शनिबार, वैशाख ८, २०८१

विमान दूर्घटनाको कारक विमानका झ्याल

नेपाल प्लस२०७७ साउन १७ गते १४:५०

हवाइजहाजको झ्यालबाट बाहिरको दृश्यहरू हेर्न पाउनु हवाई यात्राको सब भन्दा रमाइलो पक्ष मध्ये एक हो । तर जहाजको झ्यालका आकारका बारेमा कहिल्यै सोच्ने गरिन्न । जहाजका झ्यालहरु गोलाकार हुनुमा निकै चाखलाग्दो पक्ष छ । जहाजका झ्याल किन गोलाकार हुन्छन् भन्ने जान्नुभयो भने कि चकित पर्नुहुन्छ कि त डरलाग्नसक्छ । दुर्भाग्यपूर्ण घटनाहरूको शृंखलाको कारणले गर्दा जहाजका झ्याल गोलाकार हुन्छन् ।

(पहिलो चोटि बनेका विमानको झ्याल, चारपाटे)

इन्जिनियरहरुले जेट विमानहरुको झ्याल गोलाकार नबाउने हो भने हावामा प्रत्येक उडानले प्रकोप ब्यहोर्नुपर्छ ।

सन् १९५२ मा हवाई यात्रामा क्रान्ति भयो । बेलायतीले डि हभिलान्ड क्यामेट नामको विश्वको पहिलो उत्पादन जेटलिनर बनाए । यसले कम दायरामा लामो दूरीको, उच्च उचाइको यात्रा सम्भव बनायो । वाणिज्यिक हवाई यात्राको अनुहार बदल्ने उद्देश्य राख्यो त्यसले । त्यो संभवपनि बनायो ।

          (आधुनिक विमानका गोलाकार झ्याल)

मे १९५२ मा ब्रिटिश ओभरसीज एयरवेज कर्पोरेशनको स्वामित्वमा रहेको डे हभिलैन्ड विमानले दक्षिण अफ्रिकाको जोहानिसबर्गमा अवतरण गर्नु अघि लन्डनबाट पाँच वटा बिभिन्न पाँच ठाउँमा रोकिएर पहिलो उडान गरेको थियो । हवाइजहाज ३५ हजार फिटमा उड्यो । त्यो बेला अन्य ब्यापारिक विमान भन्दा छिटो गयो । त्यसपछि ब्रिटिश ओभरसीज एयरवेज कर्पोरेशनले नयाँ आठ विमान मगायो । अन्य एयरलाइन्स कम्पनीहरूले त्यसको अनुसरण गरे ।

कोमेट नाम राखिएको त्यो विमानको केबिनलाई दवाव दिइयो कि यात्रीहरूले अक्सिजन मास्क प्रयोग गर्नुपर्दैन । जब विमान उचाइमा पुग्यो तब केबिनमा दबाब बढ्यो । त्यसपछि भित्रको चाप बाहिरी भन्दा बढि हुन गयो । जब यो तल गर्‍यो र दबाव कम भयो तब यो कम उचाइमा पुग्यो । अहिलेपनि ब्यापारिक वा यात्रु हवाई यात्रामा यस्तै हुन्छ । तर हावाको दबावमा आएको परिवर्तनले विमानको संरचनामा पर्याप्त तनाव ल्याउन थाल्छ ।

(कोमेट विमानमा चार पाटे झ्याल दूर्घटनाको प्रमुख कारक)

त्यसपछि प्रविधीहरुमा धेरै विकास भयो । छिटो उड्न भन्दा कोमेट विमानमा केहि समस्या देखिए । पहिलो घटना नोभेम्बर १९५२ मा कोमेट ईटालीको रोममा उड्न असफल भयो । अर्को दुर्घटना पाकिस्तानमा भयो जसमा ११ यात्रु र चालक दलको मृत्यु भयो । दुर्घटनाहरू पाईलटको त्रुटि र पखेटाको अग्रणी किनारामा उचाल्न नसकेको भन्ने देखियो । त्यसपछि डि हभिलन्डले पखेटाको अग्रणी किनारालाई पुन: डिजाइन गर्‍यो ।

मे १९५३ मा कोमेटले भारतमा दोस्रो ठूलो घातक दुर्घटना ब्यहोर्‍यो जसको कारण आँधीबेहरी थियो । त्यसमा सवार सबै ४३ व्यक्तिको मृत्यु भयो । अन्वेषणले परिणामस्वरूप आँधीबेहरी मच्चिएकाले पखेंटाले विमानलाई उचाल्न नसकेको देखायो । विमानमा धेरै तनाव भएकोले पाईलटले जोगाउन अत्यन्तै प्रयास गरेको बुझियो । तर जोगाउन सकेनन् विमानलाई । यस दूर्घटनाको नतिजाको रूपमा कोमेटहरुलाई मौसम पत्ता लगाउने राडारको विकास गरियो । र विमानहरु एउटा प्रणालीले सुसज्जित भए जसले विमान चालकलाई नियन्त्रण र भार “महसुस” गर्न अनुमति दियो ।

