शुक्रबार, वैशाख १४, २०८१

छोटो सिनेमा ‘शुन्य’ आउँदै

नेपालप्लस२०७७ भदौ १५ गते ९:२६

लण्डन । सुख खोतल्ने क्रममा विश्वको जुनसुकै कुनामा गए पनि, चाहे त्यो सम्पन्न देश होस या विपन्न, नियतीले आफ्नो गति लिएकै हुन्छ । प्रभाव छोडेकै हुन्छ । विफरले छोडेको घाउमा खत बस्छ र देखिन्छ । तर मनमा लागेको घाउ देखिँदैन । चोटिलो हुन्छ । असह्य हुन्छ । सोच्नै नसक्ने स्थिति हुन्छ । अनि दिमाग नै शून्य हुन्छ ।
यहि स्थितिलाई जस्ताको तस्तै देखाउन, कोभिड १९ कै समय वरिपरि भएको घटनालाई समेटेर एउटा छोटो चलचित्र बेलायतमा रहेका नेपालीहरुले तयार गरेका छन्। जसको नाम ‘शून्य’ रहेको छ । एक मात्र पात्र रहेको उक्त चलचित्रमा सो भूमिका ध्रुब दत्तले निर्वाह गरेका छन् । लगभग १० मिनेट लामो चलचित्र ‘शून्य’ सेप्टेम्बरमा रिलिज गरिने जानकारी आएको छ ।

भिजन संसारको प्रस्तुती ‘शून्य’मा डीडी ईन्टरटेन्टमेन्टको साथ छ । गोपी सापकोटाको कथा, शन्तकुमार राईको छायांकन र सम्पादन तथा निर्देशन सनमकुमार बैराग रहेको सो चलचित्रको निर्माता कृष्णबहादुर लाम्गादे हुन् ।

तपाइँको प्रतिक्रिया