए ।

पछिल्लो समयमा जर्मनीमा अतिवादिहरुले सरकारि नियम र कोरोना भाईरस रोक्ने उपायका नियमहरुलाई अनादार गर्ने र प्रदर्शनीहरुलाई बढाएका छन् । जर्मनीको सरकार यो क्रम बढेकोमा चिन्तित बनेको समाचारमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक