बिहीबार, वैशाख १३, २०८१

फोटोमा जिवजन्तु (फोटो फिचर)

नेपाल प्लस२०७७ साउन २३ गते १५:४५

चिनको फुजुस्थित चेरीको बोटमा एक मैन आँखे (ह्वाईट आई) चरा । फोटो- योङकुन, सिन्हुवा / बारकोट इमेजेज

रसियाको साईबेरियामा पर्ने अल्ताई रिपब्लिकस्थित सेलुम्जेस्की नेसनल पार्कमा जाडोयाममा एक अर्कासित टाँस्सिएको भेडाको बथान । फोटो- किरिल कुख्मार/ TASS

पोल्याण्डमा विरामी अवस्थामा फेला परेको ह्वाईट टेल्ड इगल (चिल) लाई त्यहाँका बन्यजन्तु र पन्छीबिदले समातेर उपचार गरे । निको भएपछि उसलाई आफ्नै प्राक्रितिक वासस्थानमा छोड्नु अघि लिएको तस्विर । विषादी हालेको आसु खाएकाले ऊ बिरामी भएको अनुमान विशेषज्ञको थियो । फोटो- वुजसियक पासविज / ईपिए

बेलायतको सेन्ट जेम्स पार्कमा बिचरण गर्दै एउटा लोखर्के । फोटो- निकोल्स / रोयटर्स

जर्मनी र पोल्याण्डको सिमा क्षेत्रमा पर्ने ओडेर नदीको आकाशमाथि सिगल भनिने सामुद्रिक चरालाई लखेट्न खोज्दै एक जोडी काग (हुडेड क्रो) । फोटो- पाथ्रिक पिलुल / बारकोट मेडिया
हंगेरीको पोमाज भन्ने ठाउँमा एउटा बाज(स्पेरो हक) ले शिकार गर्दै । फोटो- आतिला कोभाक्स / ई पी ए

फ्रान्सको दक्षिण पस्चिम क्षेत्रमा पर्ने ल तेस्त दे बुकको पिला स्यान्ड्युनमा हिउँ जमिरहेको ठाउँमा हिँडिरहेका केहि मान्छे । फोटो- नोलोआस तुका / ए एफ पी / गेटी इमेजेज

स्विडेनको हाम्रा राष्ट्रिय निकुञ्जमा प्रेममय अवस्थामा एक जोडी ग्रुज चरा । फोटो- इङ्गो गेरलास बारकोट मेडिया

तपाइँको प्रतिक्रिया