कोमेटका समस्याहरू अझै समाप्त भएनन् । जनवरी १९५४ मा यसको उद्घाटन भएको डेढ बर्ष भन्दा अलि बढि पछि पहिलो उत्पादन कोमेट आकाशमै टुक्रियो । इटाली नजिकैको भूमध्यसागरमा खस्यो । त्यसमा सवार ३५ जनाकै म्रित्यु भयो । विमानका धेरै पाटपूर्जा फेला परे । तर अनुसन्धानकर्मीले कारण पत्ता लगाउन सकेनन् ।

केहि महिना पछि अप्रिल १९५४ मा दक्षिण अफ्रिकी एयरवेजले सञ्चालन गरेको अर्को कोमेटपनि भूमध्यसागरमा दुर्घटनाग्रस्त भयो । उचाईमा पुगेका बेला सम्पर्क हराएपछि भूमध्यसागरमा खसेको पछि थाह भयो । यसमा सवार २१ यात्रु र चालक दलको म्रित्यु भयो । त्यसपछि सबै कोमेट विमानहरुलाई केहि महिनाकालागि ग्राउण्डेड गरियो । र ब्रिटिश ओभरसिज एयरवेज कर्पोरेशनसँग सम्बन्धित कोमेट विमानहरुको वायुरुपता जाँच गरियो । केहि विमानको खारेजनै गरियो । वायुरुपता खारेल गरिएका केहि विमान सधैंकालागि ग्राउन्ड गरियो ।

(हेर्नुस चार पाटे झ्याल जुन विमान दूर्घटनाको वर्षौंसम्म प्रमुख कारक रह्यो)

अक्टूबर १९५४ मा कोहेन समितिको स्थापना गरियो । कोमेट विमानहरु किन दूर्घटनाआ परिरहे भन्ने पत्ता लगाउन । पहिलो भूमध्यसागरमा भएको दूर्घटनाबाट विमानका केहि धातु संकलन गरिएको थियो । त्यसबाट धातुहरु बढि रगडिएको, पुरानो भएकोले समस्या उत्पन्न भएको संकेत गरेको थियो । उनीहरूले यो सिद्धान्तलाई परीक्षण गर्न कोमेटको पुरा बडी (पूर्ण आकार वा विमानको पूर्ण शरिर) को परीक्षण शुरू गरे । जहाजको बडी भित्र पानीमा किन डुब्यो ? किन पानी बाहिर उत्रिएन ? आदि परिक्षण गरे । त्यसपछि पानीको ठूलो ट्यांकी प्रयोग गरेर विमानको बडीलाई डुबाएरपनि हेरे । अन्वेषकहरूले विमान उचाईमा पुग्दा केबिनमा पानी पम्पले हानेर विमानलाई उचाईमा पुर्‍याउने परिक्षण गरे ।

जहाजको जिवनकालभरि हावालाई दबाउन, माथि उचाल्ने बनाउन धेरै पटक कोसिस गरियो । हजारौं पटक हावालाई दबाब दिएर विमान माथि उठाउने कोसिस गर्दा अनुसन्धानकर्मीहरुले समस्या कहाँ हो भन्ने पत्ता लगाए । हावाको नक्कली दबाब स्रिजना गरेरपनि विमान उडाएर हेरे । समस्या विमानको झ्यालमा देखियो । चारपाटे झ्यालले गर्दा विमान उचाईमा जानै नसक्ने रहेछ । हावाको दबाबलाई रोक्ने वा बिच्क्षेद गर्ने रहेछ । त्यसपछि उनीहरुले गोलाकार झ्यालको परिक्षण गरे । यो परिक्षणपछि विमान सुरक्षित तरिकाले माथि उड्न, उचालिन थाल्यो । हावाको दबाबले काम गर्न थाल्यो ।

अझ सजिलोसित बुझ्नकालागि । जहाँ चार पाटे झ्यालको कुनो हुन्छ त्यो झ्यालको भाग कमजोर बनिदिन्छ । उचाईमा पुगेका बेला जब हावाको दबाब तिब्र हुन्छ तिनै झ्यालका चार कुनामा पर्छ । वा हावाको तिब्र दबाबले त्यहिँ हान्छ । हावाको दबाबले बढि हान्न थालेपछि झ्यालका जुन चार कुना हुन्छन् तिनलाई हावाको तिब्र दबाले फुटाउन थाल्छ । हावालाई सन्तुलनमा राख्ने वा हावाको दबाबलाई कम गर्नुको साटो झन बढाई दिन्छ । गोलाकार बनाइदिएपछि हावा ठोक्किँदापनि चारै कुनाबाट बाहिर जान्छ । यसको अर्थ हावाको दबाबलाई कम गरिदिन्छ वा फालिदिन्छ । यसो हुँदा भित्र र बाहिरको हावाको दबाबलाई सन्तुलनमा ल्याउँछ र विमान सुरक्षित तरिकाले उड्छ ।

(तस्विरहरु एरोटाईम डट कम र एरोनोटिक डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक