बिहीबार, वैशाख १३, २०८१

फ्रेन्च एयर कोभिड सँगै मर्ला कि जिवित ?

नेपालप्लस२०७७ भदौ १४ गते १५:१९

यो हप्ता फ्रान्समा एउटा नारा खुबै चल्यो ‘से तँ फ्रँस । यो नारा फ्रँस एयरमा केन्द्रित थियो । यो एक क्षेत्र जसले देशको निर्यातको १२ प्रतिशत प्रतिनिधित्व गर्दछ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तिन लाखलाई रोजगारि दिन्छ ।

तर कोरोना भाईरसको महामारिले गर्दा विमानहरू मैदानमा जमेर बसेका छन् । फ्लाईट आदेशहरू निलम्बित छन् । कि त रद्द गरिएका छन् । एयरलाइन्स, निर्माणकर्ता र उनीहरूका उप-ठेकेदारहरूको लागि समय अझै बाँकी छ । निर्माता र कर्मचारीहरूले यस्तो अवस्थामा आफ्नो भविष्य कसरी देख्ने ?

धेरै फ्रान्सेलीहरुले एयर फ्रँसको भविष्य उज्ज्वल देखेका छैनन् । सरकारले गत साल मात्रै ५० करोड युरो अनुदान दिइसकेको छ । तरपनि यो माथि उठ्न सक्ने संकेत कोरोना संक्रमण अघिपनि थिएन । अब झन यो उठ्न सक्ने देखेकै छैनन् ।

बन्द गरौं, राष्ट्रिय ध्वजावाहक विमान बन्द गर्दा राष्ट्रिय इज्जतमा धक्का लाग्छ । बन्द नगरौं धान्नै नसकिने अवस्थामा पुगेको छ । तरपनि आम नागरिकको भनाइ के छ भने कि त यो बन्द गरिनुपर्छ । कि यसले अन्य सस्ता वा प्रतिस्पर्धी विमान कंपनी झैं प्रतिस्पर्धामा जानुपर्छ । वा यो एयरलाईन्सलाई निजिकरण गर्नुपर्छ । वा सदाका लागि बन्द गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया