बिहीबार, वैशाख ६, २०८१

शाहरुखले बनाए कार्यालयलाई आइसियु अस्पताल

नेपाल प्लस२०७७ साउन २६ गते १२:२८

एजेन्सी, मुम्बई
भारतीय अभिनेता शाहरुख खानले कोरोना महामारीका बिरामीहरुलाई उपचार गराउनका लागि मुम्बई खार स्थित आफ्नो कार्यालयलाई आइसीयुमा परिणत गरेका छन । यस अघि उनले यो कार्यालयलाई मुम्बई महानगर पालिकाले क्वेरन्टाइनको रुपमा संचालन गर्दै आइरहेको थियो ।

“अब हामीले यसलाई कोरोनाका कारण जोखिममा परेका बिरामीहरुको उपचार गर्न अस्पातलका रुपमा प्रयोग गर्ने छौं”- शाहरुख खानले भनेका छन । यो आइसीयु कक्ष निर्माण शाहरुख खानको मिर फाउण्डेसन र हिन्दूजा हस्पिटलले मिलेर गरेका हुन् ।

यो आइसीयुमा उच्च जोखिममा रहेका र गम्भिर बिरामीहरुका लागि भेंटिलेटर, अक्सीजन, हाइ फ्लोनजल ऑक्सीजन मेशिन र केही अक्सीजन टैंकहरु राखिएको छ । शाहरुख खानले भनेका छन ‘यसको सबै सर्भिस मुम्बई महानगरपालिका र हिन्दूजा अस्पातलले संयुक्त रुपमा गर्ने छन ।’ यस अघी नायक खानले २५०० पीपीई किट उपलब्ध गराएका थिए । उनले कोरोनाका कारण जोखिममा परेका मजदुरहरुलाई बिभिन्न रुपले सहयोग गर्दै आएका छन् ।

(फोटो- बम्बै मिरर)

तपाइँको प्रतिक्रिया