शुक्रबार, वैशाख ७, २०८१

स्विजरल्याण्डमा भाषा अनुसार फरक फरक घर

नेपाल प्लस२०७७ साउन २५ गते १५:०८

काठले घर बन्छ । तर काठ केवल काठ मात्र होइन ! घरहरू बनाउने थुप्रै जटिल उपायहरू छन् । काठबाट घर बनाउने चाखलाग्दा तरिकाहरु छन् । घरले जिवन बोल्छ । घरले ईतिहास कोट्याउँछ र बताउँछ । घरको बनावटले सामाजिक, आर्थिक र सांस्क्रितिक कहानीहरुको इतिब्रितान्त बताइदिन्छन् । घर बनेको त्यो ठाउँ, खालखण्डका आर्थिक अवस्थाकोपनि चित्रण गरिदिन्छन् । स्विजरल्याण्डमा बनाईने घरहरुको ईतिहास त झनै रोचक छ ।

स्विजरल्याण्डमा रोमन्च, इटालियन, फ्रान्सेली र स्विस जर्मन गरेर चार भाषा बोलिन्छन् । भाषा अनुसारको संस्क्रितिमापनि यिभित्र भिन्नता छ । यतिसम्मकि यि चार भाषा बोल्ने नागरिकको घर बनाउने शैलीसमेत अलग छ । स्विजरल्याण्डमा यि भिन्न भाषा बोल्ने नागरिक जहाँ जहाँ बस्छन् तिनको घरको बनावटसमेत एक अर्कासित नमिल्ने रहेछ । ऐतिहासिक रूपमा, ग्रामीण स्वीस निवासहरूले स्थानीय भूगोल र भवन निर्माण सामग्रीहरूमा निर्भर रहँदै बिभिन्न शैलीको विविधता बोकेका घरहरु बनाउँछन् ।

यहाँ राखिएको तस्विर १७ नोभेम्बर सन् २०१८ मा प्रकाशित थियो, स्विस इन्फोमा । यो तस्विर हेलेन जेम्सले बाहिर ल्याएका थिए । यो तस्विरमा चार भाषा बोलिने नागरिककालागि अलग ढाँचा ढल्किने सामूहिक घर बनाइ एको हो । अर्थात् स्विजरल्याण्डको ग्रामीण निर्माण शैलीहरू यसका चारवटा राष्ट्रिय भाषाहरूका क्षेत्रीय भाषिकाहरू जत्तिकै विविध छन् ।

स्विजरल्याण्डको हिमाली भूभाग यूरोपमा एक प्रकारको भौगोलिक मिश्रणस्थल हो । आल्प्स क्षेत्रको उत्तरमा पर्ने इलाकामा प्राय: काठहरू छन् । र दक्षिणमा ढुंगा प्रयोग गरिन्छ । मध्य स्विजरल्याण्डमा चाहिँ संक्रमणकालीन क्षेत्रहरूले दुबै सामग्रीको मिश्रण प्रयोग गर्छन् ।

तिसिनो क्षेत्रका घरहरु प्राय स्थानिय ढुंगाबाट बनेका हुन्छन् । यो ईटाली भाषा बोलिने क्षेत्र हो । यो क्षेत्रमा भने आवास बनाउँदा काठ र ढुंगाको मिश्रण हुन्छ । यहाँ फ्रान्सेली भाषा बोल्नेको बाहुल्यता छ । आठारौं शताब्दीतिर आर्गाउमा बनेको फार्महाउसको पर्खाल होचो हुन्थ्यो । पराल वा नलले छाएको कौसिको छानो हुन्थ्यो । बर्न क्षेत्रमा बस्नेहरुको ठूला कौसी, अग्ला पर्खाल हालेका हुन्थे । ति काठबाट बनेका हुन्थे ।

तपाइँको प्रतिक्रिया

फेसबुक