शनिबार, वैशाख १५, २०८१

युरोपमा आफ्नै घर झन बढि खतरा

नेपाल प्लस२०७७ साउन १७ गते १५:००

-अगाता सिपुस्का / बेल्जियम

हरेक मान्छेको सपना हो, आफ्नै घर बनाउने । मानिस जहाँ पुगेपनि आफ्नै घर सुरक्षित र आनन्दित मान्छ । आफ्नै घर फर्किन चाहन्छ । त्यसैले कोरोना भाईरसबाट बच्न विश्वभरिका मानिसहरुलाई आफ्नै घरमा बस्न, घर बाहिर ननिस्कन आदेश दिईयो । धेरै देशले अझैपनि सकेसम्म कार्यालयको काम घरमै बसेर गर्न प्रेरित गरिरहेका छन् । तर प्रहरीकै अध्ययनले भन्छ, आफ्नै घरपनि सुरक्षित छैन । कोरोना भाईरको संक्रमणपछि एउटा स्पष्ठ सत्य उजागर भयो, धेरै महिला र बच्चाहरूको लागि आफ्नै घर बस्नको लागि सबैभन्दा खतरनाक ठाउँ हो । लकडाउनले धेरैको जीवन बचाए होला । तर यसले जीवन, स्वास्थ्य र अत्यधिक कमजोर व्यक्तिको सुरक्षालाई पनि जोखिममा पारेको अध्ययनलेनै देखाएको छ ।

घरेलु हिंसाको मुद्दा सत्ता र नियन्त्रणको वरिपरि घुम्छ । निराश परिस्थितिहरू स्रिजना गरिदिन्छ । मानिस घर बस्न बाध्य हुन्छ । सजिलै त्यस्ता मानिसले अपमानजनक व्यवहार गर्न सक्छ । लकडाउनमा घरेलु दुरुपयोग गर्नेहरू अत्यधिक छन् । निगरानी गर्नुपर्नेको संख्या, अक्किल र जिम्मेवारी बढाइदिएको छ । उत्पीडनलाई लकडाउनले बढाइदिएको छ । पिडकहरुले कमजोरमाथि उत्पिडन थोपर्दछन् । यसबाहेक पिडितहरुलाई मद्दत लिन अझ गाह्रो भएको छ किनकि पीडितहरू एक्लै हुने संभावना कम हुन्छ ।

लकडाउनमा बस्दा घरेलु हिंसा बढाउने उत्प्रेरकको रूपमा काम गर्न सक्छन् । घरेलू हिंसाको गम्भीरतालाई बढाउन सक्छ दिनभरि घरै बस्दा । शुरुमा मनोबैज्ञानिक हिंसाबाट शुरु हुन्छ घरेलु हिंसा । पछि मनोवैज्ञानिक हिंसा चाँडै शारीरिक वा यौन हिंसामा परिवर्तन हुन सक्छ । महिलामाथि आक्रमण र हत्यामै बदलिन सक्छ ।

यूरोपभरिनै, घरेलु हिंसा बढ्दै छ । फ्रान्समा लकडाउनको पहिलो हप्ताको अवधिमा अधिकारीहरूले देशको घरेलु हिंसाका घटनाहरूमा ३० प्रतिशतभन्दा बढि वृद्धि भएको रिपोर्ट गरे । तालाबन्दीमा महिला हत्या स्पेनलगायत धेरै देशहरूमा दर्ता भइसकेको छ जहाँ १९ मार्चमा आफ्ना पतीद्वारा पतिले आफ्ना बच्चाहरूको अगाडि एक महिलाको हत्या गरेका थिए । साइप्रसमा हेल्पलाइन कल ३०० ले वृद्धि भएको छ । इटालीमा यस्ता घटनामा एकदम गिरावट आयो । तर धेरै हताश भएका खबर र ईमेलहरू सुरक्षा निकायमा पठाइएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले समेत यस विषयमा प्रतिक्रिया जनाइसकेका छन । उनले “घरेलु हिंसामा भयावह विश्वव्यापी वृद्धि” लाई निन्दा गर्दै सबै सरकारलाई महिलाको सुरक्षालाई पहिलो स्थानमा राख्न आग्रह गरेका छन् । महामारीको बेलामा जबरजस्ती पिडितहरुलाई छोड्नुहुन्न भन्ने उनको आग्रह छ । युरोपेली संसदको महिला अधिकार सम्बन्धी समितिका अध्यक्ष एभलिन रेग्नरले पनि घोषणा गरिसकिन् “हामी युरोपका महिलाहरूलाई एक्लै छोड्ने छैनौं”।

त्यसो त, अन्तर्राष्ट्रिय स्तरमा घरेलु हिंसाबाट बचेका मानिसहरूसँगको ऐक्यबद्धताको आवाज अझ बलियो हुँदै गइरहेको छ । यो स्पष्ट छ कि केहि सदस्य देशहरू नयाँ परिस्थितिमा घरेलु हिंसा बिरुद्द लड्न द्रुत रूपमा समायोजन गरेर चुनौतीमा उत्रिरहेका छन् ।

केहि प्रेरणादायक उदाहरणहरू स्पेनबाट आएका छन् जहाँ बन्दीगृहमा छिर्ने बित्तिकै समानता मन्त्रालयलेनै लैंगिक हिंसा विरुद्धको बृहत् आकस्मिक योजना अपनाएको छ । हिंसामा पर्न सक्नेलाई समर्थन गर्न सेवाहरू घोषणा गरिएको छ । कोभिड १९ संकटको समयमा मद्दत खोज्न अझ गाह्रो हुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्दै व्हाट्सएपको माध्यमबाट तत्कालै सन्देश पठाउन सकिने ब्यवस्था गरिएको छ । यस माध्यमबाट भर्खरै सुरू गरिएको च्याट सेवा सहित समर्थन सेवाहरूको सबै आवश्यक जानकारीलाई सामाजिक अभियानको एक हिस्साको रूपमा व्यापक रूपमा वितरण गरिएको छ ।

फ्रान्स र बेल्जियममा थप नयाँ आपतकालीन पहल पनि सुरु गरिएको छ । पीडितहरूको लागि फार्मेसीमा कोड शब्दहरूको प्रयोग गरेर तिनले सहयोग माग्न सक्छन् । फार्मेसीका ब्यक्तिहरुले त्यो कोड भाषाका आधारमा सुरक्षा निकायमा गोप्य तरिकाले उजुरि पठाएर पिडितलाई सहयोग मागिदिन सक्छन् । अधिकारीहरूले ब्रसेल्समा महिलाहरूको आश्रयका रूपमा होटलहरूमा राख्ने ब्यवस्था मिलाएका छन् ।

दुर्भाग्यवस, सबै यूरोपीय सरकारहरूले शीघ्र र प्रणालीगत प्रतिक्रियाको साथ कोभिड १९ को संकट टार्न सकेका छैनन् । मानव अधिकारका लागि पोलिश कमिश्नरको बयानले परिवार, श्रम र सामाजिक नीति मन्त्रालयलाई चेतावनी दिएको छ “यस महामारीले घरेलु हिंसामा बृद्धि ल्याउनेछ । पिडितका तर्फबाट कुनै उत्तर नआइकन छोडिने गरिएको छ । नतिजा स्वरूप, राज्य समर्थनको अभावका कारण उत्पन्न भएको यो समस्या खाली प्रहरीको समानता समूहको संयुक्त प्रयासबाट मात्रै संभव छ । त्यसमा महिला अधिकार संगठनहरूसँग मिलेर सम्बोधन गरिनुपर्छ ।”

पोल्याण्डमा महिला अधिकारकालागि मूल्यवान ज्ञान र अनुभवका आधारमा मानव अधिकारकालागि प्रहरी कमिशनरले एक सामाजिक मिडिया अभियान शुरु गरेका छन् । उनीहरुले फेमिनोटेका फाउन्डेसन एण्ड ब्लु लाईन र नेसनवाईड ईमरजेन्सी सर्भिस फस भिक्टिम अफ डोमेस्टिकेट भायोलेन्स नामबाट महिला हिंसाबिरुद्द काम गरिरहेका छन् ।

घरेलु हिंसाबाट बचेका व्यक्तिले लिनुपर्ने ठोस कदमहरूको विकसित गरेका छन् । सुरक्षा योजनाले उनीहरूको सुरक्षा बढाउन र घरेलु हिंसाको सम्भावनाको लागि अग्रिम तयारीको रणनीति पहिचानमा केन्द्रित गरेका छन् । सुरक्षा योजनाका प्रमुख तत्वहरूमा अत्यन्त कठिन परिस्थितिमा कसरी प्रतिक्रिया दिने र त्यसको योजना कसरि गर्ने, आपतकालीन टेलिफोन नम्बरहरूको सूची सिर्जना गर्ने, पीडित र कुनै बच्चाहरूको लागि आपतकालीन झोला प्याक गर्ने र आपतकालमा घर छोड्नको लागि तयार गराउने समावेश छ । यो योजना युरोपका पोल्याण्ड लगायत अन्य मुलुकमापनि छ ।

सुरक्षा योजनाले पीडितहरूलाई स्थानीय महिलाको केन्द्र वा आश्रय खोज्न मद्दत गर्दछ किनकि यसले पोल्याण्ड वरिपरिका दुवै निजी र सार्वजनिक संस्थानहरूको अन्तर्क्रियात्मक नक्शामा सम्पर्क गराइदिन्छ । सामाजिक मिडियामा प्रचारित सामाग्रि, सुरक्षा योजनाले फेसबुक, ट्विटर र इन्स्टाग्राम प्रयोगकर्ताहरू, लोकप्रिय अभियन्ताहरू, पत्रकारहरू र प्रभावकारहरू लगायतकाबाट ठूलो प्रतिक्रिया देखायो जसले घरेलु हिंसाको वरिपरि कलंक तोड्न योगदान पुर्‍यायो ।

माथि उल्लेखित सकारात्मक उदाहरणहरूको प्रकाशमा पनि हामीले एउटा कुरा याद गर्नुपर्दछ – कोभिड १९ को संकटले मात्रै अहिले हिंसा भएको होइन । कोरोना एउटा हिंसा फैलाउने रुप हो । हिंसाको रुपले यूरोपमा पहिलेदेखि नै जरा गाडेको थियो । त्यो व्यापक थियो । यो घरेलु हिंसाको सिकार धेरै सम्भावित पीडितहरूको लागि सबैभन्दा नराम्रो स्थितिबाट बच्न द्रुत र निर्णायक उपायहरूको लागि समय हो ।

जब युरोपेली युनियनमा लकडाउनका सबै उपायहरू हटाइन्छ तब अन्य महत्त्वपूर्ण उपायहरू यस नारकीय मुद्दालाई पर्याप्त रूपमा समाधान गर्नका लागि हुनुपर्दछ ।

सर्वप्रथम यो आवश्यक छ कि सबै ईयू सदस्य राष्ट्रहरूले महिला र घरेलु हिंसा रोक्ने र लड्न ईस्तानबुल सम्मेलनको अनुमोदन र कार्यान्वयन गर्नुका साथै ईयूलाई पनि यही कुरा गराउन हौसला दिनुपर्छ । इस्तानबुल अधिवेशन एक व्यापक अन्तर्राष्ट्रिय सन्धी हो जसले राज्यलाई घरेलु हिंसाको बिरूद्ध महत्वपूर्ण उपायहरू अपनाउन बाध्य पार्दछ । दोस्रो, पीडितहरूलाई सहयोग पुर्‍याउने आश्रयस्थलहरू र गैरसरकारी संस्थाहरूको लागि बढ्दो रकमलाई प्राथमिकता दिइनु पर्दछ । ईयूभरिका सरकारहरूले प्राथमिकताका साथसाथै सबै कानून प्रवर्तन अधिकारीहरू र मेडिकल स्टाफलाई सान्दर्भिक प्रशिक्षण प्रदान गर्नुपर्दछ ।

समानताका लागि काम गर्ने निकायहरूले यस संघर्षमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । तिनीहरू विशेषज्ञ संस्थाहरू हुन् जसले मेडिकल स्टाफ, कानून प्रवर्तन र कानूनी व्यवसायीहरूलाई प्रशिक्षण प्रदान गर्न सक्दछन् । उनीहरूले नीति निर्माणकर्ताहरूलाई यस दीर्घकालीन स्थायी महामारीको सामना गर्न नीति सिफारिसहरू र तथ्यांक संकलन मार्फत सहयोग पुर्‍याउन विशेषज्ञलाई सल्लाह प्रदान गर्न सक्दछन् । उनीहरूले जागरूकता अभियान सञ्चालन गर्न सक्छन् । पक्कै पनि उनीहरू पीडितहरूलाई सीधा सहयोग प्रदान गर्न सक्छन् । यी सबै हासिल गर्न यो सुनिश्चित गर्नु महत्त्वपूर्ण छ कि सबै यूरोपीय समानता निकायको जनादेशले उनीहरूलाई घरेलु हिंसा मुद्दाहरूमा काम गर्न अनुमति दिन्छ । उनीहरूको विशेषज्ञता र स्रोतहरूले उनीहरूलाई सफलतापूर्वक त्यसो गर्न सहज बनाउँछ ।

घर सदाकालागि सुरक्षित ठाउँ हुँदैन, होइन । घरेलु हिंसाकालागि कोभिड शुरु अघिनै घर असुरक्षित स्थल थियो । कोरोना भाईरसको प्रभावबाट मुक्त रहेपनि घर घरेलु हिंसाकोलागि असुरक्षित स्थलकै रुपमा रहने छ । हामीले ति कुराहरूलाई बिर्सनु हुँदैन ।

(सिपुस्का बेल्जियमको ब्रसेल्सस्थित प्रहरी कार्यालयकी कमिसनर हुन् । उनी मानव अधिकार र समानताकालागि प्रहरी अधिक्रितपनि हुन् । उनको यो लेख युरोपियन नेटवर्क अफ एक्वालिटी बडिजको एकिनेट भनिने पत्रिकामा अप्रिल सन् २०२० मा प्रकाशित थियो । फ्रान्सेली भाषामा प्रकाशित उनको लेख ददि सापकोटाले नेपालीमा भावानुवाद गरेका हुन्-नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक