शुक्रबार, वैशाख १४, २०८१

युरोपभरि जैतुनका रुखमा कुष्ठ रोग, अरबौं युरो क्षती !

नेपाल प्लस२०७७ साउन २५ गते १४:२७

कुष्ट रोग लागेकाले ढालिएका जैतुनका रुख

ईटाली, फ्रान्स, स्पेन र ग्रिसमा जैतुन खेती सखाप भैरहेको छ । जैतुनका रुखमा कुष्ठरोग सल्किएर रुखहरु मरिरहेका छन् । विश्वभरि जैतुनको तेल (ओलिभ ओईल) र जैतुनका अनेक परिकार बिक्रि गर्छन् यि देशले । यि देशका जैतुनका रुखहरुमा लागेको कुष्ठ रोगको तत्कालै उपचार नगरे किसानहरुले करोडौं करोड युरोको घाटा ब्यहोर्नुपर्ने छ । जैतुनको तेल र त्यसबाट बन्ने परिकारको अभाव स्रिजना विश्वभरिनै हुने छ ।

युरोपका धेरै मुलुकमा अहिले जैतुनका रुखहरुमा सिलेला फास्तिदि ओसा नामको कुष्ठरोग लागेको छ । यो रोगले अहिले जैतुनका सबै उत्पादनशिल रुखहरु सत्यानास पार्ने देखिएको छ । ईटालीमा अहिलेसम्म १० लाख रुखहरु मरिसकेका छन् । ईटालीलाइ यो रोगले आगामी ५० वर्षसम्म ५० अर्ब, स्पेनलाई १७ अर्ब र ग्रीसलाइ २० अर्ब युरो बराबराको क्षती हुने देखिएको ल पारिजियाँ पत्रिकाले जनाएको छ ।

तर यो कुष्ठ रोगको बेलैमा उपचार गरेर नयाँ विरुवाहरु रोप्नेहो भने ईटाली, ग्रिस र स्पेनलाई १० लाख युरो मात्रै क्षती हुन सक्छ । स्पेन, ईटाली र ग्रिसले युरोपभरि हुने जैतुन खेतीको ९५ प्रतिशत ओगट्छन् ।

यो रोग पोर्चुगल र फ्रान्समापनि फैलिएको छ । यो रोगको उपचार फेला नपरेपनि यो रोग पचाउन सक्ने क्षमताका बिरुवा विकास गर्ने प्रयास जारिरहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् । हाल यो रोग वर्षको पाँच किमीको दरले फैलिईरहेको छ । उपयुक्त बिधी पता लगाएर रोक्ने प्रयास गरेमा एक किमीमा झार्न सकिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया